झापा, (वसन्तराज सुब्बा) -समावेशी महिला शसक्तिरण केन्द्र कमल गाउँपलिकाले आफ्नो बार्षिक साधारण सभा भब्यताका साथ सप्पन्न गरेको छ।
नेपाली महिलाहरुलाई चुलो र चौकामा मात्र सिमित नभई आफ्नो सीप-कला दक्षता र क्षमताको अभिबृद्धी गर्दै समाजमा खुल्ला रुपमा स्वयं स्वाबलम्बन बनाउन र समाजमा बिकृती बिसङ्गती विरुद्ध लड्दै सामाजिक एवं परोपकारी जस्ता कार्य गर्ने उदेश्यका साथ स्थापित "समावेशी महिला शसक्तिकरण केन्द्रद्वारा केर्खा बजारस्थित अण्डरल्याण्ड बोर्डिङ स्कुलको सभाहलमा ८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सृजना निरौलाको सभापतित्वमा भएको कार्यक्रममा ब्यानर पढी राष्ट्रिय गानबाट शुरु गरिएको थियो।उक्त कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष सृजना निरौलाले पेस गरेकी थिइन भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सलिना राईले प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी समावेशी महिला शसक्तिकरण केन्द्रलाई जग्गादान गर्नुहुने लेखनाथ खतिवडा, देवका निरौलालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। त्यस्तैगरी संस्थाले अशल छोरीको रुपमा भुमिका र अशल बुहारिको भुमिकामा पार्बता राईलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अथिति हुकुम सिंह राईले संस्थाको भवन निर्माणबारे सकारात्मक बिचार राख्दै कमल गाउँपालिकाका महिलाहरुले खेलेको संस्थागत भुमिकाको प्रशंसा गरेका थिए। त्यस्तै बिशेष अथिती पालिका उपाध्यक्ष प्रमिला न्यौपानेले समावेशी महिला संस्थामा आफुपनी पुर्ब सदस्य रहेको जनाउदै यहि संस्थामा सिकेका थुप्रै कुराहरुले पालिकामा पाँचबर्षे कार्यकल सहज रुपमा ब्यतित गरेको बताईन।उनले संस्थाले महिला हिंसा लगायत विविध सामाजिक कार्यहरुमा आफ्नो तर्फबाट र पालिकाको तर्फबाट पुर्ण सहयोग रहने समेत जनाइन।
त्यसैगरी समाजसेवी जग्गादाता लेखनाथ खतिवडाले आफुद्वारा हस्तान्तरण गरिएको जमिन छेउमा जेशिसको पनि कार्यलय बन्नेवला भएको र झापाकै ठूलो माङ्हिम पनि सामुन्ने भएकोले समावेशी महिलाको भवन त्यहीँबन्दा धेरै आकर्षक हुने बताए । त्यस्तै अथितिहरुमा क्रमश: बाणिज्य महासंघ अध्यक्ष बिरेन्द्र अधिकारी, केर्खा बजार ब्यवस्थापन समिती अध्यक्ष अमल श्रेष्ठ, स्थानीय समाजसेवी बिरेन्द्र याक्थुम्बा, उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दहाल, समावेशी महिला श. केन्द्रकी निवर्तमान अध्यक्ष लक्ष्मी अधिकारी, मेची सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मातृका प्रसाद नेपाल, सञ्चारकर्मी उमानाथ भण्डारी, याक्थुङ युवा मञ्च कमलका अध्यक्ष एवम मिडियाकर्मी बसन्तराज सुब्बा लगाएतको बाक्लो उपस्थिति रहेको थियो।संस्थाकी सचिव भगवती राईद्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष उषा भण्डारीले राखेकी थिइन् भने अथिती सत्कारमा माण्डुका नेपाल र आसा लिम्बू थिईन। संस्थामा ८८,जना आजिवन सदस्यमा थप ३६ गरि जम्मा १२४ जनालाई आजिवन सदस्यको प्रमाण-पत्र पनि बितरण गरिएको थियो भने संस्थाका पुर्ब सदस्यहरुलाई मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो।
बन्दसत्र कार्यक्रम अन्तर्गत अध्यक्षको प्रतिबेदन बिशेष टिपोट समितिमा क्रमश: नानुमाया कार्की, शुनिता भट्टराई र शसिकला सुब्बा रहेकी थिइन ।लेखा समितिमा क्रमश: भिश्मा बोहोरा, उर्मिला रिजाल र कबिता श्रेष्ठ रहेकी थिइन। उक्त प्रतिबेदन सबैको सर्बस्विकार्यमा अनमोदन भएको थियो। संस्थामा चार नयाँ सदस्यहरु युनिमा देवन फागो, कबिता बस्नेत(कमल-३), नविना निरौला/ढकाल, क्रान्ती कुमारी श्रेष्ठ(कमल-३) लगायतलाई मनोनयन गरिएको थियो।
कार्यक्रमको अन्त्यमा: सभाध्यक्ष सृजना पौडेलले कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रम सौहार्द बाताबरणमा सम्पन्न भएको उल्लेख गर्दै सहयोगी सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन।