दोहा : स्याङ्गजा सहयोग समाज कतारले आफ्नो १८औं वार्षिकोत्सव दोहाको सालीमार स्ताम्बुल होटलको सभा हलमा एक भब्य कार्यक्रम गरी मनाएको छ ।
समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्वमा भएको कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितीका अध्यक्ष टुकराज अर्यालको प्रमुख आथित्यता रहेको थियो ।
"स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना"भन्ने मुल नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपाली हरुको सहयोगका लागि सन २००५ मार्च ४ का दिन कतारमा स्थापना भएको संस्थाको "१८औं वार्षिकोत्सब तथा बाल, वृद्ध आश्रम सहयोगार्थ विविध सास्कृतिक कार्यक्रम-२०२३" नेपाली पञ्चे बाजा बजाएर केक काटेर शुरु गरिएको थियो I
पछिल्लो समय दोहामा हुने गरेका जिल्ला संस्थाहरुको कार्यक्रम हरु मध्य उत्कृष्ट रहेको कार्यक्रममा एनआरएनए आईसीसी, एन सिसि का पधाधिकारीहरु ,स्याङ्जा सहयोग समाज बहराईका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार लक्ष्मण श्रेष्ठ दोहाका नेपाली समाजका अग्रज समाज सेवी बुद्दिजिबी, ब्याबसायी हरु ,दोहामा स्थापित बैचारिक सस्था, प्रदेश समन्व्य परिषद,साहित्यिक तथा सांगितिक सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथीले हल खचाखच भएको थियो l
स्याङ्गजा सहयोग समाजका बरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले स्वागत मन्तब्य र साँस्कृतिक संयोजक रोशन अर्याल संयोजक रहेको कार्यक्रममा दोहामा रहेका परियार मित्रता समाज कतारका नौमती बाजाका टोलिले बाजा बजाएर मनोरन्जन दिए । काठमाडौं म्कायुजिकल ब्यान्डका कलाकार संगै गायक अमृत लिम्बु, गोबिन्द गुरुङ, रेस्मी सेन्चुरी, देब घिमिरे, बाबु कौशल, बिक्की रामपाल, सतिश थापा टीना राई आदिले आफ्नो सानदार प्रस्तुती दिएका थिए । रमिला मोक्तान, लुना खतिवडा,सबिना मल्ल राई, बिना मगर, सुनिता शेर्पा, सरिता सफु श्रेष्ठ, निरु श्रेष्ठ, रन्जना गुरुङ, शिला गुरुङ, ऋतु गुरुङ, जिना गुरुङ, तिलमाया गुरुङ, सृष्टि श्रेष्ठ (सिमरन), शान्ति ओलीले आफ्नो नृत्य प्रस्तुत गर्दै हललाई मनोरन्जन दिएका थिए
कार्यक्रममा विभिन्न बक्ताहरुले शुभकामना दिदै स्याङ्गजा सहयोग समाजले १८ बर्ष बर्ष देखि गर्दै आएको समाज सेवाबाट अन्य संस्थाले सिक्नुपर्ने बताए l
पत्रकार तिलु शर्मा पौडेल,सन्तोष के शि, फोटो पत्रकार दर्शन सुनार र एफ एज जे कतार न्युजलाई सम्मान र स्याङ्गजा जिल्ला बासी दोहाका अन्य सस्थाको विभिन्न तहमा पुगेका व्यक्तित्वहरु अर्जुन पौडेल, टौमाया गुरुङ , रोशन अर्याल र सपना नेपाली लाई बधाई ज्ञापन गरिएको थियो ।
प्रमुख अतिथि टुकराज अर्यालले हलमा उपस्थित सबैलाई धन्यवाद दिदै स्याङ्जा सहयोग समाजका टिमलाई समेत धन्यवाद दिए । जिल्लामा भएका हरेक सामाजिक कार्यमा समाजले हातेमालो गर्दै अगाडि बढीरहेको बताउदै आउने दिनहरुमा समाज प्रती अझै नयाँ नयाँ परोपकारी योजनाहरु ल्याउने कुरामा जोड दिए । अर्यालले स्याङ्गजा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिको पहलमा स्याङ्गजामा खोलिएको बचत सहकारीमार्फत बिकाशका कार्यक्रममा जोडिन स्याङ्गजा बासी तथा गैह स्याङ्गजा बासीलाई आह्वान समेत गरेका थिए l कार्यक्रमलाई प्रबिधी तर्फ अमित कुवरले सहयोग पुर्याएका थिए भने सस्थाका सचिव अर्जुन पौडेलले कार्यक्रमलाई सहजिकरण गरेका थिए |
कार्यक्रमका सभापती समाजका अध्यक्ष प्रकाश परियारले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटेर काम गर्ने सस्थाका सदस्यहरु, उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसरीनै साथ सहयोग को अपेक्षा रहेको बताउदै कार्यक्रमको समापन गरेका थिए l