दोहा, सेप्टेम्बर २५। गैर आवासीय नेपाली संघ,रास्ट्रीय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको नगरपालिका मन्त्रालयद्वारा कतारमा रहेका नेपाली समुदायमा सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी समुदायका अगुवाहरु,पत्रकारहरु लगायतको सयौं संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रममा विविध बिषयमा छलफल तथा अन्तर्कृया गरिएको थियो।कार्यक्रममा तोकिएको पार्किङ क्षेत्रमा मात्र पार्किङ,ठूलो गाडी मध्ये मार्केट दोहा सिटिमा नल्याउन आग्रह गरिएको थियो।
आउदै गरेको फिफा वर्ल्डकप लाई मध्येनजर गर्दै मन्त्रालयले पुराना फ्याक्नुपर्ने सोफासेट,बेड बिस्तारा,कार्पेट लगायतका सामाग्री बाहिर नफ्याक्न आग्रह गर्दै त्यस्ता सामाग्री सिधै बलदियाको नम्बर १८४ मा कल गरेर संकलन गर्न अनुरोध गर्नुपर्ने,कपडाहरु धोएर बाहिर नसुकाउने,ठुला कार्गो, सामान, लोडहरुलाई बेल्ट बाधेर सुरक्षित तवरले मात्र एक ठाउँबाट अर्को ठाउँमा लैजान लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो।
त्यसैगरी पार्क, सार्बजनिक क्षेत्र लगायतमा पार्टी सेमिनार गरि फोहोर यत्रतत्र नछोडी नजिकै रहेको डस्टबिनमा ब्यबस्थित रुपमा राखिदिन अनुरोध गरिएको छ।मन्त्रालयले विभिन्न सामाजिक संजाल,समुदायहरुलाई अनुरोध गरेको छ भने यी गतिबिधी गरिएको पाईएमा १० हजार कतारी रियाल जरिवाना समेत लाग्ने जानकारी गराएको छ।