मुग्लानी खबर २५ बैशाख
राजेश प्रसाई " बिद्रोही"
साउदीमा अचानक दुबै मृगौला फेल भई २७ दिन साउदी अस्पतालको बसाई पश्चात् गत बैशाख ६ गते नेपाल फर्किएका पाच नम्बर प्रदेश तु.पु. उप महानगरपालीका ९ दाङका ३८ बर्षिय श्रीराम चौधरीलाई मृगौला प्रत्यारोपणका लागी नेपाली साझा मंच ईकाई कार्य समिति अोताईसनका सक्रिय युवाद्वारा करिब ७० हजार १ सय ८१ नेपाली रुपिया पिडित चौधरीकै हातमा हस्तान्तरण गरिएको छ।
बि स २०३७ साल कार्तिक महिनामा बुवा फलु चौधरी र माता रामखली चौधरीको कोखबाट जन्मिएका राम चौधरीकि एक श्रीमती गिता चौधरी र नाबालक २ छोराहरु रहेका छन भने जेठोछोरा अनिल कक्षा २ र कान्छो छोरा युकेजीमा पढ्दै छन।
अत्यन्तै न्यून आर्थीक स्थिति रहेका दाङ तुल्सिपुर उपमहानगर पालिका ९ का स्थायी बासिन्दा मृगौला पिडित चौधरी २६ महिना अघिमात्र साउदी अरबियाको अव्दुल रहमान अल अोताइसन ग्रुप कम्पनीमा आएका थिए।
श्रीराम चौधरीको अचानक दुबै मृगौलाले काम गर्न छोडेपछी २७ दिन साउदीको रोएल कमिसनको अस्पताल बसाई पश्चात् गत बैशाख ६ गते स्वदेश फर्किएका हुन।
न्यून आर्थिक भएका मृगौला पिडित चौधरीको हप्तामा दुई चोटि डाईलोसिस गर्नुपर्ने र घरको स्थिती अत्यन्तै नाजुक भएकोले नेपाली साझा मंच इकाई कार्य समिति अोताईसनका संयोजक मन कुमार तुम्वाफोको सम्योजकत्वमा सोही कम्पनीमा कार्यरत कृयाशिल अभियन्ताहरू नारायण चौधरी,होम बाहादुर सोमरे मगर,इन्द्र घर्ती,भक्त बहादुर बोगटी,लगायतका अभियन्ताहरूको सकृयतामा "हामी हाम्रो साथी बचाउ" भन्दै अगाडी बढेपछी अन्य देश र कम्पनीहरु बाट साथ र सहयोग पाउने अपेक्षा सहित आर्थिक संकलन शुरूवात गरे सङ्गै त्यहा कार्यरत विभिन्न देशका का नागरिकहरु बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स लगायत नेपाली दाजुभाईहरूले तल उल्लेखित साउदी रियालमा आर्थिक सहयोग गरेका छन ।
: १, रुद्र बाहादुर दर्जी - १० २, संजिव बस्नेत - १०० ३, गोर्खा तामाङ्ग -51 ४, जित बाहादुर श्रेष्ठ-51 ५, दिल कुमार लिम्बू -51 ६, इन्द्र घर्ती -५० ७, उज्जुर बाहादुर कार्की -५१ ८, गोपाल (श्रीलंका )- ८३ ९, राजेश साही -४१ १०, राज कुमार शाही-५० ११, राजेश प्रसाईं -५१ १२, बिण्णु बस्नेत - २५ १३, बोधाई चौधरी -३१ १४, पुष्कर पाण्डे -३० १५, जय राम तामाङ्ग- २० १६, मन्सु मगर -२० १७, काजी अाले -२० १८, मिलन तामाङ्ग-२० १९, भक्त बोगटी -२० २०, उत्तर भौधरी -२० २१, भक्त बुडाथोकी -२० २२, भक्त बाहादुर बोगटी-३० २३, धर्म सारु मगर -११
२४,मने लाल राम -१५ २५, प्रेम बाहादुर चौधरी -२० २६, रेग बाहादुर मगर-२५ २७, मीन बाहादुर थापा-२० २८, बम बाहादुर राई-२० २९, राना दाइ -२० ३०, डिल्ली अोली-२० ३१, मीन बाहादुर थापा-२० ३२, खुम बाहादुर ढेगा -३० ३३, होम बाहादुर सोमरे मगर-३० ३४, मन्जित अोली -२५ ३५, राम बाहादुर गिरी-२५ ३६, किसोर खड्का-२० ३७, हरि चरण -२० ३८, नारायन चौधरी-२५ ३९, अशोक शाह-२० ४०, काली चरण -२० ४१, मन कुमार तुम्वाफो-४५ ४२, शत्रुधन-१५ ४३, तिर्थ सिटौला-१५ ४४, लाल बाहादुर भुजेल-१० ४५, तारा राना मगर-११ ४६, सन्त बाहादुर तामाङ्ग-१५ ४७, नवीन नेपाली-१० ४८, बुद्धि तामाङ्ग -१० ४९, चित्र बाहादुर बि क -१० ५०, होम बाहादुर खाती-५ ५१, राम विलास-५ ५२,
मान बि क-7 ५३, रमेश -१० ५४, वीर बाहादुर कार्की-१६ ५५,वेद प्रसाद -१० ५६, गोपाल भण्डारी-१० ५७, गोबिन्द पौडेल -१० ५८,कवि राज चौधरी -१० ५९, तिर्थ मगर -१० ६०, प्रकाश अोली-११ ६१, मनिन्द्र राई -१० ६२, होम बाहादुर कार्की-१० ६३, भिम बाहादुर बिष्ट -१० ६४,सन्त लाल यादव-३० ६५, अब्दुर रहिमान-२५ ६६, सुनिल कुमार यादव-२५ ६७, मीन बाहादुर खाती-१५ ६८, प्रकाश कामी-१० ६९, इश्वर थापा-१० ७०, सोम बाहादुर-१० ७१, राज कुमार -१० ७२, लाल बाहादुर-१५ ७३, महेन्द्र थापा-२० ७४, दोर्जे तामाङ्ग-१० ७५, रामउद्गर-१० ७६ , हिरा लाल यादव-१० ७७, सुशील गुरूङ्ग-१० ७८, प्रेम गुरूङ्ग-१० ७९, पृथ्वी अाचार्य-१० ८०, मान बाहादुर चौधरी-२० ८१, जितेन्द्रर कुमार-११ ८२, रावत लाल-२० ८३, जगदिष -१० ८४, धनपति अधिकारी-१० ८५, लक्षमण मोक्तान-१० ८६,भारतिय मित्रबाट-३२९ ८७, बङ्गलादेसी मित्रबाट-१४२ ८८, पाकिस्तानी मित्रबाट-१६० ८९,फिलिपिनी मित्रबाट-८५ ।
संस्थाका संयोजक लिम्बुका अनुसार साउदी रियल २५५० नेपाली रूपैया ७० हजार १ सय ८१ रूपैया पिडित चौधरीकै नाममा पठाएको र उक्त रकम नेपाली साझा मंच अन्तराष्ट्रिय संयोजक महेश श्रेष्ठको रोहबरमा बैंकबाट निकाली पीडितलाई हस्तान्तरण गरिसेकिएको बताउदै आर्थिक संकलन गर्नुहुने र यो महान अभियानमा जुट्नुभएका सम्पुर्णलाई संयोजक लिम्बुले धन्यबाद दिएका छन।
काठमाडौको वीर अस्पतालमा उपचारत चौधरीलाई नेपाली साझा मंचका तर्फबाट आवश्यक सहयोग गर्नुका साथै वैदेशिक रोजगार विभागबाट सिफारिस उपलब्ध गराई वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट आर्थिक सहायता र विमा कम्पनीबाट विमा रकम उपलब्ध गराउन कानुनी प्रक्रिया र पहल भईरहेको बताउदै वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट उहाँको उपचारका लागि आर्थिक सहायता जुटाउन प्रयास भैइरहेको छ।
उहाँको विमा कम्पनी नेशनल लाईफ ईन्सुरेन्सले 2016/02/03 मा गरिएको विमा पोलिसीमा प्राण घातक रोगलाई उपचार खर्च नदिने स्पस्ट लेखिएपछी उक्त संकलित रकम धेरै अत्यन्तै उपयोगी भएको नेपाली साझा मंच अन्तराष्ट्रिय संयोजक तथा बरिष्ट पत्रकार महेश श्रेष्ठले जानकारी गराए।
आर्थिक संकलन बिना पिडित चौधरीको उपचार गर्न असम्भव भएको हुँदा साउदी अरबको अब्दुलरहमान अलअोताइसन ग्रुप कम्पनीका साथीहरूले गरेको यो सह्रानिय काम प्रती हार्दिक आभार प्रकट गर्दै सहयोग गर्नु हुने महानुभाव एवं सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै नेपाली साझा मंच "देशका लागि केही त गरौ" भन्ने मुलमन्त्रलाई समेत अन्तरास्ट्रिय सम्योजक श्रेष्ठले आत्मसात गरेका छन।
भइयो
https://www.youtube.com/watch?v=jY71Wwm5CQk&feature=youtu.be