रोल्पा-अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको आयोजनमा शैक्षिक सुधारमा सकारात्मक सोच तथा नेतृत्व विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम रोल्पाको सदरमुकाम लिवाङ स्थित उद्योग वाणिज्य संघको हलमा बिहिबार सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज रोल्पाका सल्लाहकार केबी गुरुङको स्वागत मन्तव्य तथा डि.बि बुढाथोकीद्वारा सहजीकरण गरिएको कार्यक्रममा शैक्षिक क्षेत्रमा सुधार गरि अगाडी बढ्न जिल्लाका सम्बन्धित व्यक्ति र विद्यालय, अविभावक, शिक्षकले कसरी के कसरी भुमिका निर्वाह गरि एक्काइसौं सताब्दिमा बिश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान जनशक्ति निर्माण गरि बिश्वमै नेपाललाई अग्रगामी बनाउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिई नेतृत्व बिकासमा रोल्पाको प्रमुख भुमिका रहोस भन्ने आयोजक संस्थाको धेय रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशिक्षक रहेका प्रीतम पौड्यालले रोल्पा जिल्लाको शैक्षिक सुधारको लागि सकारात्मक सोच तथा नेतृत्व विकासको बारेमा प्रशिक्षण दिएका थिए। प्रशिक्षण दिदै प्रशिक्षक पौड्यालले शैक्षिक सुधार गर्नको लागि सर्वप्रथम सकारात्मक सोचको बिकास गर्नुपर्नेमा जोड दिएका थिए। अरुलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पहिला आफू बाटै सुधार हुनुपर्ने र राम्रो कार्य गरेर देखाउनु पर्ने सकारात्मक भएर समाज परिवर्तन उन्मुख रहनुपर्ने बताएक थिए। कुनै पनि संघ संगठन संस्थालाई गुणस्तरीय र उपयोगी बनाउन सकरात्मक सोचको आवश्यकता रहेको बताउदै विद्यार्थीलाई घोकन्ते भन्दा पनि व्यवहारीक शिक्षा दिनु पर्नेमा स्पष्ट पारेका थिए।प्रशिक्षण दिदै पौड्यालले विद्यार्थीलाई जिवन रुपान्तरण मुखी शिक्षा प्रदान गर्न शैक्षिक सुधारको लागि उचित दुरदृष्टि, योग्य शिक्षक, नियमित परामर्श, शैक्षिक तालिम, विद्यालयका विद्यार्थी तथा शिक्षकको बारेमा दैनिक जानकारी, पढाईका साथसाथै अतिरिक्त कृयाकलाप, सहि र उक्तम निर्णय, स्वच्छ वातावरण, नियमित बैठक लागाएतका कार्यबाट नै शिक्षा क्षेत्रलाई गुणस्तरीय र जीवन उपयोगी बनाउन सकिने बताएका थिए।
त्यस्तै उक्त कार्यक्रममा प्रतिक्षा गौतमले शिक्षाको नयाँ आयामका बारेमा सहजिकरण गर्दै विद्यार्थीलाई स्थानिय श्रोत साधनको उपयोग गरेर उनिहरुलाई रमाईलो र सरल तरिकाले अध्यापन गराउन सकिने कुरा बताईन। विद्यार्थीलाई पुरानै शैलीमा पठनपाठन गराउनु भन्दा पनि बातावरण अनुकुल हुने गरि पढाउनु पर्ने र विद्यार्थीलाई धेरै गृहकार्य भन्दा पनि सामुहिक कार्यहरु गराउने, घोकाएर भन्दा पनि रचनात्मक रुपमा अध्यापन गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताईन।यसक क्रममा सहजकर्ता मन्जु चित्रकारले विद्यालयलाई गुणस्तरीय र नतिजामुलक बनाउनको लागि अरुको भन्दा पनि आफु सकारात्मक भुमिका निर्बाह गर्दै विद्यार्थी मैत्री हुनुपर्नेमा जोड दिएकी थिईन।
आजको युगमा गुणस्तरीय शिक्षा प्राप्त गर्नु प्रत्येक नागरीकको मौलिक हक भएकाले राजनितिक आडमा राम्रालाई भन्दा हाम्रालाई शिक्षक नियुक्ति गर्ने प्रचलन सदाको लागि समाप्त हुनुपर्नेमा जोड दिएका थिए।प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी तथा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिले विद्यार्थीलाई बढी प्रेसर दिएर पढाउनु भन्दा पनि विद्यार्थीको मनोभावना बुझ्नु पर्ने बताएका थिए। सर्वप्रथमत शिक्षकलाई विद्यार्थी पढाउने शैली सरल र सहज हुन पर्नेमा स्पष्ट पार्दै जिल्लामा संचालन भइरहेका विद्यालयमा त्यस स्थानका सम्बन्धित स्थानिय तहले पनि आधुनिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नको लागि अहम् भुमिका खेल्नु हुनेमा बिश्वास लिएका थिए। कार्यक्रममा उपस्थिति भएकाहरुलाई आयोजकले मायाको चिनो, प्रमाण पत्र समेत प्रदान गरिएको थियो।तेसै क्रममा पनि २ जना ब्यक्तिहरु मनिश लामा र मदनश्री गिरि लाई जनहि १५ / १५ हजार का दरले आर्थिक सहयोग समेत गरिएको थियो।
कार्यक्रममा विशिष्ट अथिति कर्मलाल परियार, अन्य उपस्थिति हरुमा जिल्लाका १० वटै स्थानिय तहका अध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष,जिल्लाका विभिन्न विद्यालयका प्रध्यानाअध्यापक, जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अन्त्यमा प्रशिक्षण कार्यक्रमका सभापति तथा केन्द्रिय अध्यक्ष डिलारामा वलीले संस्था स्थापना कालदेखी अहिले सम्म गरेका सामाजिक गतिविधि र संस्थाको उदेश्य प्रती स्पष्ट पारेका थिए।प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन आर्थिक नैतिक भौतिक रुपमा योगदान पुर्याउनु भएका सम्पुर्ण ब्यक्तितब हरुमा धन्यबाद ब्यक्त कार्यक्रम समापन भएको घोषणा गरेका थिए।