इजरायल, नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औ स्मृती दिवसको अवसरमा कबिता प्रतियोगिता हुने भएको छ।
क्याप्टेन थापाको स्मृतिमा बिश्व भरिका नेपाली साहित्यमा कलम चलाई रहनु भएका साहित्यकार तथा कबिहरुका लाई "प्रथम सहिद" नामको कविता प्रतियोगितामा सहभागी भई दिन आयोजकले अनुरोध गरेको छ।जुम भर्चुअल मार्फत हुने वृहत कविता वाचन प्रतियोगितामा नेपाली साहित्य बिधा भित्र पर्ने कवितालाई मात्र छनोट गरिने छ भने कविताको शिर्षक " प्रथम शहिद " रहेको छ ।
कबिता प्रतियोगिताका लागि कविता नेपाल आदिवासी जनजाती महासंघ इजरायलको इमेल आईडी [email protected] कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष Dik Kumar Gurung को आधिकारिक फेसबुक इन्बक्स वा WhatsApp नम्बर 00972584241863 र महासचिव इन्दु लावातीको :WhatsApp नम्बर 00972543631086 पठाउनु पर्नेछ भने साथमा पासपोर्ट साइजको एक प्रति फोटो सहित सहभागीको स्थाई र अस्थाई ठेगाना र सम्पर्क नम्बर समेत पठाउनु पर्नेछ ।यहि आउदो फागुन २ गते मंगलबार नेपाली समय बेलुका ५:४५ बजे र इजरायलको स्थानीय समय अपरान्ह २ वजे देखि शुरुहुनेछ।
प्रतियोगितामा बिजेताहरु प्रथम पुरुस्कार ५० हजार नगद र प्रमाणपत्र,द्वीतिय पुरस्कार २५ हजार नगद र प्रमाणपत्र,तृतीय पुरुस्कार १५ हजार नगद र प्रमाणपत्र ,चौथो र पाचौं पुरुस्कार ५/५ हजार नगद र प्रमाणपत्रद्वारा सम्मान गरिने छ भन्ने अन्य सहभागीहरुलाई प्रशंसा पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
बिस्तृत जानकारी
साहित्यकार हरुको लागि सुवर्ण अवसर ।
" प्रथम शहिद क्या. लखन थापा मगर अ्मर रहुन " भन्ने मूल नाराको साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगर ज्यूको १४६ औ स्मृती दिवसको अवसर पारी जुम भर्चुअल मार्फत वृहत कविता वाचन प्रतियोगिता हुन गैरहेको हुदा समस्त साहित्य प्रेमी महानुभावहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतियोगितामा नेपाली साहित्य बिधा भित्र पर्ने कवितालाई छनोट गरिने छ । कविताको शिर्षक " प्रथम शहिद " रहेको छ ।
प्रतियोगिताको नियमहरु :-
१) कविता १५० शब्द भित्र हुनु पर्नेछ । छन्द अथवा स्वतन्त्र दुवैलाई मान्यता दिइने छ।
२) प्रतियोगितामा संसार भरिका नेपालीभाषी कवि /साहित्यकारहरुले भाग लिन सक्नु हुनेछ ।
3) कविता, कविताको शिर्षकमा आधारित अप्रकाशित / अप्रसारित हुनु पर्नेछ ।
४) कविता वाचन गरी भिडियो सहित देवनागरी लिपिमा लिखित पनि पठाउनु पर्ने छ । कविता वाचन मात्र गरेको वा कविता लिखितमा मात्र आएको कवितालाई मान्यता दिइने छैन ।
५) निर्णायक मण्डलले दिइएको नम्वरका आधारमा विजेता छनौट गरिनेछ ।
६) आफ्नो कविता संगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाइ र अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ ।
७) कविता नेपाल आदिवासी जनजाती महासंघ इजरायलको इमेलमा [email protected] अथवा इन्बक्समा संयोजक तथा वरिष्ठ उपाध्यक्ष Dik Kumar Gurung ज्युको फेसबुक इन्बक्समा वा WhatsApp नम्बर 00972584241863/ अथवा महासचिव इन्दु लावातीको :WhatsApp नम्बर 00972543631086 पठाउन सक्नु हुनेछ ।
८) प्रतियोगितामा भाग लिने इच्छुक महानुभावहरुले आ-आफ्नो कविता यहि जनवरी १८ तारिख २०२३ बिहान ७ बजे देखि फ्रेब्रअरी ७ तारिख इजरायलको समय बेलुकी १२:०० बजेसम्ममा प्राप्त भएको कविताहरुलाई मात्र समावेश गराइनेछ ।
९) प्राप्त सबै कविताहरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित विधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदसिय निर्णायक मण्डल समक्ष पठाइनेछ ।
१०) निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय मान्नु पर्नेछ ।
पुरस्कारहरु :
१) प्रथम हुने विजेता प्रतियोगीलाई नेपाली रुपैया = ५०,००० ( पचास हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।
२) द्धितीय हुने विजेता प्रतियोगीलाई नेपाली रुपैया २५,००० (पच्चीस हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।
३) तृतीय हुने विजेता प्रतियोगीलाई नेपाली रुपैया १५,०००(पन्ध्र हजार ) नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।
४) चौथो हुने विजेता प्रतियोगीलाई नेपाली रुपैया ५,०००(पाँच हजार )सान्त्वना पुरस्कार र प्रमाण-पत्रबाट सम्मान गरिनेछ ।
५) पाँचौ हुने विजेता प्रतियोगीलाई नेपाली रूपैया ५,०००(पाँच हजार) सान्त्वना पुरस्कार र प्रमाण पत्रबाट सम्मान गरिनेछ ।
६) सहभागी सबै प्रतियोगीलाई प्रशंसा-पत्रबाट सम्मान गरिनेछ ।
नोट : सहभागी सम्पूर्ण प्रतियोगीहरुको रचनालाई नेफिन इजरायलको पेज मार्फत नाम थर र ठेगना सहित सुरक्षित राख्नेछ। विजेता घोषणा प्रथम शहिद क्या. लखन थापा मगर ज्युको स्मृती दिवस कार्यक्रम २०२३ फेब्रअरी १४ तारीख मंगलबार घोषणा हुनेछ ।
कार्यक्रम हुने मिति :
२०७९/ फागुन २ गते मंगलबार
नेपाल संम्वत: ११४३ सिल्लागा अष्टमी
तदनुसार : 14 february 2023
समय :
नेपाली समय: ५:४५ बजे साँझ
इजरायली समय: २:०० बजे अपरान्ह
माध्यम : जुम भर्चुअल
Zoom ID : 769 896 1402