अर्घाखाँचीका किसानलाई धान काट्न चटारो बढेको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पुर्याएकोमा निकै किसान चिन्तित छ्न ।.
लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन नपाएपछि “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” धान काट्दै गर्दा पानी परेर, फेरि अलि अलि बचेको बालालाई पनि श्याहार्न नपाउने होकि भन्ने अर्को चिन्तामा किसान छ्न ।
“निर्वाचनका बेला उम्मेद्बार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएपछि किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।”पहाडी जिल्ला भएपनी अर्घाखाँचीका केही भाग समथर छ्न जहाँ, धानखेती राम्रै हुने यहाँका किसान बताउन्छ्न ।
धानबाली भित्र्याउन पाए केहि महिनाको लागि भएपनि खान पुग्ने भएकाले खेत हुनेका धेरै परिवार धान काट्नमै व्यस्त छ्न । “धानबालीमा ठूलो क्षति भएपनि बीउ खरिदका लागि पुग्ने रकम समेत क्षतिपूर्तिका रुपमा नपाएको यहाँका किसानको गुनासो सुन्न सकिन्छ !
आउँदो मंसिर ४ गते हुन लागेको चुनावमा कस्लाइ भोट दिनुहुन्छ ? भन्ने प्रश्नको जबाफमा यहीँका किसानको एउटै उत्तर छ “किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेको यहाँका किसान बताउन्छ्न ।