दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।
पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा ‘लिङ्गे पिङ’को रौनकै छुट्टै हुन्थ्यो ।
पिङ नखेली पनि दशैँ मनाइन्छ र ? मनाए पनि त्यसको के अर्थ ? भन्ने लाग्थ्यो । दशैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्गे पिङ’कै हुन्थ्यो । दशैँमा पिङ खेल्नैपर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैँ मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै सुरु भएको मान्न सकिन्छ ।
वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन बुढापाकाहरू बताउँछन् । केही वर्षअघिसम्म दशैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो । पछिल्लो समय गाउँगाउँमा खेलिने ‘लिङ्गे पिङ’को चलन हराउँदै गएको हो ।
दशैँको सुरुआतदेखि थापेको ‘लिङ्गे पिङ’ तिहारसम्मै राखिन्थ्यो । युवाहरू विभिन्न सिलसिलामा गाउँबाट बिहिर जान थालेसँगै दशैँको खुसीयालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृति हराउँदै गएको बूढापाहरूको भनाइ छ । दशैँका बेला गाउँका युवाले बालबालिकाको लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिँदैन ।
प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमीले दशैँका बेला खेलिने रोटे र लिङ्गे पिङ हराएको उहाँको भनाई छ । नेपाली भन्नुहुन्छ, ‘यो पिढीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ ! अहिलेकै पुस्तालाई मात्रै सबै दोष दिन मिल्दैन । अघिल्लो पुस्ताले पनि बुझाउन सकेन, नयाँ पुस्ताले बुझ्नै चाहेन, कुरा यही हो ।’
पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामग्रीहरू पाउनै कठिन भएकाले चाहेरै पनि यसको महत्व घटेको हुन सक्ने बताउनुहुन्छ, वीरेन्द्रनगर नगरपालिका–११ का रमेश सिँजाली । सामग्रीहरू प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यारलाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ ।
“अहिले गाउँघरमा युवाहरूको सङ्ख्या पनि कम छ । युवाहरू पढाइ रोजगारीका लागि थातथलो छाड्नुपर्ने बाध्यताका कारण पनि पिङ बनाउन कठिन छ,’ सिँजालीले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा भित्रिएको प्रविधिसँगै मनोरञ्जनका विभिन्न साधनहरूले गाउँघरमा रोटे र लिङ्गे पिङ लोप भएका हुन थालेका छन् ।”
गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खलो हुने गरेको उहाँको भनाइ छ । “गाउँमा मात्र होइन, केही वर्ष अगाडिसम्म सदरमुकाममै पिङ देख्न पाइन्थ्यो तर अहिले त्यो संस्कृति हराइसक्यो”, सिँजालीले भन्नुभयो, “अहिले त जङ्गलमा बास र बाबियो पनि पाइँदैन । सामग्री नै नपाइने भएपछि बनाउनका लागि कसले झण्झट गर्ला र ?”
उहाँँका अनुसार पहिले बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ । प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमीले दशैँका बेला खेलिने रोटे र लिङ्गे पिङ हराएको उहाँको भनाई छ । नेपाली भन्नुहुन्छ, ‘यो पिढीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ ! अहिलेकै पुस्तालाई मात्रै सबै दोष दिन मिल्दैन । अघिल्लो पुस्ताले पनि बुझाउन सकेन, नयाँ पुस्ताले बुझ्नै चाहेन, कुरा यही हो ।’
पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामग्रीहरू पाउनै कठिन भएकाले चाहेरै पनि यसको महत्व घटेको हुन सक्ने बताउनुहुन्छ, वीरेन्द्रनगर नगरपालिका–११ का रमेश सिँजाली । सामग्रीहरू प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यारलाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ ।
“अहिले गाउँघरमा युवाहरूको सङ्ख्या पनि कम छ । युवाहरू पढाइ रोजगारीका लागि थातथलो छाड्नुपर्ने बाध्यताका कारण पनि पिङ बनाउन कठिन छ,’ सिँजालीले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा भित्रिएको प्रविधिसँगै मनोरञ्जनका विभिन्न साधनहरूले गाउँघरमा रोटे र लिङ्गे पिङ लोप भएका हुन थालेका छन् ।”
गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खलो हुने गरेको उहाँको भनाइ छ । “गाउँमा मात्र होइन, केही वर्ष अगाडिसम्म सदरमुकाममै पिङ देख्न पाइन्थ्यो तर अहिले त्यो संस्कृति हराइसक्यो”, सिँजालीले भन्नुभयो, “अहिले त जङ्गलमा बास र बाबियो पनि पाइँदैन । सामग्री नै नपाइने भएपछि बनाउनका लागि कसले झण्झट गर्ला र ?”
उहाँँका अनुसार पहिले बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ ।