बागमती प्रदेश- काठमाण्डौको चावहिल स्थित चुच्चेपार्टीमा रहेको मनास्लु वर्ल्ड कलेजले आफ्नो २५ औं स्थापना दिवसलाई रजत जयन्तिको रुपमा मनाउने भएको छ।
छोटो समयमा धेरैको मन जित्न सफल मनास्लु वर्ल्ड कलेजले लामो समयदेखि शैक्षिक तथा व्यवसायिक क्षेत्रमा आबद्ध अनुभवी व्यक्तिहरुले सञ्चालन गर्दै आएको कलेज हो भने विभिन्न कार्यक्रम सहित रजत जयन्ती मनाउने भएको छ।पुर्बनिधारित रजतजयन्तिका लागि तोकिएका कार्यक्रम अनुसार
रजत जयन्तीको अवसरमा कलेजलाई आइएसओ सर्टिफाइड प्रमाणपत्र हस्तान्तरण,विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने, शैक्षिकसत्र २०७९ मा कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने ७ जना विद्यार्थीलाई मनास्लु एकेडेमिक आउटस्ट्याण्डिङ अवार्ड, कक्षा १२ मा अध्ययनरत १० जना विद्यार्थीलाई मनास्लु एक्सेलेन्स अवार्ड २०७९ द्वारा सम्मान लगायत कार्यक्रम रहेका छन।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन गायिका अस्मिता अधिकारी, गायक हिमाल सागर र वाइल्ड रिपर्ज डान्स क्रु ले आफ्ना दमदार प्रस्तुति पस्किने छन।
कलेजका प्रीन्सिपल राजन श्रेष्ठका अनुसार विशेष गरि विद्यार्थीहरुको रुची र चाहना अनुसार टिचिङ, लर्निङको वातावरण स्कुल तथा कलेजमा सुविधा सम्पन्न लाइब्रेरी, साइन्स ल्याब, अंग्रेजी माध्यममा पढाई हुने स्कुलमा दिउसो र कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा ब्यबस्था गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको कलेज प्रती विद्यार्थीको आकर्षण मनास्लुमा बढेको छ। श्रेष्ठले अन्य कलेजभन्दा फरक विशेषता बोकेको मनास्लु कलेज तथ स्कुलमा आउने जोसुकै विद्यार्थी यहाँको वातावरण, विशेषता र उच्च प्रकारको गुणस्तरीय शिक्षाबाट विद्यार्थीहरु प्रभावित भएका छन।अरुको प्रतिस्पर्धा भन्दा पनि आफ्नो लगनशीलता र मिहिनेत सहितको गुणस्तरीय शिक्षामा बिश्वास गरिने भएकाले पढाइ बाहेक अतिरिक्त क्रियाकलापले सबैको मन झनै लोभ्याउने गरेको छ।करिब २५ वर्ष अगाडि स्थापना भएको स्कुलसँगै सन् २०२० बाट कलेज सञ्चालन भएको कलेज छोटो समयमै विद्यार्थीको अत्यधिक आकर्षण रहेको प्लस टु तहमा करिब १३ सय विद्यार्थी र स्नातक तहमा ५ सय भन्दा बढी विद्यार्थी कलेजमा अध्ययनरत रहेको प्रिन्सिपल श्रेष्ठले बताएका छ्न।
आर्थिक अभावका कारण कसैलाई पनि शिक्षाबाट बञ्चित हुन नदिन छात्रवृत्तीको व्यवस्था,पढाईमा उत्कृष्ट विद्यार्थी, प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउने तथा अतिरिक्त क्रियाकलापमा राम्रो प्रस्तुति दिने विद्यार्थीले पनि कलेजबाट छात्रवृत्ति प्रदान गर्दै आएको कलेजका अध्यक्ष गेन्द्र लामाले बताउछन।मनास्लु स्कुल र क्याम्पस गरी झण्डै २ हजार विद्यार्थी अध्ययनरत यो कलेजमा हाल +२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा र व्याचलरमा बीबीएस् पढाई भइरहेको छ । क्याम्पसले आगामी दिनमा बीएसडब्लु, बीबीए, बीएचएम् र एमबीए पनि थप गर्ने योजना बनाएको अध्यक्ष लामाले बताए।
त्यसैगरी कलेजले विद्यार्थीहरुलाई शिक्षा मात्र नभई सीप, दक्षता र क्षमता अनुसार रोजगारी प्रदान गर्ने उदेश्य अनुरुप बिसं २०७६ सालमा मनास्लु टिम अफ इन्टरप्रिनरको स्थापना गरी त्यसैबाट सञ्चालित मनास्लु कलेजले उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारीको व्यवस्थापन पनि गरिएको अध्यक्ष लामाले बताएका छन।