बसन्तराज सुब्बा, झापा: कमल गाउँपालिका वडा न.३ स्थित केर्खा बजारमा आफ्नो छुट्टै कार्यालय र कार्यस्थल बनाउदै विविध कार्यक्रम गर्दै आएको उद्यमशिल महिला जागरण केन्द्रले सात दिने सेनेटरी प्याड बनाउने तालिम सफलता पुर्वक सम्पन्न गरेको छ।
झापा जिल्ला लगायत अन्य जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम संञ्चालन गरेर संस्थाको फरक अस्तित्व र बिस्तार संगै गुणात्मक फड्को मार्दै महिलाहरुलाई अब चुलो चौकामा हैन सीप सिकौ र उद्यमशिल बन्दै आत्मनिर्भर भएर सामाजिक क्षेत्रमा सरोकार राख्नुपर्छ।नारिहरु पनि राष्ट्रको सर्वाङ्गिण बिकाशमा सामेल हुन सक्छ भन्ने बिचारका साथ उद्यमशिल महिला जागरण कन्द्रले कमल गाउँपालिका वडा न.३,को सिलिङ बजेटद्वार आएको अनुदानलाई उद्यमशिल महिला जागरण केन्द्रले प्राकृतिक रुपमा महिलाहरुमा हुने मासिक श्राव (रजश्वला) हुँदा अति आवश्यक रुपमा प्रयोग हुने महिलाजन्य सेनिटेरी-प्याड बनाउने सात दिने तालिम सम्पन्न गरेको छ।गत हप्ता एक औपचारिक कार्यक्रम गरी संस्थाकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा उद्घाटन भएको थियो भने सोही कार्यक्रमलाई माघ २३ गते आफ्नै कार्यस्थलमा पुन:बिधिवत रुपमा समापन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले हुकुमसिंह राईले कार्यक्रमलाई सम्वोधन गर्दै महिलाहरुले सीप सिकेर सफल ब्यबसायी बन्नु पर्दछ र त्यो आफैमा सकारात्मक कुरा भएको बताए। कमल गाउँपालिकाका महिलाहरु उद्यमशिलतामा सकृय भईरहेको आफुले देखिरहेको हुँदा अब आउँदो पालिका बजेटहरुमा महिलाहरुका बिशेष कार्यक्रमहरुमा थप बजेट गरिने र त्यो अफैमा आफ्नो पालिका लाई समृद्धको मार्ग तिर लैजान सहज हुने जनाउदै कार्यक्रमलाई देखेर हौसिए जस्तो लागेपनी आफू अध्यक्षको नाता र उपाध्यक्ष पनि यही हुँदा आफुबाट हुने सहयोग हर हमेशा रहने आफ्नो प्रतिबद्धता जनाएका थिए।
त्यस्तै विशेष अतिथि कमल गाउँपालिका उपप्रमुख प्रमिला न्यौपानेले सेनिटेरी प्याडको विशेषता र बनाउने तालिम/सिप र त्यसबाट रोजगरीमा हुने फाईदा संगै घरेलु उत्पादनले राष्ट्रिय पुजिको बिकाश हुने कुराको स्पष्ट पार्दै सो कार्यक्रमको प्रशंसा गरेकी थिइन।कार्यक्रममा कमल वडा न.३ का वडा अध्यक्ष अग्नि कोइराला, महिला जनप्रतिनिधि केशरा बर्देवा, प्रशिक्षक तारा चौधरी, मेची सिकाई केन्द्रका अध्यक्ष मातृका प्रसाद नेपाल, सामाजिक ब्यक्तित्व एवं मुग्लानी खबर प्रतिनिधी बिरेन्द्र कु.याक्ख्थुम्बा लगायतले शुभकामना मन्तब्यमा सेनिटेरी प्याड बारे आ-आफ्नो भनाईहरु राखेका थिए । अथितिहरुमा क्रमश: रोशन दाहाल, कमल-३ वडाका जनप्रतिनिधिहरु चन्द्र मगर, भगवती राई, वडा न.३ का सचिव सागर दहाल, केर्खा चौकी इन्चार्ज सुवास मिश्र, लिम्बुवान खबर अनलाईनका प्रतिनिधि बेनु राज सुब्बा लगायत उपस्थिती रहेका थिए। उक्त कार्यक्रममा अतिथीहरुलाई सम्मान साथै मायाको चिनो उद्यमशिल महिला जागरण केन्द्रद्वारा निर्मित सेनिटरी-प्याड संस्थाकी अध्यक्ष शान्ता दाहालको हातबाट प्रदान गरिएको थियो।
संस्थाकी सहसचिव नन्दा राई मेयान्याङ्बोद्वारा सञ्चालित तथा संस्थाकी कोषध्यक्ष बबिता वाग्लेद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रममा प्रमुख अतिथी हुकुम सिंह राई र उपप्रमुख प्रमिला तिवारीको हस्तवाहुली बाट सेनिटरी-प्याड तलिमकी प्रशिक्षक तारा चौधरी लगायत २२ जना तालिम लिने प्रशिक्षार्थीहरु लाई प्रमाण-पत्र समेत बितरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति शान्ता दाहाल उप्रेतीले सातदिने सेनिटरी प्याड बनाउने तालिम कार्यक्रम लाई सफल पार्न सहयोगी र सहभागी सबैलाई धन्यवाद दिदै दाहालले बिगतमा उद्यमशिल महिला जागरण कन्द्रले विविध शिपमुलक तालिमहरु यसरीनै दिदै आएको र ढाका सिलाई तालिम लिएकाहरु लाई आफ्नो संस्थाले रोजगार दिरहेको बताईन।कसैले आफ्नै घरमा तान लगाई उत्पादन भएका ढाकाका कपडाहरुको बजार ब्यबस्थाकरण पनि गरिएको उल्लेख गर्दै, उद्यमशिल महिला जागरण केन्द्रद्वारा तालिम लिएका २२ जना प्रशिक्षार्थिहरु लाई ध्यानाकर्षण गराउदै सेनिटरी प्याड बनाउन तालिम लिएका सबैलाई पनि रोजगारीको अवसर प्रदान गरिने बताउदै सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिईन।