दोहा : नेपालीहरुको रास्ट्रिय चाड माघे सकरातिको शुभ अवसर पारेर आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि स्याङ्जा भलिवल टिमले जितेको छ ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा धनकुटा सेवा समाज कतारद्वारा आयोजित "खुल्ला भलिबल प्रतियोगिता" उपाधि स्याङजा भलिवल टिमले जितेको हो ।
२० टिमले सहभागिता जनाएको "खुल्ला भलिबल प्रतियोगिता" को शुक्रवार सम्पन्न फाइनलमा पाल्पा रामपुर भलिबल टिम पराजित गर्दे प्रथम भएको स्याङ्जाले कतारी रियल चार हजार पाच सय नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो बनेको पाल्पा रामपुर भलिबल टिम र तृतीय आयोजक धनकुटा सेवा समाजाले क्रमश तिन हजार र पन्ध्र सय रियल नगद सहित ट्रफी र प्रमाण प्राप्त गरे ।
सनैया ४७ को खेलकुद मैदानमा २ दिन सम्म चलेको खेलमा सहभागि खेलाडिहरुले अत्यन्तै अनुशासित भएर आफ्नो खेल प्रदर्शन गरेको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको सचिव एवम् खेलकुद बिभाग प्रमुख रबिन मगरले बताए ।
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानले आफ्नो मन्तव्य राख्दै दोहा कतारमा खेलकुदको बिकासको लागि एनआरएनए कतार जहिले सहयोग गर्ने पक्षमा रहेको बताए ।
खेलकुदले कामको थकान मेटाउन, स्वस्थ जीवन यापन गर्न प्रेरित गर्ने बताउदै सकेसम्म सबैजनाले खेलकुदको बिकासमा ध्यान पुराउनु पर्नेमा मुक्तदाले जोड दिए । कतारमा कुनै खेलाडी तथा अन्य कोहि पनि नेपाली अलपत्र परेका, घर फिर्तीको लागि टिकट नपाएका यावत समस्याहरु परेको खण्डमा एनआरएनए कतारले तत्काल सहयोग गर्ने भन्दै जानकारी गराउन आग्रह गरे ।
कार्यक्रमका अध्यक्ष तथा धनकुटा सेवा समाज कतारका अध्यक्ष डिल्ली कुमार सुबेदीले प्रवासमा रहंदा खेलको माध्यमवाट एक आपसमा भाई भातृत्व कायम राख्न,स्वस्थ जीवन यापन गर्न प्रेरित गर्ने उद्देश्यले यो प्रतियोगिता सन्चालन गरिएको बताउदै खेलकुद प्रतियोगितामा उपस्थिति विभिन्न अतिथि,खेलकुद सम्पन्न गर्न कार्यसमितिका पदाधिकारी, खेलकुद विभाग, खेलाडिहरुहरु लगायतलाई धन्यवाद व्यक्त गर्दै आफ्नो भनाइ राखेका थिए ।
उक्त खेलकुद कार्यक्रमको संयोजक डिल्ली कुमार घिमिरे र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार खेलकुद बिभागको प्रमुख रबिन मगर रहेका थिए ।