सुरेशकुमार पान्डे,आज फागुनको १ गतेलाई सरकारले जनयुद्ध दिवस भन्दै देशैभरी सार्बजनिक छुट्टिको घोषणा गरेको छ।
यो फागुनको महिनामा लगभग शनिवार सहित बाह्र दिन सार्बजनिक बिदा परेको छ।एक मैनमा बाह्र दिन बिदा पर्यो भने चार वटा आधा छुट्टि परे पश्चात् कार्यलय दिन कति पर्यो?ठिकै छ सरकारी कर्मचारीहरूलाई बिदा मिल्यो उनिहरू खुशी पनि भएका होलान तर देशलाई आर्थिक भार कति पर्यो ।सवाल बिदा हुने र नहुने भन्दापनि जायज र नजायज केहो भन्ने नै हो।
अरू बिभिन्न दिवसहरूले बिभिन्न वर्ग र जातिलाई सम्बोधन गरेको छ तर फागुन १ गते को सार्बजनिक बिदा 'जनयुद्ध दिवस' भनेर आफुले आफै प्रती प्रश्न चिन्ह ? खडा गरेको छ। के जनयुद्धको अन्त्य भयो त ? निश्चित रूपमा जनताको युद्ध चलिरहेको छ।
आखिर जनयुद्ध भनेको केहो? त्यसलाई कसरी बुझ्ने यही प्रमुख बिषयहो।हिजो जनयुद्ध भनेर सत्र हजार मानिसको ज्यान गयो उनिहरू मध्ये सहिदको लिष्टमा कति जना छन?त्यसबारे सरकारले सार्वजनिक गर्नुपर्ने थियो र त्यो जनयुद्ध बाट जनताको अधिकार जनताको हातमा अन्तर्निहित भयको छ र अब जनताले जनयुद्ध लड्नैपर्दैन? यि यावत कुराहरूलाई सार्वजनिक गर्नुपर्छ। हामिले अहिले पनि जनसंघर्ष गरिरहेका छौँ जनताको समस्यालाई लिएर अहिले पनि लगातार शंघर्ष चलिरहेको छ। हिंजो जनयुद्धको नाइके जस्ले जनतालाई मराएर सरकारमा पुगेका छन उनैले पनि आफुलाई चुनाव नजिताए जनयुद्धमा जाने जस्ता अभिव्यक्ती बेलाबेलामा दिंदै आएका छन्।
जनताहरूको समस्या ज्युँका त्युँ छन् आजपनि जनता आन्दोलित छन र बर्ग रहँदा सम्म बर्गसंघर्ष रहिरहन्छ भन्नेकुरा मालेमाको अध्ययन गर्नेहरूलाई त भन्नै पर्दैन। जुन लक्ष्य बोकेर सहिद बने त्यो नौलो जनवादी क्रान्ति यानिकी कृषिक्रान्ती थियो के त्यो पुराभयो? आफु सरकारमा बस्न पाएपछि जनयुद्ध पुरा भयको महेसुस् गरेकाछन यिनी ढोंगी हरूले। उनिहरूको लागि त समाजवाद र साम्यवादपनि आइसकेको छ।तर त्यो सहिदको परिवारलाई सोधौं त उनिहरूले के पाएँ? त्यो हिम्मत हिंजोका हिश्रक क्यारिरिष्ट उदेश्यले सहिदको खेती गर्नेहरूमा छैन्।
आज जनयुद्ध दिवश भनेर सरकारी बिदा गर्नु सहिदहरूको उपहाश गरेको जस्तै जस्तै हो।उनि सहिदहरूले देशमा आमूल परिवर्तन चाहेका थिए त्यो हुन सकेन बरू उनैको चिहान माथि रजांई हुँदै आएको छ। आजको दिनलाई जनयुद्ध दिवसको रूपमा उनिहरूले आफ्नो पार्टी भित्र मनाएपनि देश र जनताले यो दिन उनिहरूले सत्ताको बलमा लादेको महशुस गरेका छन्।उनिहरूको लागी जनयुद्ध सम्पन्न भयो देशभित्र समाजवाद पनि आए होला तर वास्तबिक सर्वहारा, सुकुमवासी मजदुर कर्मिहरू आजपनि यो देशमा गाँस,बाँस नपाएर बिदेशी भूमिमा खास गरेर खाडी मुलुकहरूमा भौंतारिन बाध्य भयका छन्। हिंजो सर्वहारा सुकुमवासीको हितमा दलित र महिंलाहरूको समान अधिकारका लागी भनि गरिएका आन्दोलन आज पनि यही समाजमा गोलचक्र काटीरहेको छ।कसैलाई पनि हक हित को ज्ञारन्टी छैन र आम नागरिकको सुरक्षा पनि छैन फेरी यो जनयुद्ध दिवश भनेर मनाउँनुको ओचित्य के?अहिले पुरा देशभरी यही प्रश्न उठिरहेको छ।
उनिहरूको बाह्रबुँदे समझदारी पछि साम्राज्यवादी शक्तिको चलखेल बढ्यो,देशमा आएको संघियताले देशलाई सात टुक्रा पार्यो,जता ततै बिदेशीहरूको घुइचो छ।देशभित्र युवाहरूलाई बस्नु छैन काम नपाएर उनिहरू देश छाड्न बाध्य छन्।छिमेकीले अतिक्रमण तिब्र पार्दै लगेको छ।
कुन उपलब्धि भयो हाम्रो देशमा र जनयुद्ध दिवसलाई मनाउने यस्तो रनको छ देशमा।वास्तबमा अहिले तत्कालनै जनयुद्धको सुरूवात नगरि नहुँने अबस्था छ।महँगी भ्रष्टचार भूमाफिया बिदेशी हस्तक्षेप यि सबै यिनैको देन हो जो आज सत्तामा बसेर जनयुद्ध दिवसको बिदा दिएका छन्।