दोहा : घले समाज दोहा कतारले यहि जनवरि २० तारिक शुक्रबारका दिन "योए ल्हो(बिरालो वर्ग) लि:ल घले" ल्होसर पर्व मनाएको छ ।
लि:ल फङ् (घले समाज) का अध्यक्ष बरुण घलेको सभा- अध्यक्ष र लि:ल फङ् (घले समाज) अन्तराष्ट्रिय समन्व समितिका सचिव तथा घले समाज कतारका प्रमुख सल्लाहकार आयुस घलेको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कृष्ण गिरि, मनोज न्यौपाने, धिरेन तामाङ, प्रकाश मम्बा तामाङ, मोईराम तामाङ, गौतम तामाङ, हिरे तामाङ, गणेश ब्लानदेन, बिकाश तामाङ साथै Q .N डान्स ग्रुपका उपाध्यक्ष्य युवा ब्यबसायी सागर राउत कलाकार कमला गुरुङ, दिपक घले, सुर्य लामा, सोम घले, साथमा Q .N डान्स ग्रुपका कलाकार हरु लगायत कतारमा रहेका विभिन्न सङ्गठन तथा सामाजिक व्याक्तित्व हरुको उपस्थिति रहेको थियो ।
घले समाजका बरिस्ठ उपाध्यक्ष सोम घलेले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा कृष्ण गिरि, प्रकाश मम्बा तामाङ, घले समाज कतारका सल्लाहकार नानु घले लगायतले शुभकामना मन्तव्य राख्दै "योए ल्हो(बिरालो वर्ग) लि:ल घले" ल्होसर प्रवासी भुमी कतारमा मनाउन पाउँदा खुशी व्याक्त गरेका थिए । साथै घले सेवा समाज कतारले आफ्नो, धर्म सस्कृती, रितिरिवाज परम्परालाई जोगाउन खेलेको भुमिका प्रती प्रशंसा गरेका थिए । त्यसै क्रममा लामा गुरु डा घलेले (लामा गुरु मन्त्र ) जपेर शुभ कामना व्यक्त गरे ।
कार्यक्रममा विभिन्न कलाकारहरुको युगल नृत्य, लाली घलेको एकल नृत्य त्यस्तै कमला गुरुङ ,नानु घले, दिपक घले, सोम घले, सुर्य लामाको एकल सांगीतिक प्रस्तुति थियो भने कमला गुरुङ र सोम घलेको Live दोहोरि चलेको थियो।
प्रमुख अतिथि आयुस घलेले समाज यहाँसम्म लेराउन मेहनत गरेका दिन हरुलाइ सम्झिदै ल्होसर को अर्थ र घले जातिको केहि इतिहास सारंश बारे प्रष्ट पारेका थिए ।
सभापति बरुण घले ले कार्यक्रम लाई सभ्य-भब्य बनाउन उपस्थित हुने हरु लगायत सबै घले तथा गैर घले लाई सुभकामना तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरे औपचारिक कार्यक्रमको सचिव मनिषा घले र सांस्कृतिक कार्यक्रम लाइ प्रेम घले किङ्ले सञ्चालन गरेका थिए ।