दोहा,अक्टोबर १५ l “जीउदाको जन्ती–मर्दाको मलामी, हामी ईलामेली” भन्ने नारासहित गत १४ अक्टोबर २०२२ का दिन ईलाम सेवा समाज कतारले इलामेलीहरुको भेटघाट तथा सांगीतिक मनोरन्जनका साथ विजय दशमी, शुभदिपावली, नेपाल सम्बत ११४३ (भिन्तुना), बलिहाङ तङनाम, छठपर्व लगायत नेपालीहरुको महान चाडपर्वहरुको पावन अवसरमा शुभकामना आदानप्रदान २०२२ कार्यक्रम कतारको नज्मा स्थित गोर्खा रेष्टुरेन्ट सभाहलमा सम्पन्न गरेको छ।
कार्यक्रम संयोजक तथा समाजका प्रथम उपाध्यक्ष तोरण बस्नेतको प्रमुख आतिथ्य,अध्यक्ष खडक फागो, प्रमुख सल्लाहकार धन ब. विश्वकर्माको प्रमुख उपस्थिति र संस्थापक रेणु कार्की, पुर्व प्रथम उपाध्यक्ष गोपाल न्यौपाने,पत्रकार तिलविक्रम थेवे, गितार वादक जोयल परियार लगायत अन्य धेरैको विशेष उपस्थिति रहेको थियो।संस्थाका महासचिव ज्ञानेन्द्र रसाइलीपत्रकार तिलविक्रम थेवे,न्ध अझ बलियो हुने बताए ।
स्वागत मन्तव्य दिदै संस्थाकी सदस्य रविना मगरले प्रवासमा पनि जिल्लाबासीहरु एउटा परिवार जस्तो भएर रहन पाउनु र चाडपर्वहरुमा एकै ठाउँमा भेला हुनु पाउनु खुशीको कुुरा भएको बताउदै आफु उत्साहित भएको बताईन।
ईलामेली सेवा समाजले ईलामेलीहरुलाई संस्थागत रुपमा एकढिक्का बनाएको बताउदै संस्थाका पुर्व उपाध्यक्ष गोपाल न्यौपानेले आफुलाई यस समाजले धेरै कुराहरु सिकाएको र विभिन्न क्षेत्रमा आफनो मनोबलको समेत विकास गरेको बताए ।
संस्थापक रेणु कार्कीले कार्यक्रमको शुभकामना दिदै ईलाम सेवा समाजको स्थापना गर्दा बखत आफुहरु अहोरात्र खटिएर गरेको मेहनतको स्मरण गर्दै सवैलाई समेटर संस्थालाई अझ बलियो बनाएर लैजान सुझाव दिदै आफनो जिल्ला सवैलाई प्यारो लाग्ने भएर नै जिल्लाबासीहरुको संस्था स्थापना भएको हुनाले यस संस्थाले आगानी दिनमा अझै उदाहरणीय सामाजिक कामहरु गर्दै जाने आशा व्यक्त गरेकी थिईन।
प्रमुख सल्लाहकार धन ब. विश्वकर्माले ईलाम सेवा समाजलाई कतारमा कार्यरत ईलामेली सवै मिलेर अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै ईलाम सेवा समाज स्थापनाकाल देखि नै सक्रिय संस्थाको रुपमा रहेको बताए । विभिन्न विचार, आस्था, समुदाय, सस्कार र संस्कृतिको एउटै संगम स्थल सामाजिक संस्था आफैमा एउटा परिवारजस्तो हुने भएकोले संस्थामा रही निस्वार्थ भावनामा स्वयं सेवक भएर काम गर्दै जाँदा संस्थाबाट पनि धेरै कुराहरु सिक्न सकिने बताए ।एकपटक सस्था स्थापना भइसकेपछि त्यो सस्था कहिले मर्दैन र मर्न दिनु हुदैन भन्दै पत्रकार तिलविक्रम थेवेले जिल्लाबासी सवैलाई संस्थामा आउन र संस्थालाई योगदान दिन रहर जागोस, कर परोस र जिम्मेवारी समेत बोध रहोस् भन्दै समाजको उज्वल भविष्यको शुभकामना दिए ।
संस्थाका अध्यक्ष खडक फागोले ईलामेलीहरुको एकता आज प्रवासमा पनि उदाहरणीय भएको बताउदै यस संस्थालाई अझ फराकिलो र सक्रिय बनाएर लैजान सवै जनाको सहयोग र योगदान निरन्तर रहने आशा व्यक्त गर्दै सुन्दर पर्यटकीय इलामको बासिन्दा भएकोले सामाजिक संस्था मार्फत पनि इलामको विभिन्न क्षेत्रको विकासमा सानो अंशमा भएपनि प्रवासबाट व्यक्ति भन्दा पनि संस्थागत रुपमा योगदान दिन सकिने रहेछ भन्दै ईलामेली सेवा समाज कतारको सक्रिय कार्यसमितिको सक्रियताको लागि पनि धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा लोकप्रिय गितारबवादक जोयल परियारले प्रस्तुत गरेका गीत र गितारबाट प्रस्तुत विभिन्न गीतहरुको सुमधुर धुनहरुले कार्यक्रमलाई थप रोचक बनाएको थियो । गितारवादक जोयल परिवारले मुखबाट गितारमा संगीतको धुन पस्केर आफनो अद्भुत प्रतिभा समेत देखाएका थिए ।
अन्य कलाकारहरुले गीत संगीतमा एकल र सामुहिक गायन र नृत्य प्रस्तुत गरी कार्यक्रममा सहभागी सवैलाई नचाएर कार्यक्रमलाई अझ संगीतमय बनाएका थिए ।