मुग्लानी खबर /वैशाख १८
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा लिम्बू जातिको सस्कार र सस्कृतिको आधारित अन्तरास्ट्रिय स्तरमा निर्माण गरिएको चोत्लुङ पार्क मंगलबार लिम्बु भाषा साहित्यका ज्ञाता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपती तिलविक्रम नेम्बाङ (बैरागी काईला) को हातबाट पार्कको समुद्घाटन गरिनुका साथै उक्त पार्कमा मंगलबार बाटै किरात समुदायको उभौली पर्व पनि सुरु भएको छ।
लालीगुराँस नगरपालिकाको १४ लाख रुपैयाँको लागतमा पार्क निर्माण कार्य सम्पन्न गरिए पनि अझै धेरै कार्य गर्न बाकी रहेको हुँदा अझै खर्च बढ्न सक्ने नगर प्रमुख माबोहाङको बताएका हुन।पार्कमा विशेष गरेर लिम्बु समुदायको जन्म, मृत्यु, विवाह, उधौली उभौली जस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित कार्यक्रमको आयोजना वर्षभरी नै गरिनेछ । पार्कलाई लिम्बुहरुको चोत्लुङ (सिद्धिस्थल) को रुपमा अझै ससक्त रुपमा विकास गर्ने योजना नगरपालिकाले अघि सारेको छ।
आजै मङ्गलबार देखि शुरु भएको उक्त उभौली पुजामा भाग लिन भारत, बेलायत, सिंगापुर र नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषी लिम्बु र अन्य किरात समुदायका अगुवाहरुको सहभागिता रहेको छ । कार्यक्रममा सिक्किम, कालेम्पाेङ, अासाम, दार्जिलिङ, डुबर्स, साेनाधा, विजनवारीका महानुभावहरुकाे पनि उपस्थिति हुनुका साथै कार्यक्रममा हर्कजङ कुरुम्बाङ लिम्बुद्वारा लिखित पुस्तक " लुङथुङ यात्रा संस्मरण " काे विमाेचनको कार्य पनि बैरागी काईंलाज्यु बाटै सम्पन्न गरिएको छ
लिम्बु तथा किरात जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रिय स्तरको यो पार्क नेपालमै पहिलो पटक निर्माण गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले जिकिर गरेका छन भने उक्त निर्माण पार्कले लिम्बू तथा सम्पुर्ण किरात समुदायको मौलिकता र पहिचानको लागि थप मद्धत पुग्ने बताईएको छ।