दोहा, कतार
तमु (गुरुङ) समाज कतारको १८ औं साधारण सभाबाट टौमाया गुरुङको अध्यक्षतामा २० सदस्यीय कार्य समिति सर्वसम्मतले चयन भएको छ।
समाजका कार्यबहाक अध्यक्ष टौमाया गुरुङको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार,बिशेष अतिथि गैरआवासीय नेपाली संघ समन्वय परिषद् कतारका अध्यक्ष महम्मद मुक्तदा मुसलमान ,कतारमा स्थापित विभिन्न सामाजिक,बैचारिक, मातृ संस्था जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत तमु गुरुङ तथा गैर तमु गुरुङ नेपाली दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
गत नोभेम्बर ४ तारिख शुक्रबारका दिन आयोजित साधारण सभाको भेलाले प्रथम उपाध्यक्षमा तेज गुरुङ, द्वितीय उपाध्यक्षमा ओमराज गुरुङ, तृतीय उपाध्यक्षमा पदम गुरुङ, महासचिवमा ज्ञानु (डिजन) गुरुङ, सचीवमा दुर्गा गुरुङ, सह सचिवमा मुना गुरुङ, कोषाध्यक्षमा मनप्रसाद गुरुङ र सहकोषाध्यक्षमा चन्द्र प्रकाश गुरुङलाई सर्वसम्मतले चयन गरेको छ।
त्यसैगरी सदस्यहरुमा क्रमस बलबहादुर गुरुङ, टीकामाया गुरुङ, रञ्जना गुरुङ, बिमल गुरुङ र गोविन्द गुरुङ चयन हुनुभएका छन।साधारणसभाले शाखा समिति अन्तर्गत तमु सांस्कृतिक विभागको संयोजकमा प्रकाश गुरुङ, तमु प्येताँ ल्हुताँ समिति संयोजकमा धिराज गुरुङ, खेलकुद समिति संयोजकमा दिनेश गुरुङ, महिला विभाग संयोजकमा शिला गुरुङ, पूर्वाञ्चल सम्पर्क समिति संयोजकमा किशोर गुरुङ र पश्चिमाञ्चल सम्पर्क समिति संयोजकमा रविन गुरुङ समेत सर्वसम्मतले चयन भएका छन।‘तमुहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सन २००४ मा स्थापित तमु (गुरुङ) समाज कतारले ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्थित्व नै हराउँछ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै विभिन्न कार्ययोजनाहरु अघि बढाउँदै सक्रिय भुमिका खेल्दै आएको छ।