रोल्पा,कार्तिक ५। विश्वभरी छरिएर रहेका सम्पुर्ण रोल्पालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिबेशनबाट केन्द्रिय अध्यक्षमा डिलाराम ओली निर्बिरोध निर्बाचित भएका छन।
रोल्पाको सदरमुकाम स्थित जिवसको सभाहलमा संस्थाका केन्द्रिय अध्यक्ष सन्दिप थापाको सभापतित्व तथा पुर्ब सिचाइ तथा राज्यमन्त्री अमरसिङ पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशिस्ट अथितीहरुमा विशिष्ट समाज सेवी एवं पूर्ण बुढामगर, जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीमगर, सुनछहरी गाउँपलिका अध्यक्ष धनबहादुर पुन, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्य, एकीकृत समाजवादी रोल्पाका प्रतिनिधी प्रताव घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति डीवी घर्तीमगर, उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष बसन्ता आचार्य संस्थाका सल्लाहकार संयोजक काशीराम डाँगी लगायतको आतिथ्यता रहेको थियो । अथितिहरुमा सिङ्गो रोल्पाका राजनीतिक दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी ब्यक्तित्वहरु, विभिन्न देशमा रहेका संस्थाका प्रतिनिधिहरु लगायत बुद्धिजीवी समाजसेवी सामाजिक अभियन्ता,राजनितीकर्मी, कलाकार,पत्रकार साथै रोल्पाली दाजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रेस सल्लाहकार डिबी बुढाथोकीले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गरेका थिए। कार्यक्रमको सहजीकरण संस्था साउदीका अध्यक्ष महेन्द्र घर्ती र संस्थाका सचिब वकिल पुनले गरेका थिए।
उक्त भेलाले डिलाराम ओलीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्बिरोध निर्बाचित भएका छन ।जसनुसार अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको २५ केन्द्रिय नवनिर्बाचित कार्यसमिति यसप्रकार रहेको छ।दिलारामवली (अध्यक्ष ), कमल बाठा (बरिस्ठ उपाध्यक्ष),नरेन्द्र घर्ती ( प्रथम उपाध्यक्ष ), गोपाल डागी (उपाध्यक्ष),लाल कुमारी रोका (महिला उपाध्यक्ष), शेर बहादुर डाँगी (महासचिव),रोशन गिरि (सचिब), रमेश बुढा (सचिब ), रिकमान खद्का (सचिब) ,पवन रसाइली (सह- सचिब), निशान वली ( कोषाध्यक्ष),वकिल पुन ( प्रवक्ता) मा निर्बाचित भएका छन।
त्यसैगरि निर्बाचित सदस्यहरुमा भिम बुढाथोकी , दिल पुन ,वोम प्रकाश खड्का,महेन्द्र घर्ती, तेजेन्द्र कुमार बुढा,दिपेन्द्र डाँगी ,दिल प्रसाद घर्ती, कल्पना घर्ती ,जगुमती घर्ती ,मनिशा पुन,कमल राज पुन,धन माया पुन,ओम प्रकाश वली लगायत रहेका छन।त्यसैगरी ३८ जना केन्द्रिय सदस्यमा निर्बाचित सदस्यहरुमा भिमसेन डाँगी,जीवन घर्तिमगर,धन बहादुर रोका मगर,हरिजुनी घर्तिमगर,भिम बुढा मगर,चुन बुढामगर,धन झाक्री मगर,रेगम क्षेत्री,सुनामी घर्ती मगर,क्षितिज मगर,उमेश बि क.,जेनिशा वलेस,कुमार केसी,सुरेश कुमार केसी,अजय सुनार,खुम नेपाली,जय बहादुर घर्ती मगर,हेमराज बिक,जग बिर डाँगी,दिबस खड्का ,ताजाराम वली,दुर्गा बहादुर खड्का, मनसरी घर्तिमगर,केशर बहादुर खत्री,नन्द कुमार डाँगी, जित बहादुर परियार,ताबिराम घर्तिमगर,मानसिङ परियार,रबिलाल घर्तिमगर,कमल डाँगी,जगबहादुर नेपाली,नर बहादुर मरमथानी,सुनिता घर्तिमगर,तेज कुमारी परियार, कृष्ण बस्नेत, रबिना घर्ती मगर,भरत डाँगी र एलिना बुढा मगर रहेका छन।