धनकुटा, जिल्लाको साँगुरीगढी गाउपालिका वडा नं १ सालबोटेको ह्यार्गेन छोइलिङ छोक्पा तामाङ गुम्बामा सोनाम ल्होछार भब्यताको साथ सम्पन्न भएको छ ।
मञ्जुश्री सम्बत २८५९ सोनाम ल्होछारको आयोजक वडा नं १ र २ को संयुक्तरूपमा तामाङहरुद्धारा आयोजित कार्यक्रम सभापति धन बहादुर तामाङले रहेको थियो।
जिल्लाको साँगुरीगढी -१ र २ मा तामाङ समुदायहरुको बाक्लो बस्ती रहेको छ। उक्त क्षेत्रमा तामाङहरुको संस्कृति झल्काउने कार्यक्रम गर्दा आलो पालो गर्ने भनी यस अघिको बैठकद्धारा निर्णय गरेको वडा नं २ का स्थानीय तथा ओर्गेन छोइलिङ गुम्बाका अध्यक्ष कुमार लोप्चन तामाङले बताएका छन।
कार्यक्रमको प्रमुख अतिथिमा साँगुरीगढी गाउँपालिकाको अध्यक्ष जितेन्द्र रुम्दली राईको रहेको थियो । कार्यक्रमको सेडुलभन्दा कार्यक्रम केही समय ढिलाइ भएकोमा जननिर्वाचित वडा नं १ सदस्य नन्द सिं तामाङ ख्युउबाले क्षमा प्राथी माग्दै कार्यक्रम संचालन गरेका थिए ।
विधिवत ढंगमा संचालन भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथि, र अतिथिद्धारा दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाई कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य लिला माया तामाङ मगरले सबैलाई स्वागत गर्दै कार्यक्रममा उपस्थिति सम्पुर्णलाई सुरु देखि अन्तिमसम्म रहेर कार्यक्रमको शोभा बढाई दिन अनुरोध गरेका थिए ।
मञ्जुश्री सम्बत २८५९ सोनाम ल्होछार शुभकामना आदानप्रदान कार्यक्रमको बारेमा वैदेशिक रोजगार उद्धार नेपाल कतारका प्रतिनिधि योगेन्द्र लो तामाङले सोनाम ल्होछार र ह्योई ( खरायो) विरालो बर्गको बारेमा जानकारी दिए । साँगुरीगढी गाउपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि राई र १,२ को वडा अध्यक्षहरुलाई चालू आर्थिक बर्ष २०७९/८० मा सोनाम ल्होछार कार्यक्रमको लागि गाउँ पालिका र वडा कार्यलयबाट बजेट विनियोजित गरिदिनको लागि आग्रह समेत गरिएको वैदेशिक रोजगार उद्धार नेपाल कतारका प्रतिनिधि योगेन्द्र लो तामाङले जनाएका छन।
शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि राईले तामाङहरुको मात्रै नभई राष्ट्रिय पर्व सोनाम ल्होछार समग्रमा हामी सबै नेपालीको रहेको बताए। आफ्नै गाउँ पालिको सोनाम ल्होछार कार्यक्रममा पहिलोपटक निमन्त्रणा भएको र पहिलो सहभागी भएको बताउदै आगामी बर्षको सोनाम ल्होछार कार्यक्रम आयोजनाको लागि समयमै नै ल्होछार समितिले बजेट माग भइ आएमा आर्थिक विनियोजन गर्न आफू तम्तयार रहेको जानकारी दिए। गुम्बाको मुर्ति प्रतिस्थापन लागि पहल गरि बुद्धको मुर्ति यस क्षेत्रमा प्रतिस्थापन गरेमा वडाका युवा तथा श्रम विहिन भएकोहरुलाई रोजगारी मुलक बनाउनको लागि यो क्षेत्र पर्यटकिय र रमणीय रहेको हुँदा यस क्षेत्रका तामाङ समुदायहरु तदारुकताको साथ अघि बढेमा जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने बताए। वडा नं १ मा पहिरो पीडितहरुको लागि मालपोत तथा सम्बन्धित निकायमा पहल भइ रहेको र यथाशीघ्र पीडितहरुलाई सुरक्षीत क्षेत्रमा स्थानान्तरण गरिने बताए ।
अतिथिको शुभकामना राख्ने क्रममा नेकपा एमालेका निवर्तमान वडा नं २ का वडा अध्यक्ष दल बहादुर ईङनामले साँगुरीगढी गाउपालिका वडा नं १ सालबोटेमा सबैभन्दा पहिला मिति २०३४ सालमा ओर्गेन छोइलिङ गुम्बाको मुहर्त भएको बताउदै सो गुम्बामा त्यसबेला आफ्नो उपस्थिति रहेको र अहिले कुन हिसाबले किताबले दुइटा गुम्बा हुनु पुग्यो यसले भविस्यमा निर्माणको लागि समस्या आउने पो हो कि भन्ने हुँदै सकेसम्म एकजुट भइ तामाङ गुम्बाको लागि सबैजना तामाङहरु समन्वयमा निर्माण कार्य अगाडि बढाएमा संबंधित निकायबाट बजेट निकासा गर्न सहज हुने बताए ।
कार्यक्रममा विभिन्न संस्कृति झाँकिहरुको पनि प्रस्तुति रहेको थियो । झाँक्री (बोम्बो )को संयोजक गञ्ज बहादुर तामाङको थियो भने ताम्बाको संयोजक दिपक घिसिङ तामङले गरेको थिए । लामाको सयोजक सुन्दर सिं लामा गुरुले गरेका थियो । लामाको विशेष नाचको प्रस्तुति रहेको थियो । कार्यक्रमको सभापति धन बहादुर तामाङले मञ्जुश्री सम्बत २८५९ सोनाम ल्होछारको अवसरमा सबैलाई शुभकामना दिदै कार्यक्रमको विसर्जन गरेका थिए ।