काठमाण्डौ,कार्तिक २४।विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले पार्टी प्रबेश गरेका दर्जनौ नेता कार्यकर्तालाई सम्बोधन पार्टीका बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले आर्थिक विकास र समृद्धि तथा सुशासनका लागि आउदै गरेको प्रतिनिधि सभाको चुनावमा एमालेको जित सुनिस्चित हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा एमाले पार्टी प्रवेश गर्नेहरुमा गत वैशाखमा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार बनेका लुच्छे महर्जन, नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उमेदवार बनेका दिनेश प्रधान, नेपाली कांग्रेसका क्रियाशिल सदस्य रमेश प्रजापति, आशिष महर्जन रहेका छन् । त्यसैगरी राप्रपाका स्थानीय नेता विनोद राई, सानु लामा पनि एमाले प्रवेश गरेका छन् ।माओवादीका नेता प्रभाग मगर, राज गौतम, आलेक मगर, रुसल श्रेष्ठ, कुशल बगजाईं, अंकित चौलागाईं, आंश्विन क्षेत्री, राम भुसाल, इशान कार्की एमाले प्रवेश गरेका छन् । त्यसैगरी जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय, विमला पाण्डे पनि एमालेमा सामेल भएका छन् । त्यस क्षेत्रका युवाहरु सबल प्रजापति, नारायण महर्जन र सोनु तामाङ पनि एमालेमा प्रवेश गरेका छन् ।
पार्टीमा नवप्रवेशीहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले टिका लगाएर स्वागत गरेका थिए।
विभिन्न दलबाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचन लडाई र चुनौती भएकोले सबैले साथ दिनुपर्ने बताएका थिए।उनले ओली प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै त्यसबेला सिङ्गो मुलुकलाई एकढिक्का बनाउने काम भएको बताए । तर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा मेटाएर बुच्चे नक्सा बनाएको भन्दै निन्दा र भत्र्सना गरे । गठबन्धनका नेताहरुले चुच्चे नक्सा मेटेर देशद्रोही काम आरोप लगाउदै चुच्चे नक्सा बनाउनुको अर्थ हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो भन्ने हो उपाध्यक्ष पोख्रेलले भने।
पुर्व प्रधानमन्त्री ओली संग देश बनाउने ठूलो सपना रहेको बताउदै एकै दिनमा १४ सय रणनीतिक महत्वका सडक शिलान्यास,एकैदिनमा ३९६ वटा अस्पताल निर्माणको काम सुरु भएको बताए।उनले ओली प्रधानमन्त्री हुँदा युवाहरु उत्पादनमुखी काममा लाग्नुपर्छ । रोजगारीका लागि उद्योगधन्दा खोल्नुपर्छ भन्ने उदेश्य स्वरुप सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय, पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरेर तराई–मधेशका २० वटा जिल्लाका सदरमुकाममा सडक सञ्जाल पुर्याउने निर्णय गरेको पोखरेलले बताए ।त्यसैगरी दैलेखमा ग्यास खानी उत्खननको लागि अध्ययन गरिएको, नवलपरासीमा फलाम उत्पादनको काम सुरु भएको पनि पोखरेलले बताए ।
उपाध्यक्ष पोखरेलले सुकुम्बासी समस्या समाधान गर्नका लागि एमाले सरकारले नै भूमि आयोग,नागरिकता बिधेयक,छिनेकी मुकुक भारतद्वारा अतिक्रमीत नेपाली भुमी लगायत रास्ट्रीयता,अखण्डता,सारभौमताका बारेमा स्पष्ट पार्दै यी सबै समस्याको समाधानको लागि आउदो चुनावमा नेकपा एमालेलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरेका थिए।
प्रदेशसभा सदस्यका उम्मेदवार सिलवालले मुलुकको अग्रगतिका लागि एमाले सधैँ अग्रसर रहेको बताए । २०७४ सालको निर्वाचनमा आफू निर्वाचित भएपछि विकास निर्माण र सम्पदा संरक्षणका क्षेत्रमा उल्लेख्य काम गरेको सिलवालले स्मरण गराए । आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने अभियानमा अघि बढेको सिलवालको भनाई रहेको थियो।