सुरेश कुमार पान्डे
आज फेरी भारत हरियाणा राज्यको हिसारमा एउटा जघन्य अपराध भएको समाचार छ।एउटी आठ वर्षकी मासुम बालिका घर बाहिर खेलिरहेको वेला एउटा अपराधिले उस्लाई छोपेर बलात्कार पछि हत्या गर्यो र उस्लाई खाल्टोमा गाडीएको अवस्थामा फेला पारेको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायतका अन्य संघ संस्थाहरूको पहलमा निकालेर अपराधीलाई फाँशीको सजाए हुनुपर्छ भन्ने माग सहित आक्रोसित भएका छन।
बिगत बिस वर्ष देखि भारतमा मजदुरी गर्दै आएका कैलाली घोडाघोडी वडा न.४ गैडाखेडा घर भएका लक्ष्मण गिरी र लक्ष्मी गिरीकि आठ वर्षिय छोरी ममता गिरी तिनदिन देखी हराएकी थिइन।उनि शनिवार ६:३० पछि हराएपछि बिभिन्न माध्यायम द्वारा खोजि कार्य सुरू गरिएको थियो ।यसै क्रममा एक व्यक्तिले उन्को हातमा छोपेर भाग्दै गरेको सिसि टिभि फुटेज मार्फत पत्ता लागे पछि प्रहरीले सुन्दर नगर निवासी दयानन्दको छोरा ३८वर्षिए अमित उर्फ'मोनु'लाई पक्राउ गरि सोधपुछ अघि बढाएको थियो। सोधपुछका क्रममा मोनुले नावालिकको हत्या गरेर अनाजमण्डिकै गोदामपछि गाड्व्को बतायो।आइतबार बेलुका हरियाणा टुरिजम ब्ल्युबोर्ड नजिकै हाइवेरोडको सुनसान ठाउँमा गाडेको अबस्थामा भेटिएको हो।गिरिले करिव एक वर्ष देखि अनाजमण्डिमा मजदुरी गर्दै आएका छन्।
यो घटनाले हिसारमा बसेका आम जनमानसको दिल दिमाखमा भय शृजना गरेको छ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगरसमितिले यस घटनामा संलग्न अपराधीलाई फाँसीको सजाए हुनुपर्छ भनेर प्रसासन संग माग गर्दै आएको छ।
एकातिर नेपाली श्रमजिविहरूको यस्तो दर्दनाक र कहालि लाग्दो अबस्था छ भने र्को तिर त्यहाँको केन्द सरकारले
सधै हाउगुजी देखाएर एउटै सन्तानलाई फुटाउँदै आफ्नो स्वार्थ पुरागर्दै आएको इतिहाश छ छिमेकीले।कहिले दलहरूलाई राजाको डर देखाउँछ कहिले राजालाई दलहरूको डर देखाउँ छ।अहिले भने कहिले कांग्रेसलाई कम्युनिष्टको डर देखाएर आफ्नो नजिक ल्याउँछ कहिले कम्युनिष्टलाई कांग्रेसको डर देखाएर नजिक ल्याउँछ।जताबाट पनि आफ्नो स्वार्थ पुरागर्ने सडयन्त्र गर्छ।दलहरूले उसैको कुराको बिश्वास गरेर एक-आपसमा मारामार गर्छन।पञ्चायती काल देखि उस्ले यही अभियान चलाउँदै आएको छ।
छिमेकीले सधैभरी फुटाउंदै राजगर्दै गर्छ दलहरू भने अन्धभक्त भएर छिमेकीको नतमस्तक छन, कटपुतलीको नाच नाचिरहन्छन्।यो हाम्रो देशको यथार्थ अबस्था हो।
सिक्किममा राजालाई जनताको डर देखाएर तेरो सत्ता हामिले जोगाइदिन्छौ भन्दै राजा चोग्यालसंग लगातार गरिएको असमान सम्झौताले चोग्याल नाम मात्रको राजा भयो।उता प्रजातान्त्रिक आन्दोलनमा आफ्ना एजेन्टहरू घुसाएर लैण्डुप जस्ता गद्धारहरूको सहयोगमा देशको सार्वभौम सत्ता आफ्नो हातमा पार्न सफल भएको तितो सत्य हाम्रै अगाडी छ।
भुटानमा त्यही व्यवहारले त्यहाँको सबै व्यबस्था भारतको इसारामा र रोवरमा चलेको छ।
त्यहाँ पनि राजालाई जनताको डर र जनतालाई राजाको डर देखाएर आफ्नो अधिनमा राख्न सफल भएको कुरा कसैबाट लुकेको छैन।वास्तवमा भारत आजाद भयपछि भारतले आफ्ना छिमेकी संग गर्ने व्यबहार अंग्रेजले भारतमा गरेको जस्तै फुटाउ र राजगर्ने नै हो।
हाम्रो देशमा छिमेकीले कहिल्यैपनि राष्ट्रिय एकता र अखण्डता हौस् भन्ने चांहादैन।
अरू कुनै उपाए लागेन भने चीनको पुच्छर भयो नेपाल भनेर बद्नाम गर्न खोज्छ।हाम्रो लागी न चीन तिर ढल्किनु ठिक हुनेछ न त भारत तिर ढल्किनु उचित हुन्छ।बरू दुबै देश संग सन्तुलन बनाएर मात्र देशको भलो हुन सक्छ।नेपाल र चिनको भन्दापनि हाम्रो देशको भौगोलिक रूपमा रहन सहन रितिरिवाज बोलिचाली भारतिय समाजको जस्तो छ।त्यसकारणले पनि भारतियहरूको हाम्रो समाजलाई बढी खतरा हुनसक्छ।भारत जस्तो बिशाल जनसंख्या भयको देश बाट केही जन संख्या आएपनि भारतलाई फरक पर्दैन तर नेपालमा त्यहाँका सबै भिखारी आएपनि देश अल्पमतमा पर्छ।
फिजिमा जस्तै हाम्रो देशमा पनि लगभग मिनि इन्डिया हुन धेरै समय पर्खिनु नपर्ला।
आज नेपाल र भारतको बिचमा भएको कथित शान्ति तथा मैत्री सन्धिले गर्दा भारतियहरू नेपालमा बसोबास गर्दै आएकाछन र भारतमा नेपालीहरूको पनि बसोबास छ तर जति भारतिय नेपाली भूभागमा सुरक्षित छन् त्यो अनुपातमा नेपालीहरू भारतमा छैनन्।त्यहाँ नेपालीहरू माथि दिनानुदिन घट्ने घटनाले पुष्टी गर्दै आएकोछ।
अहिले त्यो घटनाहरूमा चरम बिकास भएको छ।सन १९८६मा पुर्व उत्तर राज्य मेघालयबाट नेपालीहरूलाई व्यापक हिंशा अप्नाएर त्यहाँको जनताले खेदेका थिए।त्यो वेला पन्ध्र दिनकी सुत्केरी संग बलत्कार समेत गर्ने र उनिहरूको छाति समेत काट्ने घटनाहरू भएको थियो।त्यसपछि पनि आसाम बाट नेपालीहरू खेद्न त्यहाँको बासिन्दाहरूले पटक पटक अल्टिमेटम दिंदै आएका छन।हिमाचलमा आठ जना मज्दुरहरूलाई जिउंदै जलाएर मारियो।कयौं महिलाहरूमाथि बलात्कार त्यसपछि जघन्य हत्या हुंदै आएको छ।संगरूरको लोहाखेडामा लालबहादुरलाई हत्या गरेर कुखुराको फारम भित्र गाडेकाथिए।बठिण्डमा झुण्डाएर मारेका थिए हरियाणा र पञ्जाबमा नेपालीहरू माथी बलात्कार र हत्याका कयौं घटनाहरू भएका छन।रोतकमा निर्भय हत्या काण्ड र अहिले हिसारमा आठ वर्षकी मासुम बच्चिलाई बलात्कार पछि हत्या गरेको खबर छ। गिरी परिवार सहित हिंसारमा मजदुरी गर्दै आएका थिए।त्यहाँ स्थानिय एउटा मानवरूपी राक्षसले नसाको तालमा अपराध गरेको भनेर भनिन्छ।नेपालीहरूको संगठन जहाँ छ त्यहाँ संगठनको दवाबमा प्रशासनले अपराधीलाई छोप्ने काम गर्छ।जुन ठाउँमा संगठन छैन वा कम्जोर छ त्यहाँका प्रवाशी नेपालीहरूको समस्या दब्बिएको हुन्छ।
दिल्लिमा अहिले केजरिवालको सरकार आएपछि भने केही सान्त छ त्यो भन्दा पहिले दिल्लिमा नेपालीहरूको दिनौं हत्या हिंशा व्यापक हुने गरथ्यो।
एकातिर दुबै देशका सरकारले सन्धि सम्झौता गर्दै आएका छन अर्को तिर नेपालीहरूको भारतका तमाम राज्यहरूमा यस्तो दुर्दशा छ।भारतिय जनता र नेपाली जनताको बिचमा सदियौं देखिको मित्रतालाई वेला वेलामा त्यहाँको सरकारले फिका बनाउँदै र आपसमा लडाउंने प्रयात्न गर्दैआएका कैयौं घटनाहरू पनि उस्तै छन्।
हाम्रो देशमा जुनसुकै सरकार आएपनि भारतिय रोहबरमा बन्ने बिग्रिने गर्दै आएको इतिहास साँचि छ।
हालको उदेश्य मिल्दो जुल्दो छ।अमेरिकाले पनि नेपालको भुभागलाई प्रयोग गरेर चीनमाथी निशाना साध्ने प्रयात्न गरेको छ भने भारतलेपनि नेपाललाई प्रयोग गरेर चीन संग बद्लालिन आतुर देखिन्छ।नेपाली साशकहरूको सहयोग बिना यो कार्यपुरा हुंन अलि अपठ्यारो हुनेभयकोले उनिहरूले नेपाली साशकहरूलाई आफ्नो मुट्ठिमा पार्ने र स्वार्थ पुरागर्ने खेल खेल्दैछन्।
नेपालीहरू माथि निरन्तर घट्ने यस्ता घट्नाहरूले अब नेपालीहरूको भबिस्य छिमेकी मुलुकमा धेरै लामो छैन भनेर भन्न सकिन्छ।त्यसकारण त्यो कथित शान्ति तथा मैत्रि सन्धिको कुनै ओचित्य पनि छैन्।