काठमाडौँ, लर्ड बुद्ध ईन्स्टिच्युट जोरपाटीले आठौं संस्करणको म्याथम्याटिक्स टपर्स प्रतिस्पर्धा आउदो फाल्गुन १३ गते हुने जनाएको छ।
उक्त पत्रकार सम्मेलनमा प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मोहन अधिकारी निशान अध्यक्ष सौर्यनाथ आचार्य, इसानका केन्द्रीय अध्यक्ष मदनराज रेग्मी,प्याब्सन कागेश्वरी मनोहरा अध्यक्ष श्रीराम दाहाल,एनप्याब्सन कागेश्वरी अध्यक्ष अमृत खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।लर्ड बुद्ध इन्सिचुटका म्यानेजिङ डाईरेक्टर बिधान लिम्बुले म्याथम्याटिक्स रिसर्च एण्ड स्टडीज सेन्टर (मार्स)संगको सहकार्यमा २०७९ साल फाल्गुन १३ गते शनिबार नामी कलेज नारायणटारमा बिहान ७ बजे उक्त प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन।
इन्सिच्युटले आज पत्रकार सम्मेलन गर्दै गणित विषयको सिकाईलाई उपलब्धिमुलक,ब्यबहारिक र प्रभावकारी बनाउदै बिद्यार्थीहरुलाई गणित बिषयप्रतीको अभिरुचीमा अभिवृद्धि गर्ने उदेश्य अनुरुप संचालित प्रतिस्पर्धालाई निरन्तरता दिदै आठौं संस्करणको प्रतिस्पर्धा गर्ने भएको हो। विश्वभरी फैलिएको कोभिड -१९ पश्चात् शैक्षिक संस्थाहरु समेत प्रभावित भएका थिए।जसका कारण विद्यार्थीहरुको अन्य बिषय संगै गणित बिषयमा उत्कृष्ट परिणाम प्राप्त गर्नमा कठिनाई हुनुका साथै प्रतिभाशाली विद्यार्थीहरुको सहि मूल्यांकन नहुँदा विद्यार्थीको गणित बिषयमा मनोबलमा ह्रास आईरहेको छ। यदि विद्यार्थीको भबिस्यलाई नजर अन्दाज नगर्ने हो भने निकट भबिस्यमा गम्भीर असर पर्नेमा दुईमत छैन त्यसैले विद्यार्थीहरुको मनोबलमा गिरावट आउन नदिन लगायतका विविध समस्याहरुलाई समाधान गर्दै विद्यार्थीहरुलाई अगाडी बढाउन इष्टिच्युटले विभिन्न अवसरहरु दिईरहेको छ।
लर्ड बुद्ध इन्सिचुटका कोर्डिनेटर असित मान श्रेष्ठका अनुसार गणित बिषयमा विद्यार्थीहरुलाई क्षमतावान बनाउन प्रत्येक वर्ष संचालन गर्दै आएको प्रक्रियालाई कायम राख्दै प्रतिस्पर्धाको आयोजना गर्न लागेको बताएका छन।उनले प्रतिष्पर्धामा विभिन्न शैक्षिक संघ संस्थाहरु प्याब्सन काठमाडौं, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुर इसान, निशान, एन प्याब्सन प्याब्सक, टेन, पेफ , फेका काठमाडौं , डेनकाठमाडौं लगायतको सहयोग रहेको पनि उनले जानकारी गराए ।
बिगतका संस्करणमा ९५ भन्दा बढी विद्यालयका प्रति बिद्यालयका सर्वोकृष्ट ५ जना विद्यार्थी प्रतिष्पर्धामा सहभागी भएको स्मरण गर्दै यस पटक पनि १०० भन्दा बढी विद्यालय सहभागी हुने बिश्वास गरेको बताए भने प्रतिस्पर्धालाई सफलतापुर्वक सम्पन्न गर्नको लागि सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको मुग्लानी खबरलाई जनाएका थिए।