काठमाण्डौ,कार्तिक ३। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-३ अन्तर्गत युवा परिचालन समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम पिस ब्याङ्केट जोरपाटीमा सम्पन्न भएको छ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ तरुण दलका अध्यक्ष एवं युवा परिचालन समिति संयोजक संजय लामाको अध्यक्षतामा तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। त्यसैगरी कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसे, क्षेत्र नं ३ प्रदेशसभा (१) का उम्मेदवार छिरिङ दोर्जे लामा, प्रदेश सभा(२) उम्मेदवार बिमल ठकुरी, नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव दिपक रिसाल, नेपाली काङ्ग्रेस केन्द्रिय चुनाव प्रचारप्रसार समिति सदस्य एवं क्षेत्रीय प्रचारप्रसार संयोजक हरिबोल भण्डारी नेपाली कांग्रेस, काठमाडौं जिल्ला सचिब गोबिन्दहरी पुडासैनी लगायत नेपाली कांग्रेस समर्थक कार्यकर्ता दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
क्षेत्रीय सह-सचीव सुदिप पन्डितद्वारा सहजीकरण गरिएको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतले मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने र काङ्ग्रेसद्वारा नै सरकारको नेतृत्व हुने बताईन।कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाली काङ्ग्रेसले मात्रै देशमा आर्थिक समृद्धि र विकाससँगै लोकतन्त्र र संविधानको रक्षा गर्ने पनि बताउदै कांग्रेसका उम्मेदवारलाइ जिताउन सबै जना लाग्नु पर्नेमा जोड दिएकी थिइन।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति एवं क्षेत्र नम्बर-३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसेले नेपाली काङ्ग्रेसले चुनाव जितेर मात्रै लोकतन्त्र सुदृढ र जनता संग जोडिएर विकासको काम गर्न सक्ने बताउदै उनले मंसिर ४ पछि पनि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्दै क्षेत्रमा जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्ने पार्टी नेपाली कांग्रेस नै भएको कुरामा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नं ३ प्रदेश (१)का उम्मेदवार छिरिङ दोर्जे लामाले निर्वाचन जित्ने कुरा भन्दा पनि जनताको सेवा गर्ने कुरा ठूलो हो भन्दै आफुले विगतमा गरेको विकास निर्माणको कामले नै अहिलेको जित सुनिश्चित भएको बताए ।नेता लामाले सन्तोष चालिसेले गोकर्णेश्वरको मेयर हुँदा गरेको विकास र आफुले बागमती प्रदेश सांसद हुँदा गरेको कामले यो निर्वाचन क्षेत्रका तिनै सिट कांग्रेसले जित्नेमा बिश्वस्त गराएका थिए।
प्रदेश सभा(ख) उम्मेदवार बिमल ठकुरीले हामीलाई अब चुनाव हार्ने छुट नभएको भन्दै सबै नेता कार्यकर्ताले जनताको घरदैलो सम्म पुगेर भोट माग्नुपर्ने बताएका थिए।त्यसैगरी नेपाली कांग्रेस केन्द्रिय चुनाव प्रचार प्रसार समिति सदस्य एवं क्षेत्रीय प्रचारप्रसार संयोजक हरिबोल भण्डारीले टोल र क्षेत्रको विकास गर्न सक्ने नेताले अब देश बनाउन पनि सक्छ भन्ने विश्वास लिएर सबै उम्मेदवार जिताउन एकजुट हुने बेला आएको बताए । उनले नेपाली काङ्ग्रेसले उठाएका उम्मेदवारलाई जिताउन नेपाली काङ्ग्रेसका कुनैपनि साथीहरूले कन्जुस्याइँ गर्न नहुने भन्दै एक भोटले पनि हामीलाई लोकतन्त्र रक्षाका लागि उर्जा मिल्न सक्ने बताएका थिए ।
अन्त्यमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस क्षेत्रीय सचीव दिपक रिसालले बोल्दै यस क्षेत्रका सबै उम्मेदवारलाई बिजयी गराउन सबै लाग्नुपर्नेमा जोड दिदै आउदो ‘मंसिर ४ सम्मको अभियानलाई आफ्नो कर्तव्य सम्झेर कांग्रेसका हरेक सदस्यले आफुलाई समर्पित गर्ने बेला नै यहि भएको पनि उनले बताएका थिए।