दोहा कतार,
तिलविक्रम थेवे, गत २० जनवरी २०२३ शुक्रबार समुद्र किनारामा गएर तागेरानिङवाफु युमा माङको पुजा गर्दे युमासाम्यो महासभा कतारले कक्फेक्वा तङनामको अवसरमा सानदार एवं भव्य आउटडोर वनभोज कार्यक्रमको आयोजना गरयो ।
संस्थाको अध्यक्ष प्रेम आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको युमा साम्यो महासभा कतार परिवारको बनभोज कार्यक्रममा अध्यक्ष आङबुहाङले उपाध्यक्षमा मनोनयन भएका उपाध्यक्ष योगेन माखिम र उपमहासचिव मौसम वेघालाई जिम्मेवारी पत्र हस्तान्तरण गरेका थिए भने अर्का उपमहासचिव राज आङबोलाई उपाध्यक्ष विनिता मादेनले जिम्मेवारी पत्र हस्तान्तरण गरेका थिए ।जिम्मेवारी पत्र हस्तान्तरण गर्दै अध्यक्ष आङबुहाङ र उपाध्यक्ष मादेनले गरिमामय जिम्मेवारी लिदै गरेका साथीहरुबाट संस्थालाई धेरै ठूलो योगदान पुग्ने आशा व्यक्त गरे ।
राज आङबोको संचालन र उपाध्यक्ष विनिता मादेनको स्वागत मन्तव्य रहेको उक्त बनभोज कार्यक्रममा तागेरानिङवाफु युमा माङको पुजा याम काङभा (सामेक) बाट विधिपुर्वक सम्पन्न भएको थियो ।
संस्थाका उपाध्यक्ष धनेन्द्र चेम्जोङ, उपाध्यक्ष विनिता मादेल, उपाध्यक्ष योगेन माखिम, कोषाध्यक्ष देवी थेगुवा, उपमहासचिवद्धय मौसम साम्योक वेघा र राज आङबो, सहसचिव रुपा चेम्जोङ, सदस्य दिपा भण्डारी (नुमा), सदस्य विष्णु केदेम लगायतले कार्यक्रम सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । गीत संगीतले कार्यक्रमलाई थप रोचकता प्रदान गरेको थियो ।
युमा साम्यो महासभा कतारले याक्थुङ (लिम्बु) जातीको मौलिक परम्परा भाषा–लिपि, युमाधर्म,संस्कार सस्कृतिको वारेमा प्रवासमा पनि याक्थुङ (लिम्बु) जाती लगायत यस विषय जान्न बुझन इच्छुक सवैलाई सुसुचित गर्दै, सिकाउदै, जन चेतनाको विकास गर्दै आइरहेको छ भने याक्थुङ (लिम्बु) जातीको मुन्धुम र मुन्धुमीस्थलहरुको वारेमा समेत औपचारिक अनौपचारिक रुपमा प्रशिक्षण दिदै आईरहेको छ ।नेपालको पुर्वी भाग लगायत, भारतको सिक्किम दार्जिलिङ, कालिम्पोङ, डुवर्स, आसाम, अन्य राष्ट्रहरु भुटान, वर्मा, युके लगायतमा समेत बसोबास गर्ने याक्थुङ (लिम्बु) जातीहरु उत्पतिदेखि नै प्रकृति पुजक र तागेरानिङवाफु युमा माङलाई पुज्दै आएका समुदायहरु हुन् ।