काठमाडौं, गोकर्णेश्वरमा नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व. खगेन्द्रबहादुर बस्नेतको ९५औँ जन्मजयन्ती र संस्थाको ५३औँ स्थापना दिवसका अवसरमा बिबिध कार्यक्रमको आयोजना गरि संस्थाको केन्द्रीय कार्यालय जोरपाटी नारायणटारमा भब्यताका साथ सम्पन्न गरिएको छ।
नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष साम्देन लामाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथिहरु गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, वडा नं ६का वडा अध्यक्ष नवराज लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, संस्थाद्वारा सञ्चालित अर्थपेडिक अस्पतालका संस्थापक डा अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा शङ्करराज पाठक, केन्द्रद्वारा सञ्चालित विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउण्डेशनका निर्देशक लोप्साङ डोल्मा लगायत आयोजक संस्थाका पदाधिकारीहरु, वडा सदस्यहरु जनप्रतिनिधि कलाकार खेलकुदप्रेमीहरु लगायत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालद्वारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरु लगायतद्वारा नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व. खगेन्द्रबहादुर बस्नेतको सालिकमा माल्यार्पण गरि सम्मान गरिएको थियो।नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रको अध्यक्ष साम्देन लामाले स्वागत मन्तब्यद्वारा सबैलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य माथि स्पष्ट बनाएका थिए।त्यसैक्रममा कार्यक्रममा नगरप्रमुख रिसाल, उपप्रमुख सान्नानी लामा, वडाध्यक्ष नवराज लामा, संस्थाका कोषाध्यक्ष रामप्रसाद कोइराला, उपाध्यक्ष शरद अधिकारी लगायतले कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गर्दै संस्थालाई आवस्यक हरेक सहयोग जारी रहनेमा प्रतिबद्धता जाहेर गरेका थिए। कार्यक्रममा संस्थाद्वारा सञ्चालित अर्थाेपेडिक अस्पतालका संस्थापक डा अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा शङ्करराज पाठक, केन्द्रद्वारा सञ्चालित विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउण्डेशनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो। ५३ औं स्थापना दिवसको अवसरमा टेबुल टेनिस, दौड, बास्केटबल, चित्रकला र घ्याम्पो फुटाउने लगायतका प्रतियोगिता आयोजना गरिएको थियो भने विभिन्न विधाका खेलकुद प्रतियोगितामा सफल खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो।
त्यसगरि कार्यक्रममा नेपालमै बनेको ह्विलचेयर समेत नगर प्रमुख दिपक रिसाल , उपप्रमुख सान्नानी लामा तथा यसै संस्थाका अध्यक्ष साम्देन लामाले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरेका थिए ।उक्त अवसरमा मारवाडी सेवा समिति झापाले अपाङ्गता भएका व्यक्तिहरूलाई भोजन समेत गराएको थियो।