मुग्लानी खबर /बैशाख २९
रोजगारीको सिलसिलामा प्रबाशी भुमी कतारमा रहेर पनि आफ्नो भाषा,चाड,कला सस्कृती,रितिरिवाज र परम्परालाई संरक्षण सम्बर्द्धन साथै आफ्नो पहिचानलाई कायम राख्ने उदेश्यका साथ तीन किराँती हरुले महान पर्वहरु याक्वा तङनाम,साकेला उभौली,शालिवा श्यादर पिदर कतारमा भब्य रुपले मनाएका छन।
बिशेष गरी नेपालका पुर्बी क्षेत्रमा बसोबास गर्ने किराती धर्मालम्बी हरुले प्रबासी भुमी कतारमा किराँती हरुको साझा संस्थाका रूपमा स्थापित तीन प्रमुख संस्थाहरु “सुनुवार सेवा समाज शाखा कतार,किरात याक्थुङ्ग चुम्लुङ कतार र किरात राई यायोक्खा साखा कतारको सयुक्त आयोजनामा हिजो शुक्रबारको दिन दोहा स्थित “गल्फ होराइजन होटेलको सभाहलमा सभ्य भब्य रुपमा सम्पन्न भएको छ ।
किराँत मुलसमारोह समिती ५०७८ द्वारा आयोजित कार्यक्रममा सभापति किराँत याक्थुङ्ग चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र सामेखाम रहेका थिए । प्रमुख अतिथीमा नेपाल आदीबासी जनजाती महासङ्घ कतारका अध्यक्ष देव राज राई रहेका थिए भने विशेष अतिथिमा एनआरएनए कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल,बिनेश तामाङ लगायत मात्री सस्थाका प्रतिनिधिहरु,विभिन्न सामाजिक ब्यक्तीत्व, बुद्धिजिवि, कलाकार, पत्रकार लगाएत किराँती तथा गैर किराँती दाजुभाई दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बिमल राई द्वारा सन्चालन गरिएको कार्यक्रममा उपस्थित अतिथि बाट ब्यानर उद्घाटन तथा दीप प्रज्वलन गरी कार्यक्रमलाई औपचारिक रुपमा अगाडी बढाइएको थियो र कार्यक्रमको स्वागत मन्तब्य एक राज राईले गरेका थिए ।
कार्यक्रममा संयुक्त रुपमा तीन किरातीहरुका कलाकारहरुले सामुहिक रुपमा हामी किराती भन्ने गीत गाउँदै उपस्थित अथिति हरुलाइ स्वागत गरे ।कार्यक्रममा सुनुवार सेवा समाज कतारका कलाकार बाट सास्कृतिक नाच श्यादर सिल पनि प्रस्तुत गरियो भने,किरात राई यायोक्खा साखा कतारका कलाकारले धान नाच प्रस्तुत गर्दै धान रोपेको,धान छाटेको धान घरमा भित्राएको जस्ता दृस्यहरुले नाच बाटै देखाएका थिए । अर्को संस्था किरात याक्थुङ्ग चुम्लुङ कतारले पनि आफ्नो सास्कृतिक झाकी प्रस्तुत गरेको थिए भने कलाकार हरु,कमल बिक्रम सुनुवार,गना राना, अमृत कुरुम्बाङ,निर्मला राई लगायतका कलाकार बाट नृत्य र गायन प्रस्तुत गर्दा कार्यक्रम साङ्गितिक मय बनाए।
किराँतीहरुका हरेक चिज प्रकृती संग जोडिएको हुदा अन्नबालि लगाउदा होस वा भित्राउदा होस् पनि सृष्टिकर्ता लाई सम्झिदै भूमिको पुजागर्ने गर्छन ।अन्नबालि लगाएर मङ्सिर महिनामा श्यार्ने बेलामा पनि सबै किरातीहरु जम्माहुदै रमाइलो गर्छन भने बैशाख महिनामा अन्नबालि लगाउने समयमा पनि प्रकृतिलाई सम्झिदै भुमि पुजा गर्दै किराती समुदाय रमाउने गर्दछन ।
कार्यक्रममा मन्तब्य राख्नेहरुमा पाच नम्बर प्रदेसबाट अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परीयार,चार नम्बर प्रदेसबाट लम्जुंग सेवा समाजका अध्यक्ष बिष्णु लाल श्रेष्ठ, १ नम्बर प्रदेस बाट खोटांग सेवा समाजका कैलास श्रेस्ठ, पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मिया, माझी सेवा समाज कतारका भरत माझी थिए ।
त्यस्तै गरेर थारु कल्याणकारी सभा कतारका श्याम लाल चौधरी,सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कु.याक्थुम्वा,तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ, किरात राई यायोक्खा साखा कतारका सल्लाहकार तिर्थ सङम राई,तमु समाज कतारका भाइ काजी गुरुङ, मगर सेवा समाज कतारका सेर बहादुर मगर, महिला सेवा समाज कतारकि उपाध्यक्ष अमिना खान, एनआरएन ए (एनसीसी) कतारका तेज कटुवाल,प्रमुख अतिथी देव राज राई लगायतले प्रबाशमा रहेर पनि यसरी हाम्रो धार्मिक सास्कृतिक महत्व बोकेको चाड पर्ब मनाउनु संरक्षण सम्बर्द्धन गर्नु खुशीको कुरा हो बताए।
हाम्रा यी मौलिक चाडबाडले हाम्रो पहिचान जोगाएको हुन्छ हाम्रो अस्तित्व जोगाएको हुन्छ । यस्ता मौलिक चाडबाड नेपाल देशमा हुनुनै गौरबको कुरा हो भन्दै किरातिहरुको साथ साथै सम्पुर्ण नेपालीले आफ्नो मौलिक चाडबाड संरक्षण सम्बर्द्धन गरी सास्कृतिक र समृद्धसिल नेपालको निर्माण गर्नुपर्ने बताए।मन्तब्यको क्रममा केही अतिथि हरुले भने सरकारले बिदा कटौती गरेको विषयमा बोल्दै पर्व र सस्कृति देशका सम्पदा हुन यी सम्पदालाई लाई जोगाए मात्र रास्ट्र जोगिने बताउदै कटौती गरेका बिदालाई पुन सम्बोधन गर्नुपर्छ भन्दै कार्यक्रम सफलताको सुभकामना ब्यक्त गरे ।
कार्यक्रमलाई बिभिन्न क्षेत्रबाट सफल बनाउन अहोरात्र खट्नुभएका तथा अहम भूमिका खेल्नु भएका सम्पूर्ण ब्यक्तित्व हरु र सहयोगी मनहरुलाई सभापति र कार्यक्रम मुल समारोहबाट हार्दिक धन्यबाद ब्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा भएको थियो।
तस्विरहरु ..