दोहा,अक्टोबर १५। अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको प्रथम अधिवेशनबाट महिला उपाध्यक्षमा अमिना खान निर्बिरोध निर्बाचित भएकी छिन।
नेपाली महिला समाज कतारको प्रमुख सल्लाहकार समेत रहेकी खान करिब दुई दशक देखि कतारमा विभिन्न संघ संस्थामा रहि समाजसेवामा सक्रिय रहेकि छिन।
अब्दुल करिम मियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि संबैधानिक मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारि रहेका थिए।त्यसैगरी विशिष्ट अतिथि महामहिम राजदुत नरेश बिक्रम ढकाल,विशेष अतिथि संस्थापक अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, संस्थापक करिम बक्स मियाँ, संस्थापक मोहम्मद अजिज अलि ,साकिर अलि, एन आर एन ए ( आई सी सी), एन आर एन ए (एनसी सी) का वरिष्ठ ब्यक्तित्वहरु, सम्पुर्ण दोहामा स्थापित मातृ, भातृ, जिल्ला, प्रदेश संस्था संगठनका प्रतिनिधिहरु,पत्रकार बुद्धिजिबी, व्यवसायी लगायत मुस्लिम तथा गैर मुस्लिम दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
गत १४ अक्टोबर २०२२ शुज्रबारका दिन दोहा स्थित क्राउन प्लाजाको सभाहलमा भएको प्रथम अधिवेशनबाट अजमत अलीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्बसम्मतले चयन भएको छ।जसनुसार अध्यक्ष- अजमत अली (स्याङ्जा),
उपाध्यक्ष-अख़्तर हुसैन गद्दी (कपिलवस्तु),उपाध्यक्ष-रहमत हुसैन (धनुषा),उपाध्यक्ष-ईशा अली(सिराहा),उपाध्यक्ष-अब्दुल रहमान (सुनसरी),महिला उपाध्यक्ष-आमीना खान (काठमाण्डौ), महिला उपाध्यक्ष-सनोबर जहाँ (कपिलवस्तु), महासचिव-अकबाल मियाँ (बागलुङ्ग),सचिव-जासीम मियाँ (तनहुँ),सचिव-हनीफ साहीन (सिराहा),कोषाध्यक्ष-फुरकान अली (सर्लाही),सह कोषाध्यक्ष -मौलाना नज़ीर मिया(प्युठान) रहेका छन।
त्यसैगरी युवा संयोजकमा -महबूब आलम (कपिलबस्तु) र महिला संयोजकमा - हाजेरा ख़ातून (मकवानपुर) चयन भएका छन।यसैक्रममा कार्यसमिति सदस्यहरूमा नूर मोहम्मद खान (स्याङ्गजा),ज्याहूल हक मियाँ (तनहुँ),रेहान खान (गोरखा), मोहम्मद हसमत अली (सिराहा),आशिम अन्सारी(मकवानपुर),रहमत अली (स्याङ्गजा),मजीबुल राईन,खदिजा खातुन (तनहुँ),तैयब मियाँ,हबीब राईन ,मुस्ताक अन्सारी निर्बिरोध चयन भएका हुन।