काठमाडौ,गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालको नयाँ भवन नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि शिलान्यास सम्पन्न गरिएको छ। वडा नं ४ का वडा अध्यक्ष तथा नगर अस्पतालका अध्यक्ष जयराम महतको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा उपप्रमुख सान्नानी लामा,प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी उपस्थित रहेका थिए।
त्यसैगरी नगरपालिका अन्तर्गतका वडा अध्यक्षहरु नवराज लामा,राजिव थापा,द्वारिका श्रेष्ठ ,मधु तामाङ,मुरारी प्रसाद कुईकेल,नगर प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहोरा,नगर लेखा शाखा प्रमुख रामजी रायमाझी लगायत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिका भित्र रहेका बिरामीको चाप र सुबिधालाई मध्येनजर गर्दै नगर अस्पतालको नयाँ भवन शिलान्यास गरिएको हो।उक्त भवन निर्माणको लागि हाल नगरपालिकाले २५ लाख रुपैया विनियोजित गरेको र थप रकम क्रमश विनियोजित गर्दै जाने जानकारी गराइएको थियो ।
कार्यक्रममा उप प्रमुख सान्नानी लामा ,नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा बोल्दै नगर प्रमुख दिपक कुमार रिसालले नगर अस्पतालको भवन निर्माणपछि नगरवासीको स्वास्थ्य सेवामा सहजता पुग्न सक्नेजानकारी गराउदै अस्पतालले हालको चाप थेग्न नसकेको कारण तत्कालको लागि केहि कोठा निर्माण गर्न लागेको जानकारी गराएका थिए।
कार्यक्रमको अन्त्यमा सभापती जयराम महतले आफ्नो मन्तव्य राख्दै सकारात्मक सोचका साथ शिलान्यास कार्यक्रममा उपस्थित भैई सफल बनैईदिनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।