दोहा –जनप्रतिशिल मञ्च कतारद्वारा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । डिसेम्बर ९ तारिख शुक्रवारका दिन “वृहत रक्तदान कार्यक्रम” हुने भएको छ । “रक्तदान, जीवन दान” भन्ने नाराका साथ नेपाली “वृहत रक्तदान कार्यक्रम” आयोजना गरेको हो ।
हमाद अस्पतालको नयाँ ब्लड डोनर केन्द्रमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली रक्तदाता संघको समन्वयमा आयोजना गरेको संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले जानकारी दिए ।
कतारमा स्थापित वैचारिक संस्थाहरु, प्रदेश संस्थाहरु जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, वुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर रक्तदान गरिदिन अनुरोध गरिएको छ ।
रक्तदान कार्यक्रम स्थानीय समयानुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै रहने हुँदा समयमै उपस्थिति जनाउन समेत भण्डारीले आग्रह गरेका छन ।
रक्तदान गर्नु अघि ख्याल गर्नुपर्ने १२ कुरा, जानी राखौँ
१-एक औसत व्यक्तिको शरीरमा १० यूनिट अर्थात् (५-६ लीटर) रगत हुन्छ ।
२-रक्तदानमा केवल १ यूनिट रगत लिने गरिन्छ ।
३-कयौँ पटक केवल एक कार दुर्घटनामा नै १०० यूनिट रगतको आवश्यकता पर्ने गर्दछ ।
४-एक पटकको रक्तदानबाट तपाईले ३ व्यक्तिको जीवन बचाउन सक्नुहुन्छ ।
५-‘O नेगेटिभ’ ब्लड ग्रुप यूनिभर्सल डोनर मानिन्छ, यसलाई कुनै पनि ब्लड ग्रुपको व्यक्तिलाई दिन सकिन्छ ।
६-इमरजेन्सीको अवस्थामा जस्तै:- जब कुनै नवजात शिशु या अन्यलाई रगतको आवश्यकता भएमा र उसको ब्लड ग्रुप पत्ता नलागेमा तब उसलाई ‘O नेगेटिभ’ ब्लड दिन सकिन्छ ।
७-ब्लड डोनेशनको प्रक्रिया निकै सरल हुन्छ र रक्तदातालाई यसमा कुनै विशेष कठिनाई हुँदैन ।
८-तपाईले १८ देखि ६० वर्षको आयु सम्म रक्तदान गर्न सकिन्छ ।
९-रक्तदाताको वजन, पल्स रेट, ब्लड प्रेशर, शरीरको तापक्रम आदि सामान्य हुँदा चिकित्सक या ब्लड डोनेशन टीमको सदस्यले तपाईको ब्लड लिन्छन ।
१०-पुरुषले ३ महिना र महिलाले ४ महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्छन् ।
११-हरेक व्यक्तिले रक्तदान गर्न सक्दैनन् । यदि तपाई स्वस्थ हुनुहुन्छ, तपाईलाई कुनै प्रकारको ज्वरो या रोग छैन भने तपाई रक्तदान गर्न सक्नुहुन्छ ।
१२-यदि कहिलै रक्तदान पश्चात चक्कर आउनु, पसिना आउनु, वजन कम हुनु या कुनै पनि प्रकारको समस्या लामो समयसम्म रहीरहेमा तपाईले रक्तदान नगर्नुहोस् ।
एक रिसर्चको पाइएको छ कि रक्तदान गर्नुको विभिन्न फाइदा पनि छन् । जस्तै हर्ट अट्याक, मधुमेह, क्यान्सरको आशंका कम हुनु । शरीरमा कोलेस्ट्रोलको मात्रा घट्नु । शरीरमा बढी आइरन हुनु पनि शरीरको लागि हानिकारक हुने गर्छ । रक्तदान गर्नाले आइरनको मात्रा शरीरमा नियन्त्रित रहन्छ । रक्तदान महादान हो । यसबाट कसैको जीवन बचाउन तपाईको ठूलो भूमिका रहेको हुन्छ, जुन खुशीको कुनै सीमा छैन केवल महसूस गर्न सकिन्छ ।
नोटः रक्तदानको लागि आवश्यक डकुमेन्ट तथा ध्यान दिनु पर्ने कुराहरु निम्नानुसार छन् । १. रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ ।
२. रक्तदाता कतार प्रबेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
३. अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ ।
४. एन्टीबायोटिक सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनु पर्नेछ ।
५. अनिन्द्रा तथा खाली पेटमा नभएको हुनुपर्ने छ ।
६. रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनेछ ।
७. रक्तदाताको उमेर १८ -६५ बर्षको बीचमा हुनु पर्नेछ , भने तौल कम्तिमा ५० किलो हुनु पर्नेछ ।