काठमाडौँ । गत माघ २९ गतेबाट शुरु गरिएको १४ औँ राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न भएको छ ।
शैली थिएटरको अध्यक्ष नवराज बुढाथोकीको अध्यक्षता तथा प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा राना मगर र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा शुरुवात गरिएको कार्यक्रममा महोत्सव संयोजक सविन न्यौपानेको संयोजकत्व रहेको थियो।त्यसैगरि महोत्सव समापन समारोहमा विशिष्ट अतिथि रसियन हाउसका निर्देशक एन्टोन मास्लभ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ उपकुलपति लाल काजी लामा, साहित्यकार जङ्गम चौहान तथा अतिथिका रूपमा बाल साहित्यकार महेश पौडेल, ओजस थिएटरका कार्यकारी प्रमुख सागर कार्की, लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न कलाकारहरु सांगीतिक क्षेत्रका हस्तिहरु कलाकारहरु, बुद्धिजीवी ब्यबसायी लगायत विभिन्न क्षेत्रबाट दाजुभाई तथा दिदिबहिनीको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा करिब २८ वटा विभिन्न विधाका नाटकहरू प्रस्तुत गरिएका थिए।कमलपोखरीस्थित रुसी सदनमा सम्पन्न नाटकमा निर्णयकहरुको भूमिकामा नाटककारहरु कान्छी महर्जन, वरिष्ठ रंगकर्मीद्वय किशोर अनुराग र राम बहादुर रेग्मी रहेका थिए। प्रस्तुत गरिएका नाटकहरु मध्येबाट एन्टोन चेकोभ सर्वश्रेष्ठ नाटकको विजेता छोरिको मुन्ठामा फूली नाटकले सर्वाधिक पुरस्कार राशि सहित प्रमाणपत्र ह प्राप्त गरेको छ भने उपविजेता नाटकमा हिउँको बाटो रहेको थियो।
फेयर प्ले अवार्ड नाटक इज्जतको कमाईले पाएको थियो भने, उदयीमान कलाकारहरूको रूपमा आध्या थापा, उत्कृष्ट अभिनेता, अभिनेत्रीका रूपमा क्रमशः सन्दीप मौनाली र समृद्धि पाण्डे रहेका थिए । नाटका प्रतिस्पर्धामा आएका नाटक मध्ये उत्कृष्ट निर्देशनको रूपमा सुमन कुईकेललाई सम्मान गरिएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्नो मन्तव्य दिदै ‘आफुसित रूप छ, धन दौलत छ, यौवन छ तर सुगन्ध नभएको पलासको सुवास विहिन फूल छ भने त्यो अर्थहीन हुन्छ । उहाँले कितावि पढाई भनेको पढाई मात्र होईन भन्दै विभिन्न विधामार्फत आफुलाई अब्बल दर्जाको बनाउन सकिने बताएकी थिईन।त्यसैगरी प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राणा मगरले,’अवश्य पनि बालबालिकाका अधिकारहरूका कुराहरुको संरक्षणका लागि हरेक कुराहरुमा आफुले उठान गर्ने प्रतिवद्धता समेत जनाउदै सम्पुर्ण प्रती धन्यबाद ब्यक्त गरेकी थिईन।