दोहा - नेपाली जनसम्पर्क समिति कतारले ४७ औं रास्ट्रीय मेलमिलाप दिवसको अवसरमा १४ फेब्रुअरी २०२३ का दिन 'नवौं वनभोज तथा विविध साँस्कृतिक' कार्यक्रम सम्पन्न गरेको छ ।
बिधिवत रुपमा उट्घाटन गरिएको कार्यक्रममा, विभिन्न समयमा सहादत प्राप्त गर्ने अमर सहिदहरु प्रती मौन धारण गरिएको थियो ।
कार्यवाहक सभापति ठाकुर कुमार परियारको सभापतित्वमा तथा नेपाली जनसम्पर्क समिति कतारका संस्थापक प्रमुख सल्लाहकार एवं पूर्व महासमिति सदस्य बद्री पाण्डे प्रमुख अतिथि रहेका थिए ।
विशिष्ट अतिथिहरुमा संस्थापक सल्लाहकार एवं महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, प्रमुख सल्लाहकार एवं महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, महाधिवेशन प्रतिनिधि राज रेग्मी, पूर्ब महाधिवेशन प्रतिनिधि, संस्थापक एवं सल्लाहकारहरू पूर्व पदाधिकारीहरू, यहाँ रहेका विभिन्न बैचारिक संगठन प्रमुखहरू एवं प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
समितिले हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि रास्ट्रिय मेलमिलाप दिवस बनाउदै आइरहेको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।
सहमहामन्त्री खगेन्द्र खनालको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले "राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ बारेमा प्रकाश पार्दै तत्कालिन नेपालको राजनीतिक समस्या जटिल भएको बेला देश र जनताको मायाँले गर्दा आफ्नो ज्यानको कुनै प्रवाह नगरी, मिलमिलापको नीति लिएर स्व: बि-पी कोइरालाको नेतृत्वमा नेताहरु स्वदेश फर्केको दिनलाइ रास्ट्रीय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउदा बर्तमान अवस्थामा अझ यसको महत्त्व बढेको बताए ।
स्थानिय कलाकार सृष्टि तामाङ, शान्ता ओली, रेस्मा, सन्ध्या अर्याल,बाबु कौसल लगायतका कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुतिबाट कार्यक्रममा रौनक्ता बढेको थियो ।
महामन्त्री केदार भुसालद्वारा सहजीकरण गरिएको कार्यक्रममा बोल्दै कार्यवाहक सभापति ठाकुर कुमार परियारले उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै विभिन्न कठिनाइको बावजुद कार्यक्रम सफल पार्न साथ सहयोग गर्ने सबै प्रती आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।