बसन्तराज सुब्बा (केर्खा झापा): स्थानीय सरकार कमल गाउँपालिका-३,वडा कार्यलयको आर्थिक साहयोगमा पन्ध्र दिने गुडिया बनाउने तालिम को उद्घाटन गरिएको छ।
"समावेशी महिला सशक्तिकरण केन्द्रद्वारा आयोजित संस्थाकी अध्यक्ष शृजना पौडेलको अध्यक्षतामा आज माघ २० गते वडा न.३-को पुरानो भवनमा एक औपचारिक कार्यक्रम गरि वडाध्यक्ष अग्नि कोइराला लगायतको उपस्तिथिमा ब्यानर पढी पन्ध्र दिने तालिमको बिधिबत रुपमा उद्घाटन गरिएको हो।कमल गाउँपालिका अन्तर विभिन्न सामाजिक गतिबिधीहरु सञ्चालन गर्दै आएको नारीहरुको बिशुद्ध संस्था समावेशी महिला शसक्तिकरण केन्द्रले स्थानीय तहमा छुट्टै पहिचान बनाएउदै आएको छ।
उक्तसंस्थाले बिगतका दिनहरुमा कोरोनाको संकटकालीन अबस्थामा समेत आफैले उत्पादन गरि मास्क बितरण र कोरोना कहर बारे जनचेतना मुलक कार्यक्रमहरु, केर्खा बजार सरसफाई, महिलाहरुका लागि विभिन्न सिलाई तालिम, केर्खा बजार डिभाईडर-बाटिकामा फुल/बेर्ना रोपण जस्ता विविध कार्यक्रमहरु गर्दै आएको छ। समावेशी महिला शसक्तिकरण केन्द्रले यसपाली भने आम-समाजमा अत्यावश्यक रुपमा प्रयोग हुँदै आएको गुडिया बनाउने पन्ध्र दिने तालिम ल्याएको कुरा अध्यक्ष सृजना पौडेलले कार्यक्रम लाई सम्बोधन गर्दै बताएकी थिइन् ।उद्घाटन कार्यक्रमका प्रमुख अथिती अग्नि कोइरालाले विभिन्न तालिम कार्यक्रम आयोजना गर्ने देखि सीप सिक्नेहरुलाई केन्द्रीत गर्दै एकैचोटि धेरै कुरा सिक्ने तर व्यबहारमा प्रयोग नगरिने हामी नेपाली समाजको शैलिले त्यो परिणाममुखी नभएकोले बरु थोरै सिप सिकौं र त्यसैमा पोख्त भइ ब्यवसायी बनौ भन्दै आफ्नो भनाई राखेका थिए। संस्थाकी पुर्ब अध्यक्ष लक्ष्मी अधिकारी ले आफ्नो संस्थाले गरेका कामहरुको स्मरण गराउदै सबै महिलाहरुले सीप सिकी आत्म निर्भर हुन सके श्रीमानको मात्रै आर्थिक रुपमा भर पर्नु नपर्ने हुँदा यस्ता सिपमुलक कुरामा ध्यान दिन जरुरी रहेको बताइन।
त्यसैगरी तालिम प्रशिक्षक आशा सुब्बाले तालिम विशेष समय-तालिका बारे छोटो बृफिङ गरेकी थिईन। अथितीहरुमा क्रमश: मेची सीप सामुदायिक सिलाई तालिमका अध्यक्ष मातृका प्रसाद नेपाल, पालिका महिला सदस्य आङ्देम्बे , केशरा बर्देवा सामाजिक ब्यक्तीत्व एवं मुग्लानी खबरका पत्रकार बिरेन्द्र कुमार याक्थुम्बा, मौरी पालन संस्थाका चिरिजीबी पराजुली , युवा समाजसेवी मावोहाङ अमर लगायत उपस्थित रहेका थिए।
राष्ट्रियगान र सहिदहरुप्रती मौन धारण बाट शुरूवात गरिएको उक्त कार्यक्रम लाई संस्थाकी सचीव भगवती राईले संचालन गरेकी थिईन र कार्यक्रममा सहजीकरण संस्थाकी कोषाध्यक्ष सेलिना राई र स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष उशा भण्डारीले राखेकी थिईन।
अन्त्यमा सभाध्यक्ष सृजना पौडेलले वडालेनै आफै तालिम कर्ताको नामावली वडा न.३,को ९ ओटै टोल विकास संस्था बाट दिएको जम्मा ११ जनामा सिमित कोटा भएको र सीप आईट्म धेरै भएपनी यसपाली १५ दिने तालिममा जम्मा पाँच आईट्म मात्रै सिकाउने जानकारी गराउदै तालिम कर्ताहरुलाई ध्यान आकर्षक गराएकी थिईन ।