दोहा,नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा दोहाको अलसाद स्थित हमाद हस्पिटल को न्यु ब्लड डोनेसन सेन्टरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेपाली नियोग कतारका द्वीतिय सचिव प्रबिण भट्टराई, योङ कमिन्युष्ट लिग (YCL) नेपाल का अध्यक्ष सुबोध सेर्पाली,एन आर एन ए (एनसीसी) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाली जनप्रगतिशील मञ्च मध्य पूर्ब संयोजक सन्नी कुमार ओली, जनप्रगतिशिल कतारका प्रमुख सल्लाहकार रमेश भट्ट ,पूर्ब अध्यक्ष होम नाथ शर्मा , जनसम्पर्क समितीका सभापती मोहम्मद अजिज अलि, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी,प्रवासी नेपाली एकता मञ्च का उपाध्यक्ष गणेश प्रसाद ढकाल,नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी उपस्थित समाजसेवीहरुमा रमजान अलि मिया, बिमल सुवेदी, चानक पोखरेल , तेज कटुवाल , समाजसेवी एवं रक्तदाता संघ कतार का अध्यक्ष रामजी खत्री , मनिष यादब, राकेश श्रेष्ठ, प्रेम राज रिजाल , शिबराम ढकाल, माया केसी, सरिता चिलवाल पोखरिया, पत्रकार एवं समाजसेवी दिप जंग शाह , नेपाली जनप्रगतिशिल मंच सम्बद्ध पश्चिम एसियाका सम्पूर्ण सदस्य, सल्लाहकार अग्रजहरु , रास्ट्रिय समिति कतार का सम्पूर्ण सल्लाहकारहरु, लगाएत कतारमा स्थापित सम्पुर्ण संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगाएत १९८ जनाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीका अनुसार उक्त कार्यक्रममा ५८ जनाले ब्लड डोनेसन गरेका थिए भने ४० जना भन्दा धेरै को B positive भएको कारण रक्तदान गर्नबाट बन्चित भएका थिए । B + ब्लड डोनेसन सेन्टर को स्टोरमै स्टक भएको कारण उक्त ब्लड नलिएको सेन्टरका एक प्रतिनिधिले जानकारी गराएका थिए ।
जनप्रगतिशील मध्य पुर्ब का संयोजक सन्नी कुमार ओली, जनप्रगतिशिल कतारका प्रमुख सल्लाहकार रमेश भट्ट ,पूर्ब अध्यक्ष होम नाथ शर्मा र मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, सल्लाहकार सरिता भण्डारी पौडेल लगाएतले उपस्थित सम्पूर्ण सहभागी तथा रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।