सुरेशकुमार पान्डे - एउटा सोझो मानिसले धेरै परेवारहरू बसेको देखेर सोध्यो मलाई परेवा मार्ने तरिका भन्दिनुहोस्।
आँखामा छारो हाले त ह्वात्तै मरिहाल्छन् नी उस्ले सुझाव दियो।
त्यो छारो भनेको केहो ? कसोगरी हाल्छन् त्यो? फेरी सोध्यो?
ओहो कस्तो कुरा नबुझेको अनाडी हौ,ओंजेलामा मसिनो माटो लिएर आफ्ना आँखामा हाल्नुस् त ति सबै परेवा मर्छन्।अर्कोले उत्तर दियो।त्यो सोध्ने मानिसले मसिनो माटो खोज्न थाल्यो।
हाम्रो देशको राजनीति यस्तै प्रकारको छ।हाम्रा नेताहरूलाई बिदेशी सल्हाकारले त्यही उक्ती दिन्छ र नेताहरू त्यसैमा रम्छन्।
हामि जनताले फेरी "तिम्रो कान त छैन त कान्छा त्यो कौवाले लग्यो की? भन्न बेर हुन्छ हामि आफ्नो कान छाम्ने तिर लाग्दैनौँ।बरू कौवाको पछि भाग्न कत्ति ढिला गर्दैनौं।
त्यसैले हामिलाई लडाएर अरूले राजगर्छन।कुनै राजनीतिक पार्टीले क्रान्तिकारी बाटो छोपेको छ भने त्यो पार्टीलाई कसरी बद्नाम गर्ने भन्ने योजना तयार बिदेशले गर्छ तर मोहोरा स्वयं त्यही पार्टीका झोलेहरू हुन्छन।यो हाम्रो देशको इतिहास बोल्छ।
देशको बारेमा र आफ्नै बारेमा पनि सकारत्मक सोंच विवेक छैन्।अर्कालाई सधै कालो भन्नेले आफ्नो पिठ्युँको मयल हुन सक्छ भन्ने कुरा किन बुझ्दैनन्?त्यस बारेमा चिन्तित बनौँ।
हामिले काम गर्न जान्दैनौँ।तर हामिलाई काम गराउँने तरिका बिदेशीहरूलाई थाहा छ।"गोरखालीहरू कति विर हुन्छन"भनेर एक पटक हाम्रो स्रहाना गर्यो मालिकले भने हामिले त्यसको लागी आफ्नो प्राण नै दिन्छौ।
त्यसैको फाइदा उठाएर छिमेकीले आफ्नो देशको बिकासमा हामिहरूलाई खटायो।जोखिमपूर्ण काम हामिले थोरै पैसामा सफलता पूर्वक फत्ते पारेर उनिहरूको देश आज कहाँबाट कहाँ पुगिसक्यो तर हामि झन पछि झन कङ्गाल हुँदै छौँ।
एकजना आर्मिलाई लडाइमा पठाउँने वेला पनि त्यही झट्का दिइन्छ। गोरखा विर हुन्छन उनिहरूले आफ्नो प्राण दिन्छन तर कायर बनेर पछि हट्दैनन्।
"त्यही पाठले हामी सधै उनिहरूको लागी बली चढ्छौँ।आज घर घरमा राजनीति पार्टी छन् उस्तै उनिहरूका झोले बनेर आपसमा लडेकाछन्।राम्रो के हो ? नराम्रो केहो? त्यसबारेमा कुनै ज्ञान छैन्।वोसको आदेश पाए बैंक लुट्छन,निर्दोस व्यक्तिलाई मार्छन।उनिहरूले एउटा अन्धभक्तको भुमिका निर्वाह गरेका हुन्छन्।
उनको नेताले चाहे बिदेशको दलाली किन नगरोस् यैस किन नगरोस्।यस्तो देशको राजनीतिक गतिबिधी हुन थालेको छ।कुनै नैतिकता छैन,कुनै भिजन छैन र दुरदर्शिता पनि छैन तरपनि उनलाई जनताले पाल्न बाध्य भयकाछन्।
एक्काईसौँ सताब्दिका जनताहरू रोग निको पार्न झांक्रिको सहारा लिन्छन र ढुक्क पर्छन्।आजको वैज्ञानिक युगमा संसारका मानिस कहाँ पुगे तर हामिहरू बोक्सी र झाँक्रिमा उल्झिएका हुन्छौँ।आफुलाई भौतिक वादी क्रान्तिकारी कम्युनिष्ट भन्नेहरूले मन्ध बाणिमा "केहि त छ"भन्छन्।
हाम्रो समाजले नै सहि कुरा पचाउन सक्दैन।
यहाँ कुलकुलानीलाई बली दिन्छन,कसैका कुलले मासु खान्छन कसैकाले रक्सि र मासु खान्छन।कसैले भाँग धतुरा कोही नाङ्गै चरानाम हिंडेकाछन्।
कसैले उनैको जाँङ्ग धोएको पानि खान्छन।
कोही बिमारी भयो वली चढाएर निको गराउँन खोज्छन।यस्तो कुसंस्कार बोकेको हाम्रो समाज छ।कुनै गरिब असाह्य छ भने त्यसैलाई बोक्सी भनेर हेप्ने गर्छन।बोक्सी छ भने धनी हुनुपर्ने राजा महाराजा हुनुपर्ने,उनिहरू सँग पैसा छ उनिहरूले सिक्न सक्थे।तर उनिहरूले नसिकेका मात्र गरिब र असाह्यहरूले सिक्दा रहिछन बोक्सी मन्त्र।
हाम्रो समाजले जिउँदा मानिसलाई अपहेलित गर्छ पेटभरी ढिंडो र आटो खान दिंदैन,औषधी उपचार गर्दैन तर मरेपछि मुर्दालाई खिर पकाएर दिन्छ अर्गानिक घ्यु मुखमा राख्दिन्छ।जिंउदाको सम्पत्ती खोस्छन मरेपछि उनैको नाममा दान पुन्य गर्छन,जमिन दान,सुन दान,गाइ दान ,खाट बिस्तरा, जुता छाता लुगा, सिरक डसना, आदी दान गरिन्छ।
जिवित छदा नर्कमा राखेर मरेपछि स्वर्गमा पठाउँन बिभिन्न तिक्ड्म गरिन्छ।शान्तिको कामना गर्छन् वाह हाम्रो समाज कस्तो बिडम्वना हो।मरेकालाई बैकुण्ठ नगरमा बास होस् भनेर कामना मात्र होइन पूर्ण बिस्वास समेत गर्छन्।
बिदेशमा गएर अर्काको चुलो चौको गरेर पसिना बगाएर ल्यायको धन यिनै पुरोहितहरूले खोसेका हुन्छन् कती ठुलो समस्या छ हाम्रो बिचमा तर पनि हामिले बुझ्दैनौं।
हाम्रो समाज जिउँदा मानिस सँग कहिल्यै डराएन तर मरेका सँग लग लग काम्छन्।
यसैको फाइदा समाजमा भएका केही मौकआ चौका हान्नेहरु उठाएका हुन्छन्।हिंजो पनि त्यस्तै थियो आजपनि त्यस्तै छ।अनि भन्छौँ बिभिन्न राजनितिक पार्टीहरूमा पनि बुद्धिजिवि छन्।यस्ता बुद्धिहिन व्यक्तीलाई बुद्धिजिवि भनेर असली बुद्धिजिविलाई बद्नाम गर्ने प्रयास भएको छ।
एकजना बेस्यालयबाट चेली जस्ले जिवन यापनका लागी देह ब्यापार गर्छे त्यसले जम्मा गरेको पैसा चोरेर देशमा भित्रिन्छ त्यसलाई कैद हुनुपर्ने तर त्यो समाजमा भलाद्मी बनेको हुन्छ।एउटाले बेस्याबृद्धी गराएर पैसा लिएर आउँछ र लाख बत्ति बाल्छ ,पुजा लगाउँछ,उस्को सबै पाप धुलियो।जिवन भरी आमा बालाई हेला गर्छ यहाँ सम्म गालि गलौच र हातपात सम्म गर्छ त्यसैले मरिसकेपछि काजकिरिया गर्यो भने त्यही गजबको छोरा,कुलकुलानीको सोझो भयो।यस्तो घटिया समाज हाम्रो देशमा छ।
तिनिहरूलाई कुलकुलानीले गल्तीको सजाए दिनुपर्ने होइन र?
के म जस्तो कुसंस्कारको बिरोध गर्ने सत्यको मार्गमा हिंड्ने व्यक्तिको लागी मात्र नियम कानुन् र कुलकुलानीको डर देखाइन्छ।
आज बिभिन्न जाति र उपजातिमा बिभाजन गरेर आपसमा छुवाछुतको बहानामा लडाउँदै एउटै सन्तानमा फुट पारेर फटाहहरूले राजगर्दै आएका छन्।अहिलेपनि त्यही व्यबहार जिवितनै छ।यस्तै बेथिति सामाजिक बिसंगती र कुरितिका बिरुद्ध आउ तिमि र म लडौं अनि हाम्रो देशमा आमूल परिवर्तन हुन्छ। क्रान्ति हुन्छ तिमि पनि मर्छौ र मपनि मर्छु।मर्नु र मार्नु नै क्रान्ति हो भने त्यही गरौँ जो निरन्तर गर्दैपनि आएका छौँ।