दोहा : नेपाली जनप्रगतिशील मञ्च कतारमा १५० जना भन्दा बढी प्रवेश गरेका छ्न ।
जनता समाजबादी पार्टीको प्रवास संगठन "नेपाली समाज कतारबाट सल्लाहकारहरु, वरिष्ठ उपाध्यक्ष ,उपाध्यक्ष लगायत कार्यसमिति टिम बाट मञ्चमा प्रवेश गरेको अध्यक्ष बुद्धि प्रसाद भन्डारीले बताए । ३१ अक्टोबर २०२२ का दिन सामाजिक सन्जाल मार्फत एक बिज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन ।
मञ्चमा प्रवेश गर्ने हरुमा वरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर, उपाध्यक्ष राज कुमार राइ, महिला उपाध्यक्ष देवि कुमारी मगर,कोषाध्यक्ष गजेन्द्र खालिङ, सह -कोषाध्यक्ष एक्का प्रसाद तामाङ ( योगेन्द्र ), सल्लाहकार हरु पदम राइ, ननिन्द्र लगायतका रहेका छ्न ।
हेर्नुस प्रेस विज्ञप्ति सहित
आधुनिक नेपालको राजनीतिक इतिहासमा २०४६ सालको पहिलो नेपाली जनताको जनआन्दोलनले बहुदलीय राजतन्त्र बलिदानीपुर्ण संघर्षले १० बर्षे जनयुद्ध २०६२/ ६३ को शान्तिपुर्ण आन्दोलनले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षाता, समानुपातिक , समावेशीता, लगायतका ऐतिहासिक उपलब्धिहरुलाई रक्षा र संस्थागत गर्दै बाँकी रहेका हक अधिकारहरु सडक र सदन दुवै माध्यमहरुको समुचित प्रयोग मार्फत हासिल गर्दै समाजवादमा पुगेर छाड्ने अन्तिम लक्ष्य र उद्देश्यका साथ एउटै मुद्दा र आस्था बोकेका विद्यमान राजनीति दलहरूसँग विभिन्न चरणहरुमा एकीकरण गर्दै ससफो सपा हुँदै जसपासम्म आइपुग्दा साँच्चिकै वैकल्पिक पार्टी निर्माण हुन लागेको महशुस भएको थियो । देशमा श्रमको चरण अभावको कारण विदेशी भुमी कतारमा रहेर पनि आर्थिक, नैतिक, भौतिक, र समाजिक रूपमा हामीले हर्षौल्लाका साथ पार्टी संगठन निर्माण र विस्तारमा अहोरात्र खट्दै आएको यहाहरुलाई सर्वविधिततै छ ।
ब ब्बतत्कालीन प्रधानमन्त्री खडक प्रसाद ओलिले वर्तमानमा उल्लिखित संवैधानिक व्यवस्था विरुद्ध असंवैधानिक कर्तुत अपनाउदै पटकपटक जिवित संसदको हत्या गर्दै अग्रगामी र पश्रगामीका नाममा पार्टी विभाजित भइ जसपा र लोसपामा परिणत हुनु र पछिल्लो पटक मन्त्री मण्डल विस्तार गर्दै मन्त्रीहरु फेरबदल गर्ने क्रममा नातावाद, कृपावाद र आर्थिक चलखेलको कारण पुनः बिभाजित भइ जसपामा परिण हुनु पहिचान पक्षधरहरुको लागि अत्यन्तै दु:खद क्षण थियो ।
पाँच दलिय गठबन्धनको नाममा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले ब्यहोर्नु परेको ठूलो क्षतिलाई मध्यनजर गर्दै आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा उक्त पाँच दलिय गठबन्धनबाट अलग्गिएर आफैले करार गरेको प्रतिगामणकारी पार्टी नेकपा एमालेसँग नयाँ चुनावी गठबन्धनमा बाँधिनुने अंक गणितीय जोड-घटाउमा केही महत्त्व त राख्लान तर पार्टीले बोकेको वैचारिक तथा नीति सिद्धान्त र पहिचानको सवालमा अत्यन्तै हानिकारक र प्रत्युत्पादक रहेको ठहर गर्दै आजकै मिति देखी यस जनता समाजवादी पार्टीको प्रवास संगठनबाट तल नाम उल्लिखित भए बमोजिमको पदाधिकारीहरुले यसै विज्ञप्तिमार्फत उक्त पार्टी परित्याग गरेको घोषणा गर्दछौ ।