दोहा : कतार नेपाली एकता समाजको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस, बृहत् वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
समाजले यहि आउदो मार्च १० तारिक शुक्रबारका दिन विगतका वर्षहरूमा जस्तै यस बर्ष पनी भब्य रुपमा अन्तर्राष्ट्रिय महिला दिवस सहित "बृहत् वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम" को आयोजना गर्न लागिएको कार्यवाहक अध्यक्ष राम प्रसाद पराजुलीले बताउनु भयो ।
कार्यक्रममा कतारमा रहेका विभिन्न स्थानीय कलाकारहरुको बेजोड रक्तिम सांस्कृतिक प्रस्तुतिमा मनोरञ्जन लिदै विभिन्न खानाका परिकार हरुको साथमा सहानिया स्थित अलदोसरी गार्डेनमा हुने तय भएको पराजुलीले जानकारी गराए।
कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक संघसंगठन, सामाजिक संस्था, सामाजिक क्षेत्रका सामाजिक अभियन्ताहरु , ब्यावसायीहरु पत्रकार महासंघ , सम्पुर्ण साहित्यक बिभागकाहरु, महिला समाज, बुद्धिजीवी, कला क्षेत्रका सम्पुर्ण बिभाग हरु, तथा विभिन्न क्षेत्रमा आर्थिक नैतिक भौतिक सहयोग गर्दै आउनु भएका कतार लाई कर्मथलो बनाई बसोबास गर्नुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी-बहिनीहरूमा कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल बनाउन सम्पूर्णको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको कतार नेपाली एकता समाजले जनाएको छ ।
स्थापना काल देखीनै यस समाजले प्रवासी नेपाली हरुको हकहित र नेपालमा परि आएका बिभिन्न प्राकृति बिपतिको बेला तथा विविध सामाजिक, आर्थिक गतिविधिमा उल्लेख्य योगदान दिदै आएको छ । साथै उक्त दिन कुनैपनि संघ-संस्था हरुले कार्यक्रम नजुधाईदिनुहुन बिनम्र अनुरोध समेत गरेको छ ।