काठमाडौँ, कात्तिक १५ । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाई समितिले आज नागरिकसँग उम्मेदवार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
इकाई सभापति लक्ष्मण चौंलागाईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार अम्बिका बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो।त्यसैगरी बिशेष अतिथिहरुमा काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एवं नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे, प्रदेस सभा उम्मेदवार एवं काठमाडौं क्षेत्र नं ३ प्रदेश २ सभापति बिमल ठकुरी,काठमाडौं क्षेत्र नं ३ प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा, समानुपातिक उम्मेदवार गोबिन्द हरि पुडासैनी, चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक हरिबोल भण्डारी लगायत पार्टीका नेता कार्यकर्ता सहित गोकर्णेश्वर नगरपालिका ८ का क्रियाशिल तथा स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त भएका हुन ।त्यस्तैमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ मा पनि बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाट भैइहेको छ । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका ४ वडा कार्य समिति द्वारा आयोजित नागरिक संग उम्मेदवार कार्यक्रम सम्पन्न भएको छ ।
आज गोकर्णेश्वर महादेव मन्दिर प्रांगणमा गोकर्णेश्वर ४ इकाई सभापति ज्ञान कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इकाई उपसभापति उमेश ढुंगानाले स्वागत मन्तब्य सहित कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा समानुपातिक उम्मेदवार गोबिन्दहरि पुडासैनी चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक हरिबोल भण्डारी,प्रदेस सभा उम्मेदवार एवं काठमाडौं क्षेत्र नं ३ प्रदेश २ सभापति बिमल ठकुरी,काठमाडौं क्षेत्र नं ३ प्रदेश प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबम समानुपातिक उम्मेदवार अम्बिका बस्नेत लगायतले मन्तब्य राख्दै नेपाली कांग्रेसलाइ बिजयी गराउन सबैसामु अनुरोध गरेका छन।