म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्यसमितिको आयोजनामा तामाङ राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८५९ सोनाम ल्होछार (ह्योई ल्हो) बिरालो बर्गको अबसरमा सम्मान तथा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम त्रीशुली ड्राइभिङ सेन्टर,हिलेटोल काठमाडौंमा सम्पन्न भएको हो।
“तामाङ कला संस्कृतिको,संस्कृतिको संरक्षण प्रवद्धर्नको लागि,म्हेन्दोमाया कलाकार संघ नेपाल” भन्ने मुल नाराका साथ म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्यसमितीका अध्यक्ष राम गोम्जा तामाङको सभापतित्व तथा पुर्व कानुन राज्यमन्त्री दिलमान तामाङको प्रमुख अतिथि पुर्ब पर्यटन राज्य मन्त्री पर्शुराम तामाङ विशेष आतिथ्यमा भएको हो।
त्यसैगरी अतिथिहरुमा म्हेन्दोमाया कलाकार संघ नेपालका संरक्षक मर्नेन तामाङ,जोङ्बो कन्छा तामाङ नेपाल प्रवासी तामाङ समाज कतार पुर्ब अध्यक्ष थर्चा लामा नुवाकोट धादिङ रसुवा कुवेतको उपाध्यक्ष रिता तामाङ म्हेन्दोमाया कलाकार संघ धादिङका उपाध्यक्ष माया थोकार तामाङ,नेपाल तामाङ घेदुङका बरिस्ठ उपाध्यक्ष सन्जु ब्लोन तामाङ,संचार कर्मी जगत दोङ लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित ब्यक्तिहरुले मन्तब्य राख्दै म्हेन्दोमाया कलाकार संघ नेपालले मौलिक सांस्कृतिकलाई उत्थान संरक्षण सम्बर्द्धनका लागि प्रमुखतामा राख्दै कार्यक्रम आयोजनामा सहयोग गरिदिएकोमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता रहनेमा बिश्वास ब्यक्त गरेका छन ।
कार्यक्रममा विशेष ब्यक्तिहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा चर्चित म्हेन्दोमाया क्षेत्रका वरिष्ठ ब्यक्तिहरुको बाक्लो उपस्थिति तथा मिठो प्रस्तुति रहेको थियोे ।
विशेष अतिथि पर्शुराम तामाङले हाम्रो जातीय पहिचान र भेष भुषा र संकृतिको जागरण गर्नेमा जोड दिदै हाम्रो लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण गर्दै आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तर दिनु अग्र गर्दै सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको थिए ।
प्रमुख अतिथि पुर्व कानुन राज्यमन्त्री दिलमान तामाङ आफ्नो जातिय पहिचान सहित धार्मिक पर्यटकीय संरक्षण,सम्वर्धन प्रवद्धर्न स्थानीय सांस्कृतिक जागरण तथा युवापुस्तामा तामाङ भाषा पनि प्राथमिकता दिनुपर्ने बताउनु भएको थिए ।
अन्त्यमा कार्यक्रमका सभापति गोम्जा तामाङले कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा संघका उपाध्यक्ष रोशन फ्युबा तामाङले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका सचिब आशिष गोङ्बा तामाङले गरेका थिए।