दोहा, अक्टोबर २८। नेपाली भाषा साहित्यका नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्ती शालिमार रेस्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ।
कतारमा स्थापित चार साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर,नवोदित साहित्यिक वाचनालय कतार,सन्ध्याग्रुप अल्खोर (मुग्लानी सौगात) र एन आर एन ए ( एन सी सी) अन्तर्गत साहित्यिक बिभाग लगायतको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रम अनेसास कतार च्याप्टरका अध्यक्ष मणी पौडेलको सभापतित्वमा भएको थियो।
११३ औ लक्ष्मी जयन्ती संगै अनेसास नवोदित साहित्यिक वाचनालय कतारको मासिक वाचन श्रृङखलाको १२९ औ वाचन डबली तथा सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ८८ औ वाचन डबली समेत रहेको थियो।
दिप प्रज्वलन, ब्यानर उद्घाटन संगै शुरुवात गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई एन आर एन ए ( एनसीसी) कतारका महासचिव पदम गिरिले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने महाकबी लक्ष्मी प्रसाद देवकोटाको जिवनी मुल समारोहका उपसंयोजक तथा सन्ध्याग्रुप अल्खोर कतारका अध्यक्ष गणेश क्षेत्रीद्वारा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विशेष अतिथिहरुमा एन आर एन ए( एन सी सी) कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान,नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँ,अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अली, विभिन्न जिल्ला संस्था,मातृ संस्था, सामाजिक संस्था, बैचारिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,पत्रकार, कलाकार, साहित्यकार लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालबाट आमन्त्रित प्रमुख अतिथी कवि गितकार तथा मदन पुरुस्कार बिजेता कवि डा. नवराज लम्सालद्वारा एकल कबिता वाचन गरिएको थियो।मधुवन लगायत मदन पुरुस्कार जित्न सफल अग्नि महाकाब्य अन्तर्गतका धेरै कविता वाचन गरि सुनाएका थिए।आफ्ना अनुभव अनुभूति लगायत उनका प्रकाशित कृतिहरु कर्ण, धरा भित्रका गद्य तथा पद्य बिधाका दर्जनौं मिठा रचनाहरु पस्केका थिए।धादिङको पहाडी क्षेत्रमा जन्मिएर काठमाण्डौ आएर जिवनको करिब ४० वर्षे साहित्यिक यात्रा, संघर्ष सफलता,विभिन्न जिवनका आरोह अवरोह आफ्ना अनुभव र अनुभुति बताउदै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। दर्शक श्रोताहरुका जिज्ञासा र प्रश्नहरुलाई समेत प्रस्ट्याउदै नेपाली साहित्यमा सफलता प्राप्त गर्न निरन्तरता र नवप्रवर्तनमा ध्यान दिनुपर्ने सुझाव दिदै आयोजक चार संस्था तथा उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी डा. लम्साललाई सम्मानपत्रद्वारा आयोजक संस्थाहरुद्वारा संयुक्त रुपमा खादा दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने कतारमा स्थापित नेपाली भाषा साहित्यको संरक्षण सम्बर्द्धन गर्ने उदेस्य स्वरुप स्थापित चार संस्थाहरु अनेसास कतार च्याप्टर,नवोदित साहित्यिक वाचनलय कतार,सन्ध्याग्रुप मुग्लानी सौगात,एन आर एन ए (एनसीसी) कतारको साहित्यिक बिभागद्वारा संस्थागत रुपमा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
एन आर एन ए ( एन सीसी) कतारका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी मोहम्मद मुक्तादा मुसलमानले फिफा वर्ल्ड कपको यो अवस्थामा नेपालबाट वरिष्ठ कबि डा. नबराज लम्साललाई आमन्त्रण गरि कार्यक्रम सफल बनाउन सामान्य नभएको बताउदै नेपाली भाषा साहित्यका नक्षत्र महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११३ औ जन्मजयन्तिमा हाम्रो निमन्त्रणालाई सहस्र स्वीकार गर्दै कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सुनमा सुगन्ध बनाईदिनु भएकोमा डा. लम्साल तथा उनलाई यहाँ सम्म ल्याउन अथक प्रयास गर्नुभएका सम्पुर्ण ब्यक्तित्व र आफ्ना जिवनका आरोह अबरोह संगै साहित्यका दमदार प्रस्तुतिको लागि मुक्तादाले सबैमा धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभापति मणि पौडेलले आजको कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाईदिनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।कार्यक्रमको सहजीकरण नवोदित साहित्यिक वाचनालय कतारका महासचिव सोम थापाले गरेका थिए।