मुग्लानी खबर/ बैशाख २८
सुनिता मोक्तान
नेपाली राजदुतावास इजराइलको समुन्वय तथा त्यहाँ अवस्थित विभिन्न सघ सस्थाको आयोजनामा आउदो मे १२ तारिख २०१८ शनिबारका दिन दिउसो राष्ट्रिय बिभुति ,शान्तिको अग्रदुत,महामानव ,अहिंसाको प्रतिक भगवान गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती धुमधाम सङ मनाईने भएको छ।
प्रबासमा रहेर पनि विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म जयन्तीलाई निरन्तरता दिदै इजरायलमा रहेका गौरबशाली बिभिन्न जातीय , संस्कृतिक , धार्मिक ,राजनैतिक ,सामाजिक संघ संस्थाहरु २५६२ औ बुद्ध जयन्ती मनाउन जुटेका हुन।भगवान गौतम बुद्धले देखाएको ज्ञान बाटो, सरल , शुखी र शान्तमयी जिवनको अनुशरण गर्न अभिप्रेरित गरिएको छ।
त्यसै गरी किरात राइ योयोख्खा नेपाल इजरायलद्वारा प्रवासमा रहेर पनि आफ्नो संस्कृति ,धर्म भाषा , पहिचानको संरक्षण सम्बर्द्धन गर्नुपर्छ भन्ने उदेश्य लिएर उभौली साकेला सिली कार्यक्रम -२०१८ को आयोजना गरेको छ।उक्त कार्यक्रम यहि आउदो ११ मे २०१८ शुक्रबार साझ ७ बजे सेन्ट्रल बस स्टेसन स्थित एभरेस्ट डिस्को को तेस्रो तल्लामा हुनेछ।इजराइलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरुलाइ कार्यक्रम मा उपस्थिति जनाई कार्यक्रमको शोभा बढाईदिन अनुरोध समेत गरेको छ।
तमु समाज इजरायलद्वारा "बैशाखे पुर्णिमा २०७५"उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम यहि११ मे २०१८ तारिख शुक्रबार साँझ ७:३० बजे यसोदा गाला २९ तेस्रो तलामा भब्यताको साथ मनाउन गइ रहेको छ।उक्त शुभकामना आदानप्रदान कार्यक्रममा इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको उल्लेख्य सहभागिता रहि कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल पारिदिन हार्दिक अनुरोध गरेको छ।