दोहा,सेप्टेम्बर २६। नेपाल बाहिर विभिन्न राष्ट्रहरुमा बसोवास गरिरहेका याक्थुङ (लिम्बु) जातिहरु पनि समय र परिस्थितिसंगै संस्थागत रुपमा एकतावद्ध भएर संगै सहकार्य र समन्वय गर्दै जानुपर्ने आवश्यकतालाई मध्यनजर गरी गत ०९ सेप्टेम्बर २०२२ (तदानुसार वि.सं. २०७९ भाद्र २४ गते) वृहत भेलाको आयोजना गरी युकेका लोकेन्द्र तबेबुङको अध्यक्षतामा रिक्त सदस्यहरु थप गर्दै जाने गरी निम्न पदाधिकारीहरु सहितको २१ सदस्यीय याक्थुङ चुम्लुङ अन्तराष्ट्रिय समन्वय समिति (याचुअसस) विधिवत रुपमा गठन भएको छ ।
१.अध्यक्ष लोकेन्द्र तबेबुङ (युके),
२.बरिष्ठ उपाध्यक्ष नरेन्द्र माबोहाङ (युके)
३.उपाध्यक्ष दिलसिङ मेन्याङबो (युके)
४.उपाध्यक्ष योगेन माखिम (कतार)
५.उपाध्यक्ष दिल पालुङवा (युके)
६.महासचिव तिल विक्रम थेवे (कतार)
७.उप महासचिव धनराज साम्याङखाम (केएसए)
८.सचिव सुमन एक्तेन केसाङला (मलेसिया)
९.कोषाध्यक्ष जय मादेम्बा (युके)
१०.सहकोषाध्यक्ष विमला तुम्खेवा (हङकङ)
११. सदस्य एल नेम्बाङ (केएसए)
१२. सदस्य कमल अङछङबो (युके)
१३. सदस्य राम योङहाङ (युएई)
१४. सदस्य विकेन पालुङवा (केएसएं)
१५. सदस्य अमिर मेन्याङबो ((हङकङ)
१६. सदस्य दिनेस लङवा (ब्रुनाई)
१७. सदस्य विजय लक्सम (कतार)
१८. सदस्य भरत केदेम (मलेसिया)
१९. सदस्य उत्तरहाङ लिङखिम (ब्रुनाई)
२०. दिपेन चेम्जोङ (युएई)
२१. मंगलसिङ केरुङ (समिर) युएई)
यस संस्थाका बरिष्ठ उपाध्यक्ष नरेन्द्र माबोहाङले प्रवासबाट पनि याक्थुङ (लिम्बू) जातिको मौलिकता, मुन्धुम, मुन्धुमस्थलमाथि अतिक्रमण गर्ने, अस्तित्व नामेट पार्न खोजेमा यस संस्थाले खवरदारी गरेर जाने र अतिक्रमण गर्ने, अस्तित्व नामेट पार्न कार्य गर्न कसैलाई पनि छुट नदिने बताउदै याक्थुङ चुम्लुङ अन्तराष्ट्रिय समन्वय समितिले प्रवासबाट पनि लोपोन्मुख याक्थुङ (लिम्बु) भाषा, याक्थुङ सिरिजङगा लिपि, साहित्य, धर्र्म, संस्कार–संस्कृती र इतिहासको जर्गेना तथा उत्थान गर्र्न, याक्थुङ (लिम्बू) जाती, समुदायका मुन्धुममा वर्णित ऐतिहासिक, पुरातात्विक धरोहर,सम्पदाहरुको पहिचान गरी ती मुन्धुमी स्थलहरुलाई संरक्षण,सम्बर्धन प्रवासबाट समन्वयकारी भुमिका खेल्ने बताए ।
लिम्बुवान क्षेत्रमा रहेका ऐतिहासिक मुन्धुमी धार्मिक स्थल खोज अनुसन्धान अध्ययन गरी पर्यटकीय स्थल बनाउन याक्थुङ (लिम्बू) जाति विच एकिकृत र जागरुक बनाउन सहकार्य र समन्वय गर्न गराउन पनि प्रवासमा याक्थुङ (लिम्बू) जातिहरुको समन्वय आवश्यक रहेका बताउदै यो संस्था गठन गरिउको बताए ।
संस्थाका अध्यक्ष लोकेन्द्र तबेबुङले याक्थुङ लिम्बू जातिको मौलिकता कसरी जोगाउन सकिन्छ भन्ने विषयमा जनजागरण अभियान संचालन साथै मन्धुमको आधारमा धर्मलाई अनुसरण गर्न जनचेतना अभिबृद्धि गरी धार्मिक कार्यक्रमहरु संचालन गर्ने मन्धुमको आधारमा मानिने सबै धार्मिक अनुष्ठानहरुलाई निरन्तरता दिनको लागि याक्थुङ (लिम्बू) पुर्खाहरुले परापुर्ब कालदेखि बचाएको मौलिक सस्कार,सस्कृतिलाई युग सुहाउँदो, परिमार्जन गर्दै अघि बढ्न विश्वभरी छरिएर रहेका याक्थुङ (लिम्बू)हरुलाई अपिल गर्दै अभिप्रेरित गर्ने उद्धेश्य यस संस्थाको रहेको बताए ।
याक्थुङ लिम्बु भाषा, याक्थुड सिरिजङगा लिपी, धर्म, साहित्य, कला, संस्कार–संस्कृतिमाथि अतिक्रमण बढीरहेको छ, सामुदायिक समायोजन र समावेसीको नाममा याक्थुङ (लिम्बू) जातीको मौलिकताको अस्तित्वमाथि प्रश्नचिन्ह खडा भईसकेको हुनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत अन्तरक्रिया कार्यशाला गोष्ठी संचालन एवं कला साहित्य, संस्कार संस्कृतिको प्रस्तुती र प्रदर्शन गरी अन्तराष्ट्रिय स्तरबाट समेत समुदायलाई सचेत गराउने प्रयत्न यस संस्थाको रहने बताउदै महासचिव तिलविक्रम थेवेले प्रवासमा रहेका याक्थुङ (लिम्बू) हरुलाई आफ्नो जातिय संस्थाप्रति आवद्ध गर्न र गराउन आवश्यक जनचेतना अभिबृद्धि गर्ने साथै प्रवासमा रहेका अन्य विभिन्न संघ–संस्थाहरुसंग भातृत्वको विकास गरि सामाजिक कार्यक्रमहरुमा सहकार्य गर्ने बताए ।