प्रवासी नेपाली मञ्च कतारले स्थापनाको १८ वसन्त पार गरेको सुखद अवसरमा स्थापना दिवस बिबिध साँस्कृतिक कार्यक्रमका साथमा बनभोजको आयोजना गरि सम्पन्न गरेको छ।
२००४ डिसेम्बर ३१ तारिकका दिन क. कमलमणि गुरागाइँको नेतृत्वमा स्थापना गरिएको मञ्चले आजकै १८ औं वसन्त पार गरेको छ। यहि ऐतिहासिक दिनको अवसरमा हिजो स्थापना दिवस सम्पन्न गरिएको हो। विभिन्न आरोह अवरोह पार गर्दै मञ्चले कतारको नेपाली समाजमा सधैं अग्रणी र निष्पक्ष भुमीका खेलेको कतार स्थित नेपाली समुदायलाई अवगत नै छ। फराकिलो सामाजिक परिधिभित्र मञ्चले आफुलाई सदा अब्बल साबित गर्दै आइरहेको छ।
मञ्चका अध्यक्ष, युवा नेता प्रभात त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उप सचिव चानक पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने मञ्च कतारका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका वर्तमान सदस्य एवम् मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईंको बिशेष आतिथ्यता रहेको थियो।
मञ्चका सल्लाहकार परिषदका अध्यक्ष द्रोण बहादुर बस्नेत, उपाध्यक्ष चानिलाल राजबंशी, बैचारिक संगठन नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, नेपाली समाजका मध्यपूर्व इन्चार्ज मनिस यादब, नेपाली जनप्रगतिशिल मञ्चका संस्थापक सदस्य तथा पुर्व अध्यक्ष होमनाथ शर्मा, समाजसेवी तथा व्यावसायि राजेन्द्र देबकोटा, बामपंथी विचारमा बिश्वास राख्ने प्रो. रमजान अलि मिया, ब्यबसायी तथा समाजसेवी दुर्गा प्याकुरेल, प्रवासी नेपाली मञ्चका सल्लाहकारहरुको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका समस्त अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए भने मञ्चको इतिहास सम्झँदै योगदानमा सरिक समस्त नेतागणहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।
अल समाल रोड स्थित एक मजरामा सम्पन्न कार्यक्रममा जन संगीत मञ्च कतारका कलाकार द्वारा मनोरञ्जन गराइएको थियो। बनभोजको छुट्टै आनन्द लिंदै जाडोको मौसमले गित संगितमा रम्न अझ बल पुर्याएको थियो।
प्रमुख अतिथि चानक पोखरेलले मञ्चको इतिहास र मञ्चले कतारमा नेपाली समुदायका हितमा गरेका कामको उल्लेख गर्दै सबैको भलो गर्न चाहने मञ्चलाई अझ अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए। देशको बर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दै एक न एक दिन बामपंथीहरु मिल्नुको बिकल्प नभएको, स्वार्थ केन्द्रित राजनीतिबाट देशले बेहोरेको शास्तीलाई अब बामपंथीहरुले बुझ्नुपर्ने बेला आएको भन्दै एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम समापनका क्रममा कार्यक्रमका अध्यक्ष प्रभात त्रिपाठीले सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै प्रमुख, बिशेष एवम् अन्य अतिथिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मञ्चको कार्यक्रम ऐतिहासिक भएको उल्लेख गरेका थिए। बनभोज ब्यबस्थापन, यातायात ब्यबस्थापन, अतिथि सम्मान लगायतका बिषयमा जिम्मेवारी निभाउने सहयोद्दाहरु प्रती हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।
कार्यक्रमको सहजकर्ताको भुमिकामा मञ्चका सचिव बिनेश तामाङ रहेका थिए।