दोहा,सेप्टेम्बर २३। कतारमा स्थापित सम्पुर्ण सिन्धुलीबासी हरुको सामाजिक संस्था सिन्धुली सेवा समाज कतारको १९ औं वार्षिकोत्सब तथा बिजया दशमी को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कृष्ण बर्माको सभापतित्वमा भएको कार्यक्रममा एन आर एन ए ( एन सी सी) कतारका बरिस्ठ उपाध्यक्ष जेबी राई चाम्लिङको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कतारमा स्थापित सामाजिक,बैचारिक, जातिय संस्था, जिल्ला संस्था, साहित्यिक, सांस्कृतिक संस्थाका प्रमुखहरु,बुद्धिजीवी ब्यबसायी पत्रकार कलाकार लगायत सिन्धुली तथा गैर सिन्धुली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सिन्धुली सेवा समाज कतारको १९ औ वार्षिकोत्सबको उपलक्ष्यमा संस्थाको उन्नती प्रगतिको कामना गर्दै संस्थालाई १९ औं वसन्त सम्म ल्याई पुर्याउने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै नेपालीहरुका घर आगनीमा आउदै गरेका महान चाडहरु बिजया दशमी,दिपावली लगायतको अवसरमा कतारमा रहेका सिन्धुली बासी तथा गैर सिन्धुली बासी लगायत बिश्वभरी छरिएर रहेका सम्पुर्ण नेपालीहरुको सुख शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै संस्थाले समाज पुर्याउदै आएको आर्थिक सामाजिक धार्मिक पर्यटन सांस्कृतिक प्रबर्द्धनका लागि पुर्याउदै आएको योगदान प्रती प्रशंसा गर्दै आगामी दिनहरुमा निरन्तर चलिरहोस संस्थाले हजारौ वसन्त पार गर्दै जाओस भन्ने सुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरुमा सम्पुर्ण जिल्लाहरुको तर्फबाट रामेछाप सेवा समाज कतारका अध्यक्ष ललित कुमार तामाङ ,सम्पुर्ण मात्री संस्थाको तर्फबाट नेपाल मगर संघ साखा कतारका सचिव तिलबिक्रम मगर,नेपाली महिला समाज कतारका सचिव सन्ध्या अर्याल,नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी,प्रदेश समन्वय परिषदका प्रतिनिधिहरु, संस्घाका सल्लाहकार लगायतले आफ्नो शुभकामना मन्तब्य रहेका थिए।
नरेश सिंजाली मगरद्वारा संचालित कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष नीर कुमार सुनुवारले स्वागत मन्तव्य द्वारा सबैलाई स्वागत गरेका थिए। कार्यक्रमलाई सभ्य अनि भब्य रुपमा सफल बनाउन सांगीतिक कोसेलीहरु प्रस्तुत गरिएका थिए दर्जनौ कलाकारहरुका दमदार प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।नेपाल तामाङ घेदुङ कतारका कलाकारहरु गायक सुर्जे तामाङ,गौतम मोक्तान,समीर तामाङ,नृत्यकार कमला घिसिङ,सृष्टि श्रेष्ठ ,अशलीमाया योञ्जन,सम्झना घ्लान,अलिल तामाङ,सुनुवार सेवा समाज कतारका कलाकारहरु सुनिता,डोमा र गंङ्गाले प्रस्तुती राखेका थिए।
त्यसैगरी कमेडियन धन भुजेलले हास्यब्यङ्य प्रस्तुतिद्वारा दर्शकलाई मनोरञ्जन गराएका थिए भने नेपाली विभिन्न मौलिक भाषाका गीतहरु गाईएका थिए।कार्यक्रमको अन्त्यमा प्रमुझ अतिथी जेबी राईले सिन्धुली सेवा समाज कतारले प्रवासमा रहेर पनि समाजमा पुर्याएको योगदानका बारेमा प्रशंसा गर्दै आगामी दिनमा समेत अझै सकृयताका साथ लाग्नेमा बिश्वास गर्दै बिजया दशमीको सम्पुर्णमा शुभकामना ब्यत गरेका थिए।त्यसैगरी सभापती बर्माले हाम्रो निमन्त्रणालाई स्वीकर गरेर उपस्थित भैई कार्यक्रमलाई सभ्य अनि भब्य रुपमा सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।