दोहा कतार।
कतारमा सम्पुर्ण दङालीहरुको साझा संस्था दाङ देउखुरी सेवा समाज कतारको छैटौं साधारण सभा सनैयाको प्लाजा स्थित ह्वाईटहाउस रेस्टुरेन्टमा सम्पन्न भएको छ।
'दाङ देउखुरीको चाहाना, प्रवासमा सभ्य र सुरक्षित रोजगारको कामना' भन्ने नारालाई आत्मासाथ गर्दै सन २०१२ मा स्थापित दाङ देउखुरी सेवा समाज कतारका अध्यक्ष छबिलाल बुढाथोकीको सभापतित्व तथा संस्थाका संस्थापक सल्लाहकार अर्जुन खड्काको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार हेमराज बस्नेत,वरिष्ठ सल्लाहकार वशन्तराज पुरी,कमलमणि गुरागाई,लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पान्डे,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका अध्यक्ष दिपेन्द्र डांगी,रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष देब राज पुन,नेपाली महिला समाज कतारका कबिता खत्री विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी बुद्धिजिबी,साहित्यकार, कलाकार पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो।संस्थाका महासचिव गोपाल पोख्रेलद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष रण बहादुर केसीद्वारा स्वागत मन्तब्य राखिएको थियो भने कार्य प्रगति प्रतिवेदन स्वयं महासचिव पोख्रेलले पढेर सुनाएका थिए।विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतबाट कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरिएको थियो।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजका अग्रज कमल मणि गुरागाईले दाङको भौगोलिक सांस्कृतिक सौन्दर्यात्मक दृश्य,दङाली हरुको आतिथि प्रती गरिने व्यवहार लगायतको चर्चा गर्दै जिल्ला संस्था भएतापनी जिल्लामा संस्थाले उल्लेखनीय कार्य गरेको समेत जनाएका थिए।आफू पुर्वमा जन्मेको मान्छे भएता पनि दाङले मोहनी लगायकै कारणले आफु पुर्व बाट बसाई सरि दाङको स्थानीय बासिन्दा भएको समेत बताउदै आउदो कार्यसमिति बलियो र सक्षम नेतृत्व चयन गर्न सुझाव दिदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी अर्जुन खड्काले बोल्दै उपस्थित दङाली तथा गैर दङाली दाजुभाई तथा दिदिबहिनीहरुले समाज प्रति उल्लेखनीय योगदान दिनुभएको र आगामी दिनमा निरन्तर सहयोग पुर्याउन अनुरोध गर्दै आगामी बन्ने नयाँ नेतृत्व अझै थप सक्षम रहोस भन्दै शुभकामना दिएका थिए।कार्यक्रमको अन्त्यमा सभापति छबिलाल बुढाथोकीले छैटौं साधारण सभालाई सफल बनाईदिन उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।
दाङ्ग देउखुरी सेवा समाज कतार को छैठौं साधारणसभाको भेलाले रण बहादुर केसीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ।जसनुसार प्रथम उपाध्यक्ष - केशब बि एम, दिर्तिय उपाध्यक्ष- उषा परिवार,महासचिव- बसन्त कुवर , सचिव- चिन्तामणी भुषाल , कोषाध्यक्ष- छबिलाल परियार , सह कोषाध्यक्ष- प्रेम चौधरी, महिला उपाध्यक्ष -मनिषा खडका रहेका छन।त्यसैगरी सदस्यहरुमा केतुलाल थापा, साजना स्वर्णकार, देबा अधिकारी , बिना मगर,जङ्ग बहादुर रोका मगर ,लाल सिङ बिक, नारायण थापा,माधब भण्डारी ,भुसन पन्थी ,शिव राम चौधरी ,सुरत शाही रहेका छन भने दुई जना कार्यसमिति सदस्य संस्थाको पहिलो बैठकबाट मनोनीत गर्ने समेत संस्थाले जनाएको छ।