दोहा : प्रवासी नेपाली मञ्च कतार, अन्तर्गत (ओक्रा ओकिर बिर्कात) मा ५ नम्बर नगर कमिटी गठन गरिएको छ ।
२४ फेब्रुअरी शुक्रबार नज्मा स्थित अफगानी रेस्टुरेन्टको सभाहलमा, प्रेम बहादुर बस्नेतको अध्यक्षमा १५ सदस्य रहनेगरि उक्त कार्यसमिति चयन गरिएको हो । जश अनुसार उपाध्यक्ष तिलक अर्याल, सचिव हरि पौडेल,उप-सचिव शुक तामाङ रहेका छन ।
कार्यसमिति सदस्यहरुमा टीका सेन्चुरी,भेष गुरुङ,तिलक धमला, रुद्र बहादुर तिबारी, सुन्दर श्रेष्ठ, बिजय श्रेष्ठ, राम ब . बिक, दिनेश बस्नेत, टेक बहादुर सोति, श्याम कुमार श्रेष्ठ र पुस्पराज डाँगि गरि १५ जनाको नयाँ कार्यसमिति बनेको हो ।
मञ्चका कार्यवाहक अध्यक्ष बालकृष्ण भित्रीकोटीको प्रमुख आथित्यता रहेको कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष .द्रोन बहादुर बस्नेत,मञ्चका सचिव तथा संगठन बिभाग प्रमुख बिनेश तामाङ, निर्वाचन कमिटी अध्यक्ष गोबिन्द सुवेदी,उपाध्यक्ष बिजय बिक्रम बस्नेत,मुक्ति समाज बाट .प्रेम बि.क.बिश्वनाथ भट्टराई, संगठन बिभाग उपप्रमुख श्रीधर आचार्य लगायतको उपस्थित रहेको थियो ।
नगर इन्चार्ज टीका कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अतिथि बक्ताहरुले मन्तव्य राख्दै कतारमा कार्यरत श्रमजीवीहरुको हकहितका लागि सामाजिक भावनामा उत्प्रेरित हुँदै संगठलाई चुस्त दुरुस्त बनाउँदै लैजानु पर्नेमा जोड दिएका थिएका थिए ।
कार्यक्रमको समापन तथा निर्वाचन कमिटीलाई हस्तान्तरण अधिबेशनको खुल्ला सत्रको अध्यक्ष लिलानाथ घिमिरे र कार्यक्रमको सहजीकरण भोला बस्नेतले गरेका थिए ।