लिमासोल साईप्रस, नेपाल तामाङ घेदुङ साईप्रसको तेस्रो अधिवेशनबाट अध्यक्षमा सुनिमायाँ डिम्डुङ तामाङ निर्बिरोध निर्बाचित भएकी छिन।
नेपाली तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृती संम्बर्द्वन भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन २०१६ मा स्थापित नेपाल तामाङ घेदुङ साइप्रसको तेस्रो अधिवेशन तथा संस्थाको छैटौं वार्षिकोत्सब साईप्रसको लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा भएको थियो। संस्थाका अध्यक्ष लक्ष्मी ब्लोन तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ साइप्रसका सस्थापक नानु गोम्जाको प्रमुख अतिथ्यता रहेको थियो ।उक्त अधिबेशनले वरिष्ठ उपाध्यक्ष मा निर्मला थिङ तामाङ , उपाध्यक्षमा राजु वाईवा तामाङ , महासचिव राजमान घ्लान तामाङ , सचिव कृपा घिसिङ तामाङ, कोषाध्यक्ष किन्जाङ घिसिङ तामाङ (बिपना), सहकोषाध्यक्ष सुवास थोकर तामाङ , प्रवक्ता सानुमाया लोप्चन तामाङ , लामा विभाग प्रमुख माया घ्लान तामाङ , अनुशासन तथा मुल्यांकन विभाग प्रमुख सुमित्रा बम्जन तामाङ , युवा विभाग प्रमुख आसुनी तामाङ ,सांस्कृतिक विभाग प्रमुख अङ्गेलि तामाङ माया लाई सर्बसम्मतले चयन गरिएको छ।त्यसैगरी सदस्यहरुमा खावा दोङ तामाङ , विष्णु माया घिसिङ तामाङ , डिकु पाख्रीन तामाङ वबिता घिसिङ तामाङ अञ्जु घिसिङ तामाङ कमला थिङ तामाङ , विशाल पाख्रीन तामाङ , रञ्जु बम्जन तामाङ , रञ्जिता तामाङ छेपाल्मो ,डोल्मा ह्योल्मो तामाङ, हर्क लाल थिङ तामाङ , नानी माया मोक्तान तामाङ , सुस्मा पाख्रीन तामाङ , लक्ष्मी लोप्चान तामाङ, खुशी थिङ तामाङ लगाएत रहेका छन।
कार्यक्रममा प्रवासी नेपाली मञ्च साइप्रसका अध्यक्ष श्यामलाल नेपाली , शेर्पा किदुक साइप्रसका निवर्तमान अध्यक्ष निमदिकी शेर्पा, प्रवासी नेपाली मञ्च तथा युरोप कमिटी युवा विभाग प्रमुख दातानन्द पाण्डे , प्रत्रकार महासंघ युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , नेपाल जनप्रगतिशील मञ्चसाइप्रसका कोषाध्यक्ष लक्ष्मी लोप्चन तामाङ, तमु समाज साइप्रसका प्रतिनिधि लक्ष्मीता गुरुङ , मगर संघ साइप्रसका प्रतिनिधि मिरा थापा , किराँत याक्थुम चुम्लुङ साइप्रसका सह-सचिव एलिना लिम्बू लगाएत नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।