दोहा, अक्टोबर १९ l नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा आयोजित भलिबल प्रतियोगीता गत अक्टोबर ६ तारीख मा शुरु भई १४ अक्टोबर २०२२ मा सप्पन्न भएको छ।
गत ६ अक्टोबरमा सनैया, ५२ नम्बर स्थित खेल मैदानमा संस्थाका सल्लाहकार नन्दलाल केसीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष दिपेन्द्र डाँगीद्वारा समुद्घाटन गरि शुरु गरिएको प्रतियोगितामा कतारका विभिन्न क्षेत्रमा रहेका करिब १९ टिमले भाग लिएका थिए। भलिबल खेल आयोजकको तर्फबाट २ टिम सहभागी भएका थिए। उक्त प्रतियोगिता दशैको समय भएकोले उल्लेखनीय दर्सकहरु सहभागी रहेका थिए। प्रतियोगिता चलिरहेकै क्रममा केही उग्र भिडले खेललाई प्रभावित बनाएपछि आयोजकले खेललाई केही समयका लागि स्थगित गर्न बाध्य भएको थियो।प्रतियोगितालाई पुन: निरन्तरता दिदै गत अक्टोबर १३ र १४ मा सप्पन्न गरिएको थियो।
प्रतियोगितामा प्रथम उपाधी स्याङ्जाको टिमले लिएको छ।खेलाडीको सम्मान स्वरुप क. रि.१५००/नगद पुरुस्कार मेडल , कप र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो। त्यसै गरि दोस्रो उपाधी लेख बेसि सुर्खेत टिमले क.रि.१०००/-नगद पुरुस्कार मेडल, कप र प्रमाणपत्र, तेस्रो स्थान पर्बतको टिमले क.रि.५०० नगद पुरुस्कार/-मेडल, कप र प्रमाणपत्र हात पार्न सफल भएको थियो।त्यसैगरि आयोजकले उक्त खेलमा बेस्ट खेलाडी अनुसासित र उत्कृष्ट खेलाडी स्याङ्जाका अशोक नेपालीले हात पारेका थिए भने स्मार्ट ज्वाइलरि (ए)खेलाडीहरुको खेल निकै राम्रो भएको दर्शकको भनाइ थियो।
उक्त खेललाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका खेलाडी संयोजक शेर बहादुर घर्ति, खेलाडी कोच मान बहादुर बुढा, कमलसिङ बुढा मगर बरिस्ठ खेलाडी सुरेन्द्र बुढा, प्रकाश बुढा ,पर्बत घर्ती ,रनबिर परियार, रेग बहादुर घर्ती हुकुम बुढाथोकी , जपेन्द्र सुनार ,चोन बहादुर बुढा लगाएतले थुप्रै खेलाडीहरुको राम्रो प्रदर्सनका साथ खेललाई निकै ब्यवस्थापन गरेका थिए साथै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारबाट संस्थाका संरक्षक गोपाल डाँगीले उक्त खेलमा निकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।उक्त भलिबल प्रतियोगितामा प्रायोजक स्वरूप संस्था सल्लाहकार नन्दलाल केसी , संस्था संरक्षक गोपाल डाँगी , संस्थाका सल्लाहकार तथा युवा ब्यवसायी हुकुम डांगीले सहयोग गरेका थिए।खेल मैदानमा संस्थाका महासचिव केशरबहादुर खत्री र सह कोषाध्यक्ष ताबिराम घर्तीले निकै उत्कृष्टका साथ सहजीकरण गरेका थिए भने कर्णाली प्रदेश ६ का बरिस्ठ उपाध्यक्ष मोतिलाल बुढा मगर ले राम्रो भुमिका निर्बाह गर्दै खेल अबधिभर सहजीकरण, संस्थाका कोषाध्यक्ष जित बहादुर परियारले खेलमैदानको निगरानी गर्दै खेललाई सुरक्षीत रुपमा सम्पन्न गर्न अग्र भुमिका निर्बाह गरेका थिए।आगामी दिनमा विभिन्न कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने र खेलाडीहरुलाई अझै उत्कृष्ट खेल खेल्न आग्रह गर्दै सम्पूर्ण बिजेता खेलाडीहरुलाइ संस्थाका अध्यक्ष दिपेन्द्र डांगीले पुरस्कार ,मेडल ,कप, प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम समापन घोषणा गरेका थिए।