काठमाडौ, असोज ७ । गोदावरी नगरपालिकामा नेपालीहरुका महान चाडहरु बिजया दशमी, दिपावली, छठपर्व, नेपाल संवत् लगायतको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ।
गोदावरी नगर महिला संजाल कि अध्यक्ष तथा नगर उप प्रमुख मुना अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व अर्थराज्य मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य उदय शमसेर राणा रहेका थिए।त्यसैगरी बिशेष अतिथि हरुमा नेपाली काङ्ग्रेस युवा नेता मीन कृष्ण महर्जन, नेपाली काङ्ग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठ ,अतिथीहरु ललितपुर क्षेत्र नं १ क्षेत्रिय सभापति सुन्दरमान थिङ, नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री ऋषिराम घिमेरे,नेपाली कांग्रेस ललितपुरका सभापती जितेन्द्र कुमार श्रेष्ठ, उपसभापति सुदर्शन घिमेरे, महाधिवेशन प्रतिनिधिहरु सुरज श्रेष्ठ, बिमल थापा,धनेन्द्र केसी, महासमिती सदस्य रामकृष्ण लामा ( ईन्द्र) लगायत विभिन्न राजनितीक दलका प्रतिनिधिहरु,कर्मचारी, बुद्धिजीवी, पत्रकारहरु ,नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
गोदावरी नगर महिला संजाल परिवार द्वरा आयोजित बिजया दशमी शुभ दिपावली नेपाल सम्बत ११४३ एंव छट पर्बको अबसरमा आयोजित शुभकामना आदनप्रदान तथा भेटघाट कार्यक्रममा उपस्थित बिभिन्न ब्यक्तिहरुले आफ्नो शुभकामना मन्तब्य राख्दै आगामी दिनमा हुने चुनावका बिषयमा, महिलाहरुका समस्या समाधानका पक्षमा,महिला संजालका उदेश्य र प्रगतिका बारेमा बोल्दै नेपाली कांग्रेसले इतिहासलाई पल्टाएर हेर्ने हो देशका हरेक राष्ट्रिय मुद्धाहरु,परिवर्तनहरुमा, जन अन्दोलनहरुमा र संबिधान निर्माणहरुमा समेत कांग्रेसले प्रमुख भुमिका निर्बाह गरेको बताए।
कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली कांग्रेस बिना यो देशको परिबर्तन असम्भव रहेकोले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा सवैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने आग्रह समेत गर्दै नेपालीहरुका महान चाड बिजया दशमी,शुभ दिपावली,छ्ठ पर्व नेपाल सम्बत लगायत नेपाल र नेपालीका सौहार्दता,आत्मियता भाईचारा सम्बन्ध जोड्न महत्वपूर्ण भुमिका खेल्ने पर्वहरुको अवसरमा विश्वभरी छरिएर रहेका नेपालीहरुमा सुख शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमको अन्त्यमा सभापती तथा नगर उप प्रमुख मुना अधिकारीले बोल्दै गोदावरी नगरपालिकामा नगर महिला संजाल मार्फत महिलाहरुका हक अधिकार,आत्म सम्मान, स्वरोजगार लगायतको सुनिश्चितता दिने अवधारणा अनुरुप स्थापना गरिएको हो।जसको उदेस्य नेपाली कांग्रेस पार्टी लाई मजबुत बनाउने उदेश्य समेत रहेको छ।गोदावरी नगरपालिका भित्र रहेका महिला दिदिबहिनीहरु नगर महिला संजालको पहुँचमा ल्याउन कति सम्म सके यो तपाईंहरुले मनन गर्नुहुनेछ र सुझाव सल्लाह प्रतिक्रिया दिनुहुनेछ भन्ने समेत आसा गरेको छु उनले भनिन। आगामी आउने चुनावमा नेपाली कांग्रेसलाई जिताएर देशको बिकाश तर्फ उन्मुख गराउनुपर्नेमा जोड दिदै बिहानीको समयमा विभिन्न कामका बाबजुद पनि कार्यक्रममा उपस्थित भएर साथ सहयोग गर्नु भएकोमा बिशेष महिला दिदिबहिनीहरुलाई एकमुष्ट रुपमा धन्यबाद ब्यक्त गर्दै आउदै गरेका महान चाडहरुको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेकी थिईन।