काठमाडौ, गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ मा वडा स्तरिय सात दिने उद्घोषण तालिम आज सम्पन्न भएको छ।सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङको सभापतित्वमा शुरु भएको समापन कार्यक्रममा गोकर्णेश्वरनगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवेदी प्रमुख अतिथी रहेका थिय।त्यसैगरी बिशेष अतिथिहरुमा वडा सदस्यहरु कमला नेपाली,धर्म थिङ लामा,श्री बहादुर योगी, दुर्गा राना मगर, वडा सचीव लगायत दर्जनौ प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।
असितमान श्रेष्ठद्वारा सञ्चालन गरिएको कार्यक्रममा उद्घोषण तालिमकी प्रशिक्षक बिष्णुमाया पौडेल रहेकी थिईन।गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा नं ५ मा रहेका स्थानिय महिला तथा पुरुष दाजुभाई दिदिबहिनीहरु तालिममा सहभागी रहेका थिए। वडा भित्र रहेका सम्पुर्ण नागरिक हरु दक्ष क्षमतावान र आफ्ना भनाईहरुलाई सम्बन्धित निकाय संग प्रष्ट राख्ने सक्ने र विभिन्न संघ संस्थाको नेतृत्व लिएर काम गर्न सक्ने बनाउने उदेश्य अनुरुप संचालन गरिएको तालिममा सहभागी प्रशिक्षार्थीहरुले सात दिनको अनवरत उद्घोषण तालिम सिकाई पश्चात् प्रशंसा गरेका थिए। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रफान गरिएको थियो।
नगरपालिकाको 'सांस्कृतिक धरोहर सहितको समृद्ध शहर।धार्मिक,मौलिकता र बिशिस्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर' भन्ने मुल मर्म रहेको छ।कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर सुवेदी बोल्दै वडाले वडाबासीहरुलाई चाहिने आधारभुत आवस्यकता गाँस बास कपास शिक्षा स्वास्थ र तालिमहरुमा केन्द्रित रहि काम बिगतका दिनहरु देखि गर्दै आएको छ।त्यसै अनुरुप यो सात दिने तालिम पनि समाज परिबर्तन तथा देशको बिकास र समृद्धिमा महिला तथा युवाहरुको अहम भूमिका रहन्छ र अबका दिनमा महिलाहरु पनि चुल्हो चौको र घर ब्यबस्थापनमा मात्र सिमित होईन सक्षम नेतृत्व लिई समग्र समाज रास्ट्रको ब्यबस्थापनका लागी हरेक तह र तप्कामा रहनुपर्छ जसका लागी दरिलो आट,बिश्वास धैर्यताका साथै सिकाईबाट नै सम्भव रहन्छ भन्ने बिचारका साथ संचालन गरिएको अवगत गराउदै तालिम लिएर प्रमाणपत्र घरमा थन्क्याएर कुनै उपलन्धी नहुने बताए!तालिममा सिकेका सम्पुर्ण बिषयबस्तुलाई आजैबाट आफ्नो ब्यबहारिक जिवनमा लागू गरि अगाडी बढ्नुको बिकल्प नरहेको बताए।सातदिन सम्मको निरन्तर तालिममा सहभागी भई तालिम प्राप्त गर्नुभएका सम्पुर्ण प्रशिक्षार्थीहरु,प्रशिक्षक र लामो समय देखि सह कार्य गर्दै आएको संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीलाई समेत सुवेदीले धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभापति दिलमाया तामाङले बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ५ एउटा उत्कृष्ट वडाको रुपमा परिचित रहेको छ।लामो समयदेखी शिक्षा र तालिम बिना कुनै कार्यहरु गर्न असमर्थ रहन्छ।त्यसै कुरालाई ध्यानमा राख्दै बिगत लामो समयदेखी विभिन्न तालिमहरु, सचेतना कार्यक्रमहरु उद्घोषण तालिमहरुको आयोजना गरि सक्षम नागरिक बनाउन अहं भुमिका निर्बाह गर्दै आउनु भएकोमा वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडाका अन्य जनप्रतिनिधिहरु कर्मचारी लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गरेकी थिईन।सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा भएको यो तालिमले आजका युवाहरुलाई उद्घोषण गर्न सक्ने दक्ष र क्षमतावान जनशक्ति उत्पादनमा सकारात्मक भुमिका रहने आगामी दिनमा पनि यस्ता किसिमका विभिन्न तालिमहरु प्रदान गर्दै जाने अबगत गराउदै स्वस्फूर्त रुपमा निरन्तर सात दिन सम्म सहभागी भैइ तालिम प्राप्त गर्नुहुने प्रशिक्षार्थीहरु ,प्रशिक्षक लगायत सम्पुर्णमा धन्यबाद ब्यक्त गरेकी थिईन।