झापा : नेपालको सुदुर पुर्बीबाट उदाएको पार्टि "संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च" सम्बद्ध ( लिम्बुवान प्रान्तिय मञ्च कमल गाउँपालिका) साविक लखनपुर साइड हाल कमल ७ वडा नं कार्यसमिती लामो समयदेखी निष्कृयको अवस्थामा रहेको थियो ।
मुलत: लिम्बुवान जन्य पाँच राजनितिक दल एकतापछी पुन: बिभाजन भए यता कमल गाउँपालिका को सातवटा वडाहरु मध्ये वडा न.७ संस्थागत शुन्य अवस्थामा रहेको थियो।
असोज ९ गते गाउँपालिका अध्यक्ष मावोहाङ अमरको अध्यक्षतामा नयाँ कार्य समिती पुर्नगठन गरेको छ । उक्त कार्यक्रममा शहिदहरु प्रति मौन धारण र राष्ट्रिय -गानबाट शुरु गरिएको कार्यक्रममा नवपदाधिकारिहरुलाई सपथ-ग्रहण प्रमुख अथिती पार्टिका केन्द्रिय उपमहासचिव तथा आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा झापा क्षेत्र न ५ की समानुपातिक उमेदवार बिष्णु भट्टराईले खुवाएकी थिइन ।
कार्यसमितिका अध्यक्षमा अनुप नेम्वाङ, उपाध्यक्ष धन बहादुर सम्बाहाम्फे,सचिब रोषन लिम्बू कोषाध्यक्ष सुस्मिता नेम्बाङ सदस्य हरु क्रमश: सुमन सोदेम्बा,चेतन कुमार लिम्बू राजेन्द्र केरुङ दिलिप सम्बाहाम्फे रहेका थिए।
प्रमुख अथिती बिष्णु भट्टराईले शुभकामना मन्तव्यमा आफू वडा न.६ पुरानो निवासी भएकोले यो आफ्नो ठाउँबाट समानुपातिक उमेदवार रहेकोले र पहिचानको र जनताको हकअधिकारका लागि लड्दै आईरहेको छु र जितेको खण्डमा यस क्षेत्रको बिकाश र न्यायिक समानताको लागि आफू जुनसुकै मूल्य चुकाउनु परे पनि पछि नपर्ने भन्दै नव कार्यसमिति का समितिका सदस्यहरु लाई अबका दिनमा सकृय भएर पार्टिमा योगदन पुर्याउन आह्वान गरेकी थिइन ।
बिशेष अतिथि झापा क्षेत्र न.५ (ख)बाटै प्रत्यक्ष प्रदेश-सभा उमेदवार सुर्य याक्पाङ्देनले पनि शुभकामना मन्तव्य राखेका थिए। बिशेष संघीय सदस्य बलनाथ नाल्बो प्रान्तिय सचिवालय सदस्य मन कुमार थलङ, प्रान्तिय सदस्य बिरेन्द्र याक्थुम्बा,प्रान्तीय सचिवालय सदस्य कबिन्द्र शेर्मा, LV कमाण्डर म्याण्डम मेन्याङ्बो महिला मंच जिल्ला उपाध्याक्ष रनमाया नाल्वो, सदस्य दिव्री थेवे नाल्वो, रेष्मा चेम्जुङ, क्षेत्रीय सचिव इन्द्र सदेम्वा, क्षेत्रीय सदस्य रण हाङाम, वडा न. अध्यक्ष छत्र साउदेन र वडा नं ४ अध्यक्ष सुमन केरुङ उपस्थिती रहेका थिए। उक्त-कार्यक्रममा सभापती अमर मावोहाङ्ले अन्तमा: कार्यक्रमलाई सम्बोधन गर्दै बिगतमा पार्टी कमिटिका वडाहरु जे जसरी चल्दै आएपनी अवभने बिगतका अनुभबलाई आत्मासाथ गर्दै सबै वडाहरु पालिका कमिटिको साथमा प्रक्रियाबद्ध भएर अगि बढ्न बिशेष प्रशिक्षण जस्ता कार्यक्रम ल्याउदै आउदो मङ्सिर ४ को चुनावमा होमिन पर्ने भन्दै नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए ।
नव मनोनीत अध्यक्ष अनुप नेम्वाङ्ले आफुलाई वडा न. को अध्यक्ष जस्तो जिम्मेवारी पदमा अवसर दिएकोमा कमल गाउँपालिका कर्यसमिती र सबैमा धन्यवाद दिदै आफुले पाएको पदवाहार अनुरुप सबै समितिका साथिहरु संग हातमा हात मिलाएर अघि बढ्दै आफ्नो हक अधिकारका लागी पार्टीमा लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए भने सचिव नेत्र केरुङद्वारा सञ्चालित कार्यक्रमको स्वागत मन्तवय कमल गाउँपालिका सदस्य तथा कमल गाउँपालिका वडा न.१ का जनप्रतिनिधि भोला दुलालले राखेका थिए ।