झापा (चन्द्र सम्बाहाम्फे लिम्बु) - किरात याक्थुङ चुम्लुङ कमल - ७ वडा समितिले एक कार्यक्रमको आयोजना गरि बोनम्यारो पिडित बजिन्द्र बहादुर लिम्बु बचाऊ अभियान अन्तर्गत पहिलो चरणको आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
किराँत याक्थुङ चुम्लुङ कमल - ७ वडा समितिले आज आफ्नो अगुवाइमा बोनम्यारो क्यान्सर पीडित बजिन्द्र बहादुर लिम्बु बचाऊ सहयोग अभियान अन्तर्गत पहिलो चरणको सहयोग अभियान सम्पन्न गरेको छ।
किराँत याक्थुङ चुम्लुङले समस्यामा परेका जो कोहिको पनि सहयोगको खातिर समन्वय र हातेमालो गर्दै अगाडी बढ्ने कुरा संस्थाका वडा अध्यक्ष सुहाङमा लिम्बुले बताउनु भयो, आज इष्टमित्र दाजुभाइ कुलकुटुम्ब बाट उठेको रकमलाई हस्तान्तरण गरेका छौ। आउने दिनमा समाजमा यस्तै सकारात्मक कामहरू गर्दै अगाडी बढ्ने छौं, उहाँले भन्नु भयो।
आजको सहयोग हस्तान्तरण कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ कमल गाउँपालिकाका अध्यक्ष श्री दिवस लिम्बुले यस्ता समस्या सबैलाई आईपर्ने भएकोले सबैजना हातेमालो गर्दै अघि बढ्नुपर्ने बिचार राख्नु भएको थियो। समस्याहरु आउछन् तर समस्यामा हामी सबै एकजुट हुनुपर्छ यो आजको आवश्यकता हो, उहाँले भन्नुभयो।
उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका कार्यसमिति सदस्यहरु र बुद्धिजिविहरुको उपस्थिति रहेको थियो। सहयोग अभियानमा उठेको जम्मा पैसा १,२५,११५ रुपैयाँ (एक लाख पच्चीस हजर एक सय पन्ध्र) बिरामीका बुवा सर्बकुमार लिम्बु को हातमा हस्तान्तरण गरिएको थियो। सहयोग अभियान यथावत रहेकोे र यो हस्तान्तरण कार्यक्रम पहिलो चरणको कार्यक्रम भएकोले अभियान सुचारु नै रहेको वडा सचीव श्री चन्द्र सम्बाहाम्फेले जानकारी दिनुभयो।
कार्यक्रममा जगत लिम्बु, जेबि राई, सुमन सदेम्बा, बिशेस नेम्वाङ, जय तामाङ, स्मृती सुब्बा, अनुप नेम्वाङ, धन सिंह लिम्बू, लोकबहादुर चोङ्बाङ, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई वडा सहसचिव रामकुमार लिम्बुले सन्चालन गर्नु भएको थियो। उक्त कार्यक्रम बक्ताहरुले बोनम्यारो पिडित बजिन्द्र बहादुर लिम्बुको स्वास्थ्य लाभको कामना गर्दै समापन भएको थियो।